भाइबरले नेपालमा प्रस्तुत गर्यो फ्रि भाइबर क्षेत्र, अनलिमिटेड इन्टरनेट चलाउन पाइने
काठमाडौं ३० असोज। भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ । नेपाली भाइबर प्रयोगकर्ताहरुलाई दृष्टिगत गर्दै भाइबरले थप उत्कृष्ट सेवा र सुविधाहरु उपलब्ध गराएको छ । भाइबरले संघ संस्था, ब्राण्ड र चर्चित हस्तीहरुलाई उनीहरुका फ्यानहरु र फलोअरहरुसँग पब्लिक च्याट मार्फत् सम्पर्क बनाइराख्ने सेवा उपलब्ध गराएको छ । यसका साथै भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई उनीहरुकै नेपाली भाषामा आफ्नो मनोभाव साटासाट गर्न भाइबरको स्टिकर बजारमा नेपाली स्टिकरहरु समेत उपलब्ध गराएको छ । हालैमात्र भाइबरले नेपालका भाइबर प्रयोगकर्ताहरुमाझ विश्वका ५२ राष्ट्रहरुमा भाइबर आउट मार्फत् फ्रि कल गर्ने सुविधा प्रदान गरेर नेपाली प्रयोगकर्ताहरुलाई थप सेवा उपलब्ध गराएको थियो । फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ५ वटा प्रख्यात स्थानहरु ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) मा उपलब्ध हुनेछ । सुबिसु केबल नेट द्वारा उपलब्ध यी फ्रि भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असिमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् । यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् । नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेको हो। महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। भाइबरले दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनि नेपालभर सित्तैंमा दिएको थियो।
गुगलले ल्यायाे नयाँ स्मार्टफोन ‘पिक्सल’, अक्टोवर २० देखि बिक्री शुरु
काठमाडौं, ३० असोज । इन्टरनेट जाइन्ट कम्पनी गुगलले दुई वटा नयाँ स्मर्टफोन पिक्सल र पीक्सल एसएल सार्वजनिक गरेको छ। इन्टरनेट सर्च इन्जिन गुगल र भिडियो सर्च इन्जिन युट्युवमा एकछत्र राज गरेको गुगलले महत्वकांक्षि लक्षका साथ यी स्मार्टफोनहरु सार्वजनिक गरेको जनाएको छ। यसका साथै दुईवटा हार्डवेयर उत्पादन पनि बजारमा ल्याएको छ । गुगलले एप्पल र अमेजन जस्ता प्रतिद्वन्दीका उत्पादनलाई टक्कर दिनका लागि नयाँ ब्राण्ड लन्च गरेको हो । पीक्सलको मूल्य झण्डै ५० हजार र पीक्सल एक्स एलको मूल्य ६१ हजार भारतीय रुपैयाँ तोकिएको छ । दुबै स्मार्टफोनको बिक्री २० अक्टोबरबाट शुरु हुने कम्पनीले जनाएको छ।
माेबाइलबाट राम्रो फोटो निकाल्ने फर्मुला
काठमाडौं। दशैंमा राम्रो फोटो निकाल्न कसलाई रहर हुँदैन र ! जति राम्रो फोटो आयो त्यति नै सामाजिक सञ्जालमा सेयर गर्न र फ्रेममा सजाएर राख्न मन लाग्छ। १ एङ्गलिक तपाईले फोटो खिच्दा जहिलेपनि के विचार पुर्याउनुपर्छ भने जति राम्रो एङ्गल मिलाउनुभयो त्यति राम्रो फोटो आउँछ। जस्तै तपाईले फोटो खिच्दा हाफ खिच्ने हो कि फुल खिच्ने हो त्यसको निर्क्यैल गर्नुहोस। त्यसपछि फोटोमा के कुरा निकाल्ने र व्याकग्राउण्डमा के निकाल्ने भनेर मनमनै छानिसक्नुपर्छ। २ लाईटिङ फोटो लिदा विचार गर्नुपर्ने अर्को कुरा हो लाईटिङ। लाईटिङ मिलेन भने न तपाईको फोटो कि धैरै लाईट भएर ओभर लाइटिङ वा कम भएर स्याडो हुन्छ। त्यस काणले जहिलेपनि फोटो लिदा लाईटको एकदम ध्यान निनुहोला। ३ अव्जेक्ट फोकस क्यामेरा, एङ्गलिङ र फोकस सँगै फोटो लिदा सँधै वस्तुको ख्याल गर्नुपर्छ। तपाईले के बस्तुलाई टार्गेट गर्नुभएको हो सोहि अनुसार फोँकस मिलाउनुपर्छ। ४ व्याकग्राउण्ड अव्जेक्ट सवै कुरा मिल्यो तर पछाडि रहेको बस्तु नराम्रो आयो भने पनि फोटो नराम्रो आउँछ। त्यहि भएका कारण प्रत्यक सट तपाईका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्यतया यत्ति भयो भने तपाईको फोटो धेरै हदसम्म राम्रो आउँछ।