टेलिकमले ‘फोर जी’ सेवा सञ्चालन गर्ने अनुमति पायो, पुसदेखि सेवा सञ्चालन गर्ने

काठमाडौँ, ७ कात्तिक । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार पुस २०७३० देखि सेवा सञ्चालन तथा विस्तार गर्नेगरी प्राधिकरणले अनुमति दिएको छ । अब फोर जी सेवासँगै टेलिकमले १० मेगाहर्जबाट ‘टु जी’ र ‘थ्री जी’ सेवालाई निरन्तरता दिनुका साथै ५ मेगाहर्जबाट ‘फोर जी’ सञ्चालन गर्ने जनाएको छ । टेलिकमले दसैँअघि नै प्राधिकरणलाई कार्ययोजना बुझाएको थियो । उक्त कार्ययोजनाअनुरुप दुई महिनाभित्र काठमाडौँ र पोखरामा ‘फोर जी’ सेवा सञ्चालनमा ल्याउने जनाएको छ । रासस

स्मार्ट टेलिकम सेवा विस्तारमा अाक्रामक, ४ अर्ब २८ करोडको सामाग्री आयात अनुमति माग

काठमाडौं, ७ कार्तिक। स्मार्ट टेलिकमले सेवा विस्तारका लागि दूरसञ्चार उपकरण अायतमा तिब्रता दिएको छ। पछिल्ला बर्षहरुमा अन्य सेवा प्रदायकभन्दा केहि कम रहेको उसले चालु अावको सुरुवातमा ठूलो मूल्य बरावरको सामाग्री अायात माग गरेको छ। नयाँ आर्थिक बर्ष लागेपछि सबै भन्दा धेरै स्मार्ट टेलिकम आक्रामक देखिएको छ। कम्पनीले सवा चार अर्ब रुपैयाँ भन्दा बढीको उपकरण मगाएको हो। कम्पनीले भदौमा चार अर्ब २८ करोड रुपैयाँ बराबरको उपकरण आयात गर्न प्राधिकरणबाट अनुमति लिएको थियो। दूरसञ्चार सेवा प्रदायकले दुई महिनामा साँढे पाँच अर्ब बरावरको उपकरण आयातका लागि दूरसञ्चार प्राधिकरणसँग अनुमति माग गरेका छन्। यो रकम अघिल्ला दुई आर्थिक बर्षको बरावर हो। गत आर्थिक बर्ष उपकरण आयात नगरेको कम्पनीले अघिल्लो आवमा भने एक अर्ब आठ करोड रुपैयाँको टेलिकम उपकरण आयात गरेको थियो। २०६५ सालमा ग्रामिण दूर सञ्चार अनुमति पाएको स्मार्टलाई प्राधिकरणले तीन बर्ष अघि एकिकृत कारोबार गर्ने बाटो खोलिदिएको थियो। त्यस अनुरुप क्रमिक विस्तारमा रहेको कम्पनीले पछिल्लो समय तिब्रता दिएको हो। एकिकृत सेवामा नेपाल टेलीकम र एनसेले स्थापित भइ सकेका एवं युटिएलले समेत जिएसम अनुमति पाएपछि आफुतिर छिटो ग्राहक तान्न स्मार्ट आक्रामक देखिएको छ। कम्पनीले ३५ बढी जिल्लामा सेवा पुर्याइसकेको छ। थप जिल्लामा विस्तार हुने कम्पनीको रणनीति छ। चालु आर्थिक बर्ष लागेपछि उपकरण आयातमा नेपाल टेलिकम र एनसेल समेत थप सकृय देखिएका छन्। यो दुई महिनामा टेलिकमले २८ करोड र एनसेलले ८८ करोड रुपैयाँ बराबरको आयात अनुमति पाइ सकेका हुन्। टेलिकमले गत आवमा कुल साढे दुई अर्ब रुपैयाँ बराबरको उपकरण मगाएको थियो भने करिब २४ करोड रुपैयाँ मात्र उपकरण आयातमा खर्चिएको थियो। नेपालका सबै कम्पनीले आव २०७२/७१ मा तीन अर्ब ७९ करोड तथा २०७२/७३ मा दुई अर्ब ८२ करोडको उपकरणहरु आयात गरेका थिए।

नोकियाका पाँचवटा फोन जसको बिक्री रेकर्ड कसैले उछिन्न सकेनन्

सबैभन्दा बढी बिक्री भएका २० मोवाइलमा १२ नोकियाका काठमाडौं, ५ कात्तिक। कुनै समयको मोवाइल फोनको बजारमा मार्केट लिडर रहेको नोकिया केही समयको बिश्रामपछि फेरि कमब्याक गर्न लागेको छ। अहिलेको बजारको समिकरणमा नोकियाको कुनै उपस्थिति नभएपनि संसारमा सबैभन्दा बढी बिक्री हुने २० वटा मोवाईलमा १२ वटा नोकियकै रहेका छन् अहिले पनि। बजारमा नयाँ गुमनाम भएको नोकिया अहिलेसम्म पनि सबैभन्दा बढी बिक्री भएको ब्राण्डमा गनिन्छ। टेलिग्राफले प्रकाशित गरेको समाचार अनुसार संसारमा आजसम्म बिक्री संख्याको आधारमा उत्कृष्ट २० को सूचीमा नोकियाका विभिन्न १२ वटा मोडलहरु अहिले पनि सबैभन्दा बढी बिक्री हुने सूचीमा रहेका छन्। उक्त सूचीको सबैभन्दा बढी बिक्री हुने सूचीमा पनि नोकियाकै ११०० मोडलको फोन रहेको छ। सन् २००३ मा सार्वजनिक भएको यो फोन आजसम्म २५ करोडभन्दा बिक्री भएको बताइएको छ। त्यस्तै सन् २००५ मा उत्पादन भएको नोकियाकै १११० मोडलको सेट दोस्रो सूचीमा रहेको छ। जुन पनि ११०० मोडलकै संख्यामा बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने फोनको सूचीको तेस्रो स्थानमा पनि नोकियाकै ३२१० मोडलको सेट रहेको छ। १५ करोडभन्दा बढी बिक्री भएको यसको रेकर्ड अझैसम्म अरु फोनले उछिन्न सकेका छैनन्। यसैगरी नोकिया १२०० मोडल चौथो स्थानमा छ बढी बिक्री हुनेको सूचीमा जुन १५ करोडकै हाराहारीमा छ। सूचीको ५ औं स्थानमा ५२३० छ भने ६ औं स्थानमा ६६०० मोडलको फोन पनि १५ करोडकै हाराहारीमा बिक्री भएको जुन आजसम्म आरु कुनै पनि ब्रान्डको फोन बिक्री नभएको बताइएको छ। त्यस्तै अर्को ८ औं स्थानमा रहेको नोकियाको सेट हो २६०० मोडलको फोन जुन साढे १३ करोडभन्दा बढी  बिक्री भएको छ। सबैभन्दा बढी बिक्री हुने सूचीको ९ स्थानमा रहेको सन् २००६ मा आएको नोकिया १६०० मोडल हो जुन चिन र भारतको लागिमात्र भनेर डिजाइन गरिएको थियो। सुचीको ११ र १२ औ स्थानमा रहेका क्रमशः ३३१० र १२०८ मोडल पनि १० करोड बढी बिmक्रीको रकेर्ड रहेको छ। त्यस्तै सन् २००४ मा आएको नोकिया ६०१० मोडलको फोन पनि ७ करोडभन्दा बढी बिक्री भएको छ भने सन् २००७ मा आएको नोकिया ५१३० मोडलको फोनको बिक्री रेकर्ड ६ करोड रहेको छ।