बढ्यो पर्यटन मन्त्रालयको बजेट, नयाँ पर्यटकीय पूर्वाधार निर्माणदेखि वायुसेवा कम्पनीलाई छुट
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको बजेट बढाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँले बजेट बढेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राखेको भन्दै बजेटसँगै नयाँ योजनाहरु राखिएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए । विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । लामो समयदेखि उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरकारले उक्त विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुट दिने घोषणा गरेको हो । उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गरिएको उनले बताए । नयाँ पर्यटकीय पूर्वाधारका लागि २ करोड सरकारले नयाँ पर्यटन पहिचान तथा पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. महतले पर्यटन पहिचान, पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार विकासका लागि उक्त रकम विनियोजन गरिएको बताए । ८ विमानस्थल स्तरोन्नति गरिने सरकारले विभिन्न ८ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ । बजेट मार्फत विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने घोषणा गरिएको हो । यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
भैरहवा र पोखरा विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट
काठमाडौं । सरकारले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन । उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गर्ने भन्दै वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुटको घोषणा गरेका हुन । दुई विमानस्थल सञ्चालनमा ल्याईएको लामो समय हुँदा समेत नियमित उडान हुन नसकेपछि सरकारले छुटको घोषणा ल्याएको हो ।
खप्तडमा केबलकार बन्ने, निजी क्षेत्रले पाउने
काठमाडौं । सरकारले सुदूरपश्चिममा रहेको खप्तडमा केबलकार बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. डा. प्रकाश शरण महतलो यस्तो बताएका हुन् । ११ ९६