एनसेलले ल्यायो भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक, १ लाखको अस्पताल खर्च बेहोर्ने

काठमाडौं । ग्राहकहरूका आवश्यकता र नवीनतम सेवा सुविधाहरू प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक प्याकेज नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि समेत सहयोगी पुग्ने एनसेलले जनाएको छ । २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने एनसेलको दाबी छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नेछ । भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत बेहोर्नेछ । करसहित १ हजार ७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।

नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा, यस्ता छन् अफर

काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी ए ५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ । शुक्रबारदेखि सोमबारसम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् । ग्यालेक्सी ५६ फाइभजीले पहिलो पटक ’असम इन्टेलिजेन्स’ सहितको एआई अनुभव ल्याएको छ । वन यूआई सेभेनद्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएकाे छ । साथै यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्ने सामसुङ नेपालले जनाएको छ । २ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए ५६ फाइभजी प्रि-अर्डर गर्न सकिनेछ । प्रि-अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९०० मूल्य पर्ने ग्यालेक्सी फिट थ्री ३ हजार ९०० मा प्राप्त गर्न सक्नेछन् । ग्यालेक्सी ए ५६ फाइभजी १२ जीबी र्‍याम+ २५६ जीबी स्टोरेजको मूल्य ७० हजार ९०० रुपैयाँ रहेको छ भने ८ जीबी र्‍याम+ २५६ जीबी स्टोरेजको मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन देशभरका आधिकारिक सामसङ स्टोरहरूमा शून्य ब्याजदरमा सजिलो ईएमआई योजनामा पनि उपलब्ध छ ।

नेपालीले प्रयोग गरे २२ अर्बको स्मार्टफोन, १३ प्रतिशतले बढ्यो आयात

काठमाडौं । नेपालीले ८ महिनामा करिब २२ अर्ब रुपैयाँ बढीको स्मार्टफोन प्रयोग गरेका छन् । चालु आर्थिक वर्ष २०८१ /८२ को ८ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ । चालु आवको फागुन मसान्तसम्म १४ लाख ७ लाख वटा स्मार्टफोन आयात हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बढी राजस्व उठेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन आयात भएको छ । उक्त अवधिमा १२ लाख ४९ लाख वटा स्मार्टफोन आयात भएको छ । गत वर्षको तुलना अवधिमा स्मार्टफोनको आयात २ अर्ब ५४ करोड रुपैयाँ बढीले बढेको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा १३ प्रतिशतले आयात बढेको छ । नेपालमा यो वर्ष ५८ वटा देशहरूबाट स्मार्टफोन आयात भएको विभागले जनाएको छ । धेरैजसो भारत, चीन, अस्ट्रेलिया, कुबेत, कतार, जापान र अमेरिका जस्ता देशहरूबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट १५ अर्ब ९ करोड रुपैयाँ बढीको आयात भएको छ । यस्तै भारतबाट ६ अर्ब ३९ करोड र जापानबाट ६ करोड रुपैयाँ बढीको आयात भएको छ ।