नेपाली मोवाइलको बजारमा नयाँ ब्राण्ड थपिने, युरोपमा चर्चित प्रिमियम ‘युएमआई’ आउँदै

काठमाडौं, १० असोज। युरोप र पूर्वी एसियामा प्रख्यात रहेको  प्रिमियम मोवाइल ब्राण्ड ‘युएमआई’ नेपाल अाउने भएको छ। क्रिस्टल कर्पोरेसन नेपालले यो स्मार्टफोनलाई नेपालमा भित्र्याउन लागेको हो। न्युरोडको सिटिभी मोवाइलसँगको सहकार्यमा कम्पनीले युएमआईलाई नेपाल भित्र्याउन लागेको हो। नेपाल दुरसञ्चार प्राधिकरणमा मोवाइल आयातका लागि ‘टाइप अप्रुभल’को काम भइरहेको कम्पनीका प्रवन्ध निर्देशक भेगे राईले बताए।   राईसहित सातजनाको संयुक्त लागानीमा यो मोडेललाई नेपालमा भित्र्याउन लागेको उनले बताए। हङकङमा समेत विक्रि सेन्टर रहेको यो स्मार्टफोनको युरोपियन स्मार्टफोन बजारमा सात प्रतिशत हिस्सा रहेको छ। तिहारपछि नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले सिटिसी मलमा चलिरहेको मोवाइल एक्स्पोमा प्रमोसनको काम गरिरहेको छ। कम्पनीले न्युरोडमा रहेको नोकिया केयरसँग विक्रिपछिको सर्भिस सेन्टरमा सहकार्य गर्नका लागि सहकार्य गरिसकेको जनाएको छ। कम्पनीले नोकिया केयरसँग सर्भिसको सेन्ट्रल हब बनाउने जनाएको छ। कम्पनीले सुरुवातमा तीनवटा प्रिमियम मोडेलका स्मार्टफोन भित्र्याउने भएको छ। ‘युएमआई लण्डन’, ‘युएमआई टच’ र ‘युएमआई सुपर’ नामका स्मार्टफोन बजारमा ल्याउने बताएको छ। लण्डनको सुरुवाती मूल्य १३ हजार पाँचसय, टचको सुरुवाती मूल्य २५ हजार र सुपरको सुरुपवाती मूल्य ३२ हजार रहेने कम्पनीले जनाएको छ।

याहूका ५० करोड एकाउन्ट ह्याकिङको शिकार, एप्पलसहित ८५ कम्पनी निशानामा

काठमाडौं, ८ असोज। विश्वप्रसिद्ध इमेल सेवाप्रदायक कम्पनीले दुई वर्ष अघि एक ठूलो कम्पनीले आफ्नो नेट्वर्कमा पसेर कम्तिमा पनि ५० करोड युजरको जानकारी ह्याक गरेको पुष्टि गरेको छ। अहिले पनि याहू इन्टरनेट सर्वाधिक प्रयोग हुने साइटमध्येमा पर्छ । जहाँ एक महिनामा करिब एक अरब यूजर्स आउँछन् । विशेषज्ञले याहूका युजरलाई आफ्नो पासवर्ड तत्काल परिवर्तन गर्न सल्लाह दिएका छन्। याहूले आफ्नो एक विज्ञप्तीमा चोरिएका विवरणमा नाम, ईमेल एड्रेस, टेलिफोन नम्बर, जन्ममिति र इन्क्रिप्टेड पासवर्ड पनि रहेका छन् । यसअघि सन् २०१४ मा पनि याहुमा आक्रमण प्रयास भएपछि सुरक्षा खतरा बढेको थियो । कम्पनीले यो काम सरकारकै संलग्नतामै भएको निचोड निकालेको छ। तर पनि कम्पनीले यसबारेमा कुनै पनि देशको सरकारलाई मुछेको छैन । याहुले दुई वर्षअघि भएको यो घटनाको विवरण किन अहिले सार्वजनिक गरियो भन्ने पनि केही खुलाएको छैन । याहुको यो खुलासाको असर याहूलाई ४.८ अर्ब डलरमा अधिग्रहण गर्ने भेरिजोन डट कमलाई पनि पर्न सक्ने अवस्था छ। यसैबीच बिहीवार भेरिजोनले आफूलाई याहुले डाटा चोरिएको जानकारी दुई दिनअघि मात्रै दिएको पुष्टि गरेको छ। भेरिजोनले यो मामिलाको जाँच अघि बढाउँदै आफ्ना यु्जरको सुरक्षाका लागि स्थितिको मूल्याङ्कन गरेर अघि बढ्ने जनाएको छ । उल्लेखनीय कुरा के हो भने याहु मेल विश्वकै सबैभन्दा पुरानो ईमेल सेवा हो । जहाँ यूजरले केवल फोटो एलबम या मेडिकल सूचनामात्रै होइन, बैंक खाताको पनि जानकारी आदानप्रदान गरिरहेका हुन्छन्। याहूबाट चोरिएका डाटा एकदमै महत्पू‍र्ण रहेका छन् किनकि चोरिएका डाटाको सिधा सम्बन्ध युजरको बैंक खाता, सामाजिक सञ्जालको प्रोफाइल, वित्तीय सेवा र उनका साथी तथा परिजनसँग पनि जोडिएको हुन्छ । होल्डन सुरक्षा एजेन्सीका प्रमुख एलेक्स होल्डनले वेबबाट याहूको गोप्य विवरण चोरिँदा युजरको गोपनियतामा गम्भीर असर पर्ने बताएका छन् । याहूले भने उसले यस मामिलालाई लिएर कानुन एवम् व्यवस्था बनाइराख्नका लागि एजेन्सीसँग मिलेर काम गरिरहेको जनाएको छ । रुसबाट अमेरिकाका ८५ शीर्ष कम्पनीमा ह्याकिङ साइबर सुरक्षासँग जोडिएका विशेषज्ञले रूसबाट एप्पल र अमेजान समेत अमेरिकाका ८५ शीर्ष कम्पनीमाथि लक्षित गरी  ह्याकिङ्ग गरेको खुलासा भएको छ । विशेषज्ञले हमलाका लागि उपयोग गरिएको कन्फिग्रेशन फाइलबाट यस्तो पत्ता लगाएका हुन् । यी कम्पनीको साइट ह्याकिङ गर्नका लागि ह्याकर्सले रूसी सर्भरको प्रयो गरेको पनि खुलेको छ । विशेषज्ञले यसका लागि अनलाइन च्याटिङ्गका क्रममा रूसी भाषाको प्रयोग भएको कुरा पनि खुलासा गरेका छन् । ८५ ठूला कम्पनीमा अमेरिकन एयरलाइन्स, एप्पल, पीजा हट, बेस्ट बाइ, गो ड्याडी, ई-बे, उबेर, पेपल र म्याक डोनाल्ड आदि रहेका छन् ।

पाँचै शहरमा मन जित्दैएनसेल मेला २०७३ भव्यरुपमा सम्पन्न

काठमाडौं, ८ असोज । देशको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनीएनसेलले देशका विभिन्न पाँच शहरहरुमा आयोजना गरेको एनसेल मेला २०७३ हजारौ दर्शक तथा आगन्तुकहरुको मन जित्दै भव्वरुपमा सम्पन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न उक्त मेलाको आयोजना गरिएको हो । भाद्र ३० गते नारायणगढबाट शुरु भएको मेला शनिवार बिर्तामोडमा आयोजना पश्चात समापन भएको हो । मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण यो मेला असोज १ गते पोखरा, असोज ३ गते बुटवल र असोज ६ गते धरानमा आयोजना गरिएको थियो । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका रहेका थिए । मेलाको प्रमुख आकर्षण रहेको कन्सर्टमा कलाकारहरु सुगम पोखरेल, शिव परियार, मिलन अमात्य, लाउरे र सांगितीक समुह एक्स ब्याण्डले पाँचै शहरका आगन्तुक तथा दर्शकहरुलाई आफ्नो उत्कृष्ट गीतहरुगाएर झुम्न, गाउन र नाच्न प्रेरित गरेका थिए । हजारौको संख्यामा उर्लिएको दर्शकहरुले गीत संगितको भरपुर आनन्द लिएका थिए । मेलामा हाँस्यकलाकार सन्दिप क्षेत्रीले आफ्नो प्रस्तुतीले सबैलाई हँसाएका थिए भने कलाकार रेमोन दास श्रेष्ठ र समृद्घी राईको प्रस्तुतीले दर्शकहरु उत्साहित भएका थिए । त्यसैगरी डिजे रुपेशको प्रस्तुतीले दर्शकहरुलाई मेला अबधिभर बाँधिराखेको थियो । कार्टुन्ज क्रुको प्रस्तुती र साँझको समयमा भएको युभि एन्जल्स्को विषेश प्रस्तुतीमा दर्शकहरु मन्त्रमुग्ध भएका थिए । “एनसेल मेला २०७३ लाईअत्याधिक मनपराईदिनु भएकोमा हामी हाम्रा आदरणीय ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दछौ,”एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “यो मेलाले परिवारजन, आफन्त र साथीभाईलाई एकैथलोमा भेला गराई खुसीयाली साट्न र चाडपर्वको शुभकामना आदानप्रदान गर्न सफल भएको छ ।” गीत, संगित र अन्य विविध मनोरन्जनात्मक गतिविधिहरु बाकेह, दर्शकहरुले मेलामा एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारीका साथै ती सेवा तथा सुविधाहरु आकर्षक अफरमा लिन पाएका थिए । डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाईएको थियो । त्यसैगरी, एनसेल हाईटेक जोनमा आगन्तुकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव बटुल्ने अवसर पाएका थिए । सबै उमेरका मानिसहरुलाई मनोरन्जन प्रदान गर्नका लागि एनसेल मेलामा विभिन्न गतिविधि तथा कार्यक्रमहरु समावेश गरिएका थिए । मेलामा आएका बालबालिकाहरुले इन्फ्लेटेड क्यासल, मेरी गो राउण्ड र ट्रेन जस्ता विविध आकार्षणहरुको मनोरन्जन लिएका थिए । गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न गिफ्टहरु पाएका थिए । मेलामा नेपाली, भारतीय, चीनियाँ खानाको आगन्तुकहरुले आनन्द लिएका थिए ।