अब नेपालको आफ्नै स्याटेलाइट, अघि बढ्यो प्रक्रिया
काठमाडौं, २० असोज । नेपालले आफ्नै स्याटेलाईट सञ्चालनको प्रक्रिया अघि बढाएको छ । आफ्नै स्याटेलाइट सञ्चालन गर्ने सरकारी नीति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले आयस पत्रका लागि सूचना प्रकाशित गरेको हो । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार आसय पत्र बुझाउने कम्पनीहरुमध्येबाट छनौट गरेर विस्तृत परियोजना माग गरिनेछ ।‘नेपालले आफ्नै स्याटेलाइट सञ्चालन गर्ने पुर्व निर्णय कार्यान्वयनको पहिलो चरण सुरु भएको छ, आसय पत्र बुझाउने फर्म तथा कम्पनीमध्येबाट छनौटमा परेका कम्पनीलाई बिजनेश मोडालिटी र टेक्निकल प्रस्तावसहित आउन पुनः सूचना निकाल्छौं’, अर्यालले भने । उनका अनुसार स्याटेलाईट सञ्चालन गरेको अनुभव नेपाली कम्पनीसँग नरहेकाले विदेशी कम्पनीहरुले आवेदन दिनेछन् । हालसम्म नेपालले भारत, लगायतका मुलुकका स्याटेलाईट उपयोग गर्दै आएको छ । त्यस वापत नेपालले बर्षेनी अरबौं रुपैंयाँ बुझाउँदै आएको छ । नेपालको आफ्नै स्याटेलाईट सञ्चालनमा आएपछि अन्तरिक्षमा नेपालको आफ्नै स्पेश हुनेछ ।
फेसबुकले ल्यायो म्यासेन्जर लाइट, पुरानो सेटमा गज्जबले चल्छ!
पुरानो भर्सनको एन्ड्रोइड स्मार्टफोन चलाउनेहरूलाई खुशीको खबर छ । फेसबुकले कम क्षमताका स्मार्ट फोन र सुस्त इन्टरनेट हुँदा पनि सजिलै प्रयोग गर्न सकिने ‘म्यासेन्जर लाइट’ सोमबार सार्वजनिक गरेको छ । लाइट भर्सनको यो म्यासेन्जर इन्टल गर्न जम्मा १० एमबि स्टोरेज भए पुग्छ । नियमित संस्करणको म्यासेन्जरलाई भने ५० एमबि भन्दा बढिको स्टोरेज चाहिन्छ । म्यासेन्जर लाइटले मोबाइल डेटा प्लानमा चल्नेहरूलाई पनि ठुलो राहात दिने छ । नयाँ सेट किन्न नचाहने र इन्टरनेट सुस्त हुनेलाई यो राम्रो म्यासेजिङ बिकल्प हुने भएको छ । म्यासेन्जर चलाउँदा फोन ह्याङ हुन्छ भने पनि यो गज्जबको बिकल्प हुने छ । १ अर्ब भन्दा बढि प्रयोगकर्ताले अहिले फेसबुकको म्यासेन्जर प्रयोग गर्छन् । ‘बाँकी इन्टरनेट प्रयोगकर्ता जो सँग कमसल फोन छन् र इन्टरनेट कनेसक्सन कमजोर छ हामी उनिहरूलाई जोड्न चाहन्छौं’ फेसबुक न्युजरूममा भनिएको छ । नेपाल जस्ता विकासशील देशलाई लक्षित गरी डेभलप गरिएको यो म्यासेन्जर तत्कालका लागि भने केन्या, ट्युनिसिया, मलेसिया, श्रीलंका र मलेसियामा मात्र प्रयोग गर्न मिल्ने छ । सामान्य म्यासेन्जरका धेरै सुविधा भएपनि कतिपय महत्वपूर्ण सुविधा भने लाइट भर्सनमा छैनन् । टेक्ट, फोटो र भिडियो म्यासेज पठाउन मिले पनि भ्वाइस कल सुविधा भने यो भर्सनमा छैन् ।
विट्साको बोर्ड अफ डिरेक्टरमा बिनोद ढकाल निर्वाचित, सूचना प्रबिधिको विकासमा सहयोग पुग्ने
काठमाडौं, १८ असोज । क्यान फेडरेशनका अध्यक्ष बिनोद ढकाल वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स(विट्सा)को बोर्ड अफ डिरेक्टरमा निर्वाचित भएका छन् । मेक्सीकोमा सम्पन्न विट्साको अधिवेशनमा नेपालका आइसीटी व्यवसायीको प्रतिनिधीत्व गर्दै ढकाल निर्वाचित भएका हुन् । विट्सामा नेपालले पहिलो पटक बोर्ड अफ डिरेक्टर चुनिने अवसर पाएको हो । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । ‘संसार भरका अब्बल आइसीटी व्यवसायीहरुको साझा संस्थामा नेपालले महत्वपूर्ण जिम्मेवारी पाएको छ, यसले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्छ’, क्यान अध्यक्ष ढकालले भने । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसीटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले जितेको छ ।