अमेजनले यो वर्ष एआईमा १०० अर्ब डलर खर्च गर्ने

काठमाडौं । अमेजनले सन् २०२५ मा कृत्रिम बौद्धिकता (एआई) मा १०० बिलियन डलर खर्च गर्ने भएको छ । अमेजनले आफ्नो पूँजीगत खर्च बढाएर १०० अर्ब डलर पुर्‍याउने योजना सार्वजनिक गरेको हो । कम्पनीले २०२४ मा करिब ८३ अर्ब डलर खर्च गरेको थियो, जुन यस वर्षको खर्चभन्दा कम थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी जसीका अनुसार २०२५ मा लगानी मुख्य रूपमा जेनेरेटिभ एआईको वृद्धिले सहयोग गर्नेछ । डेटा सेन्टर र एआई उत्पादनहरूमा व्यापक लगानी अमेजन अहिले डेटा सेन्टर, नेटवर्क उपकरण र हार्डवेयरमा ठूलो लगानी गर्दैछ, ताकि जेनेरेटिभ एआईको बढ्दो मागलाई पूरा गर्न सकियोस । ओपनएआईको च्याटजीपीटी लन्च भएपछि एआई क्षेत्रमा ठूलो क्रान्ति आएको छ, जसका कारण अमेजनले पनि एआईमा आफ्ना उत्पादनहरू ल्याएको हो । अमेजनका प्रमुख एआई उत्पादनहरू नोभा एआई मोडेलहरू ट्रेनियम चिप्स शपिङ च्याटबट थर्ड-पार्टी एआई मोडेलहरूको लागि ‘बेडरक’ मार्केटप्लेस अन्य कम्पनीहरू पनि एआईमा ठूलो लगानी गर्दै अमेजनमात्र नभई अन्य ठूला प्रविधि कम्पनीहरूले पनि एआई क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेका छन् ।  गुगलको मूल कम्पनी अल्फाबेटले २०२५ मा ७५ अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । यसैगरी, माइक्रोसफ्टले यो वर्ष ८० अर्ब खर्च गर्ने जनाइएको छ । नयाँ चिनियाँ प्रतिस्पर्धी डीपसीकको उदय चिनियाँ एआई स्टार्टअप डीपसीकको चमत्कारी विकासले एआई बजारलाई चुनौती दिएको छ । डीपसीकले मात्र दुई महिनामा र ६ मिलियनभित्रै ‘आर वान मोडेल’ विकास गरेको दाबी गरेको छ, जसले ओपन एआईको ‘ओ वान’ मोडेललाई चुनौती दिन सक्छ । यस घटनाले एनभीडीया र ब्रोडकमजस्ता चिप निर्माता कम्पनीहरूको संयुक्त बजार पूँजीकरणमा ८०० बिलियनको घाटा पुर्‍यायो । अमेजनले एआई बजारमा अग्रणी बन्नको लागि ठूलो जोखिम लिँदै छ । १०० अर्बको पूँजीगत खर्च गरी एडब्ल्यूएस, जेनेरेटिभ एआई र हार्डवेयर क्षेत्रमा लगानी गर्दैछ । हाल एआई क्षेत्रमा अन्य ठूला प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा छ । नयाँ चिनियाँ स्टार्टअपहरू कम लागतमा प्रतिस्पर्धी एआई मोडेलहरू ल्याइरहेकाले ठूला प्रविधि कम्पनीहरू दबाबमा छन् । अमेजनको यो विशाल लगानी दीर्घकालीन रूपमा सफल हुने वा असफल हुने भन्ने समयले नै देखाउनेछ । एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’ विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी

क्यान इन्फोटेक मेला आजदेखि सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को ३०औं संस्करणको क्यान इन्फोटेक मेला बिहीबारदेखि शुभारम्भ भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रमको उद्घाटन गरेसँगै मेला सुरु भएको हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) भृकुटीमण्डपमा आयोजना भएको मेला ३० औं सस्करण हो । आजदेखि सुरु भएको क्यान इन्फोटेक माघ २८ गतेसम्म चल्ने छ । क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनि राखिएको छ । ३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।

फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि फेसबुक, इन्स्टा लगायतका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएको खण्डमा प्रतिबन्ध गर्ने चेतावनी दिएका छन् । अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि आह्वान गरिएको बताउँदै मन्त्री गुरुङले नआएको खण्डमा चल्न नदिने चेतावनी दिएका हुन् । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  टिकटक मात्र नेपालमा दर्ता भएको र नेपालको पर्यटन प्रवद्र्धनका लागि सहयोग गरिरहेको गुरुङको भनाइ छ । सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताए । आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने उनले बताए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए । मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको उनले बताए । केहीले विरोध गरेको भए पनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको उनको भनाइ छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए । देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने उनले बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनले बताए । जनताको अभिव्यक्ति स्वतन्त्रता र वाकस्वतन्त्रताको प्रत्याभूति हुनुपर्छ भन्नेमा सरकार गम्भीर रहेको गुरुङले बताए । अराजकतालाई अन्त्य र नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ थियो । लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाएर मात्रै नेपालीहरुको समृद्धिको यात्रा सहज हुने कुरालाई बुझेर नै विधेयक ल्याइएको उनको भनाइ छ ।