इन्धनकाे मूल्य सस्ताे भएसँगै बुद्ध एयरले भाडा घटायाे, यस्ताे छ भाडादर

काठमाडाैं । हवाई इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ। बुद्धले गन्तव्यअनुसार २ सय २५ देखि १ हजार १ सय ५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ। केही समयअघि नेपाल आयल निमगले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो। त्यस्तै बजेट मार्फत् सरकारले इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर पनि हटाइदिएको थियो। समग्रमा इन्धनको मूल्य घटेपछि बुद्धले सोहीअनुसार भाडा समायोजन गरिएको जानकारी दिएको छ।लकडाउनका कारण उडान बन्द भएपनि खुल्नेवित्तिकै उडानका लागि सबै तयारी पुरा गरिएको जानकारी दिएको छ। घटेकाे भाडादर: माउण्टेन फ्लाइट    – ८६० काठमाडौं– भरतपुर– २७० काठमाडौं – पोखरा – ३९५ काठमाडौं – विराटनगर–६०० काठमाडौं – जनकपुर– ३२० काठमाडौं – सिमरा –२२५ काठमाडौं – भैरहवा –५१५ काठमाडौं – धनगढी–११०५ काठमाडौं – नेपालगञ्ज –८१५ काठमाडौं – भद्रपुर– ७५० काठमाडौं – तुम्लिङटार –४६५ विराटनगर – तुम्लिङटार –२७० पोखरा माउण्टेन फ्लाइट–७८५ पोखरा – भरतपुर–२८० पोखरा – भैरहवा –३२५ काठमाडौं – राजविराज –५१० काठमाडौं – सुर्खेत –८६५

लुफ्थान्सा एयरलाइन्स २ अर्ब ३० डलर नोक्सानीमा, हजाराैं कर्मचारीकाे राेजगारी धरापमा

काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु परेकाे जनाइएकाे छ । तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो । यस समूहसँग रहेका कूल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २ सय वटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । एएफपी

हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडाैं । वायसेवा सञ्‍चालक संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे छ ।  आइतबार एक विज्ञप्ती जारी गर्दै संघले हवाई इन्धनको मूल्य घटाउन माग गरेकाे हाे । आयल निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयल निमगले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रूपैयाँ नाफा लिएर ६५ रूपैयाँमा बेच्नु अस्वभाविक र अमान्य भएको भन्दै संघले साे माग गरेकाे हाे । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, अनुमति नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेकोमा संघ खुसी भएकाे विज्ञप्तीमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिने गरी सरकारले राहतको कार्यक्रम ल्याएको छ। त्यसैगरी, ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने कार्यक्रम ल्याएकोमा वायु सञ्चालकहरू खुशी भएको वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विज्ञप्ति मार्फत भनेका छन्।