नेपाल नागरिक उड्डयन प्राधिकरणकाे वेवसाइट ह्याक

काठमाडाैं । नेपाल उड्डय प्राधिकरणकाे वेवसाइट ह्याक गरिएकाे छ । प्राधिकरणकाे वेवसाइट ह्याक गर्ने भारतीय ह्याकर समूह भएकाे बुझिएकाे छ । ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो। साे ह्याकरकाे समूहले हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइनु भन्ने शन्देस छोडेको थियो। अहिले भने उक्त साइट सामन्य अवस्थामा फर्किएको छ। बिहिबार मात्रै ह्याकरले बाँकेकाे वन अनुसन्धान केन्द्रकाे वेवसाइट ह्याक गरेकाे थियाे ।

भारतमा लकडाउन खुकुलाे बन्याे, रेल र हवाई सेवा पनि सुरु हुने

काठमाडाैं । भारतमा लकडाउन खुकुलाे बनेकाे छ । काेराेना भाइरसकाे महामारी भइरहँदा पनि भारत सरकारले लकडाउन खुकुलाे बनाउने निर्णय गरेकाे हाे । भारतमा अब लकडाउन खुकुलाे भएसँगै आन्तरिक उडान र रेल सेवा पनि सुरु हुने बताइएकाे छ । भारत सरकारले साेमबारदेखि आन्तरिक उडान सुरु गर्ने बताइएकाे छ । तर, यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गर्नुपर्ने छ । एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग पनि अनिवार्य गरिएको छ । त्यस्तै, एयरपोर्ट आउने क्रममा उनीहरुले तोकिएको निश्चित ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्नेछ  । बीबीसी

जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलकाे बुधबार बसेको बैठकले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।