अब नोकियाले एण्ड्रोइड प्लेटफर्ममा स्मार्टफोन बनाउने

काठमाडौं, २२ कात्तिक। कुनै समयमा निकै लोकप्रिय बनेको मोबाइल ब्राण्ड नोकिया फेरि बजारमा आउने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै अागामि २०१७ को मध्यतिर दुई नयाँ मोवाइल निकाल्ने भएको छ। उसले अब विन्डोज फोन भने ननिकाल्ने भएको छ। उसले अव एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोन बजारमा ल्याउने भएको हो। माइक्रोसफ्टले किनेपछि विन्डोज फोन निर्माण गरेको नोकिया खासै सफल हुन सकेन। तर अब कम्पनीले नोकियाका दुई नयाँ फोन ल्याउने तयारी गरेको बताइएको छ। नोकिया विश्वासिलो ब्राण्ड भएकाले एचएमडी ग्लोबल कम्पनीले निर्माण गर्न लागेको बताइएको छ। उसले एण्ड्रोइड को लेटेस्ट ७.० अोएस भएका डिएस वान सी मोडेलका स्मार्टफोन ल्याउने जनाएको छ। दुई बर्ष पहिले माइक्रोसफ्टले ७ अर्ब डलरमा किनेको थियो । कम्पनीले फिनल्याण्डवाट ट्यावलेट र स्मार्टफोन उत्पादन गर्नका लागि अनमति लियसकेको जनाएको छ। एजेन्सीको सहयोगमा

मोबाइल हराए के गर्ने? आइएमइआई सुरक्षित राख्नुहोस्

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ ।   तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको इएमइआइ नम्बर भने उपलब्ध गराउनु पर्छ । प्रत्येक मोबाइल सेटको इएमइआइ नम्बर फरक हुन्छ । इएमइआइ  नम्बर मोबाइलको परिचय दिने १५ वा १७ अङ्कको संख्या हो । यो विशेषगरी मोबाइलको पछाडिको भागमा अर्थात ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06#  डायल गरेर पनि आफ्नो इएमइआइ  नम्बर पत्ता लगाउन सकिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा नेपाल प्रहरीले हराएका मोवाइल सेटहरु खोजी गर्ने गरेको छ। आइएमइआई नम्बर सुरक्षित राख्नका लागि तपाइले त्यसलाई इमेल वा डायरीमा टिपेर राख्नुपर्ने हुन्छ।

इन्टरनेट सपिङमा बढ्दो जोखिम, ह्याकरको निशानामा क्रेडिटकार्ड

अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ । एक शोधबाट यो पत्ता लागेको छ की अनलाइन शपिंग गराउने झण्डै ६ हजार वेबसाइटले ग्राहकको क्रेडिट कार्डको जानकारीहरु चोरी गरी त्यसको गलत प्रयोग गर्ने गरेका छन् । डच डेभलपर विलियम डी ग्रूटका अनुसार प्रयोगकर्ताको क्रेडिट कार्डको कोड नम्बर साइबर अपराधीद्धारा विभिन्न वेबसाइटहरुमा प्रकाशित समेत गर्ने गरिएको छ । उनका अनुसार झण्डै ५ हजार ९२५ वटा यस्ता वेबसाइट पत्ता लागेका छन् जसले प्रयोगकर्ताका डाटा चोरी गर्दछन् । डी ग्रूट डच इ कमर्श साइट बाइट डट एनएलका सहसस्थापक समेत हुन् । उनले ब्लगस्पटमा भनेका छन् की ह्याकरहरुले सबैभन्दा बढि प्रयोग गरिने अनलाइन सपिंग साइटलाई आफ्नो निशाना बनाउने गर्दछन् । जब ह्याकरहरुले ती वेबसाइटहरुमा आफ्ना मार्ग बनाउँदछन् तब उनीहरुले ती साइटबाट प्रयोगकर्ताको क्रेडिट कार्ड तथा कारोबार सम्बन्धी विभिन्न जानकारी चोरी गर्दछन् । त्यसरी चोरी गरिएका क्रेडिट कार्डका डाटा प्रतिकार्ड ३० डलरको हिसाबले वेब मार्केटमा बेचिदिन्छन् । शोका क्रममा उनले चोरी गरिएका फरक फरक ९ प्रकारका कोड पत्ता लगाएका छन् । जसमा फरक फरक ह्याकर समूह संलग्न रहेका छन् । ग्रूटका अनुसार डाटा चोरीको चंगूलमा कार निर्माता कम्पनी, फेसन कम्पनी तथा सरकारी वेबसाइटहरु समेत पर्ने गरेका छन् । अनलाइन सपिंगका कारण सिर्जना हुने ह्याकिंग तथा डाटा चोरी जस्ता समस्या आउन नदिनका लागि आधिकारिक तथा विश्वसनीय साइटबाट मात्र सपिंग तथा भुक्तानी गर्नुपर्ने सुझाव उनको छ । साथै त्यस्ता साइटहरुलाई आफ्ना संवेदनशील सूचनाहरु दिनुअघि त्यसको प्रयोजन तथा परिणामको बारेमा सोँचविचार गर्नु अत्यावश्यक हुन्छ ।