गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष सर्‍यो

काठमाडाै‌ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको भाका १ वर्ष पर सरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसका कारण निर्माणको काममा अवरोध भएको र लगत्तै वर्षा सुरु भएकाले निर्माण तथा सञ्चालनका लागि केही थप समय लाग्ने जानकारी दिए। गएको वर्ष सन् २०२० को मार्चमा सञ्चालन गर्ने घोषणा गरिएको भएपनि सरकारले फेरि एक वर्ष पर सारेको छ। सन् २०२० को डिसेम्मरसम्म निर्माणको म्याद थप गरिएको र सन् २०२१ को मार्चसम्म उडान सुरु गरिने नयाँ लक्ष्य रहेको उनले बताएका छन्। चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको उक्त विमानस्थलमा समय थप हुँदै आएको छ।

१० खर्ब लगानी रहेको पर्यटन क्षेत्र संकटमा, ३४ अर्बकाे क्षति, ८ लाख मानिस बेरोजगार हुने चिन्ता

काठमाडौं । सरकारी र नीजि क्षेत्रबाट गरी १० खर्ब बढीको लगानी रहेको पर्यटन क्षेत्र संकटमा परेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा धेरै असर परेको बताइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि कोरोनाको कारण पर्यटन क्षेत्र धरासायी बनेको धारणा राखेका छन् । शुक्रबार मत्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यति ठूलो लगानी रहेको क्षेत्रमा परेको असरले सम्पूर्ण क्षेत्रलाई त्यतिकै असर परेको बताएका छन् । उनले अब कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल तथा तयारी भइरहेको बताएका हुन् । साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उल्लेख गर्दै उनले अहिले यी सबै मानिसहरुलाई असर परिरहेको उनको भनाई छ । यस्तै, लकडाउन सुरु भएदेखि आजसम्म पर्यटन क्षेत्रमा ३४ अर्ब क्षति भएको बताइएको छ । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । मन्त्री भट्टराईले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको बताए । कोभिडका कारण कर्मचारीहरुलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए । ‘भोलि होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको छ, अहिलेको पर्यटक र ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै हुँदैन, त्यसका लागि हामी तयारी गरिरहेका छौं,’ उनले भने । व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए । यस्तै, देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमार्फत ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उनको भनाई छ । १ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उनले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने भनेर अहिले २० करोडको एउटा कोष बनाइएको बताए ।

नेपाल एयरलाइन्सले यूएनको शान्ति मिसनमा उडान गर्ने

काठमाडाैं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (यूएन)को शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने भएको निगमको अपरेशन विभाग प्रमुख दीपु ज्जहार्चनलले जानकारी दिए । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसङ्घको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा आज निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी असार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ । निगमको वाइडबडी जहाज काठमाडौंबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख ज्युहार्चन बताए । निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ । रासस