गुगलले ल्यायो इन्ट्यान्ट मेसेजिङ एप ‘एलो’
काठमाडौं, ७ असोज। गुगलले आफ्नो च्याट एप एलो लञ्च गरेको छ । विश्वव्यापी रुपमा लञ्च गरिएको एलो एप्पलको आइओएस र एन्ड्रोइडमा उपलब्ध छ । एक महिनाको अवधिमा डुओ एप गुगल प्ले स्टोरबाट एक करोडभन्दा बढि डाउनलोड भैसकेको छ । गुगलले यहीँ वर्ष आफ्नो डेभलपर्स कन्फ्रेन्समा एलो एप ल्याउने घोषणा गरेको थियो । यो एपमा सर्च इन्जिन तथा गुगल असिस्टेन्ट समेत आबद्ध गरिएकेा छ । ह्वाट्सएपमा जस्तै यो एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ । यस एपमा गुगल अकाउन्टलाई पनि लिंक गर्न सकिन्छ । गुगल प्ले स्टोरमा न्ययनभि वर्षिय सर्च गरेर यो एपलाई इन्स्टल गर्न सकिन्छ । यो एपमा सर्च फिचर सुरुमै राखिएको हुन्छ जसमा प्रयोगकर्ताहरु २नययनभि पछि आफुले खोजेको कुरा टाइप गरी सर्च गर्न सक्दछन् । अर्थात् आफुले खोजेको कुनै जानकारी गुगलका सर्च गर्नका लागि एप बाहिर निस्किएर ब्राउजरमा गुगल सर्च इन्जिन खोलेर सर्च गर्नु आवश्यक पर्नेछैन । यो एपको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त सर्चले गुगलको नलेज ग्राफको प्रयोग गर्दछ । यो एपमा इन्ड टू इन्ड एनक्रिप्सन अर्थात् च्याट आफै डिलिट हुने फिचर छ । प्रयोगकर्ताले आफ्नो मेसेजका लागि टाइम लिमिट सेट गर्न सक्दछन् की मेसेज कति समयपछि डिलिट होस् । १० सेकेण्ड, ३० सेकेण्ड, १ मिनेट, १ घण्टा, १ दिन वा त्यसभन्दा धेरै समयको अप्सन छान्न सकिन्छ । गुगलले हरेक देशलाई लक्षित गरेर कस्टम स्टिकर पनि एड गरेको छ । तर यो एपमा डकुमेन्ट शेयरिंग तथा भ्वाइस कलिंग जस्ता फिचर भने उपलब्ध छैन । एलोलाई गुगलले आफ्नो भिडियो च्याट एप डुओको जोडीको रुपमा पेश गरेको छ ।
भारतमा एप्पलले आईफोनको मूल्य २२ हजार भारु घटायो, नेपालमा पनि घट्न सक्ने
काठमाण्डौं, ५ असोज। बजारमा प्रभाव घट्दै गएको एप्पलले आफ्नो आईफोनको बिक्रि बढाउन आईफोन ६ को मूल्यमा ठूलो कटौती गरेको छ। भारतीय बजारमा मात्र यो आईफोन ६ मा २२ हजार भारुले मूल्य कटौती गरेको हो। आफ्नो नयाँ आईफोन ७ सार्वजनिक गरेपछि पहिलेको मोडलमा एप्पलले मूल्य समायोजन गरेको हो। प्रतिस्पर्धी सामसुङका फोनहरु ब्याट्रीको समस्याले भकाभक बजारबाट फिर्ता हुँदै गर्दा एप्पले आफ्नो ठूलो बजार रहेको भारतमा मूल्य घटाएको छ। भारतीय बजारमा घटेको पुराना मोडलको एप्पलका आइफोनले नेपाली बजारमा पनि प्रभाव पार्ने देखिन्छ। केही समयमा नेपाली बजारमा पनि आईफोनको मूल्य केही गिर्ने सम्भावना रहेको छ।
ग्यालेक्सी एस ७ पड्किने समस्याका कारण सामसुङको सेयरमा धक्का, विश्वभर स्टक मार्केटमा गिरावट
काठमाडौं, ५ असोज। संसारभरी सामसुङ मोवाइलमा समस्या अाएपछि त्यसको धक्का विभिन्न देशका स्टक एक्सचेन्जमा परेको छ। सामसुङ मोवाइलको नयाँ भर्सनको ग्यालेक्सी एस ७ र एजमा चार्च गर्दा वा चलाउँदा पड्किने समस्या अाएपछि त्यसको प्रत्यक्ष असर उसको सेयरमा परेको हो। गत हप्ता अमेरिकी स्टक एक्सचेन्ज एनवाइएसईमा सामसुङको सेयर मूल्यमा व्यापक गिरावट आएको हो। एनवाइएसईमा सामसुङको सेयर मूल्य ६ अंकले घटेको छ भने स्मार्टफोन बजारमा सामसुङसंग प्रतिस्पर्धा गरिरहेको एप्पलको भने ३ अंकले सेयर मूल्य बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै हङकङ, जापान, बेलायत, स्विस तथा विभिन्न देशमा पनि सामसुङको सेयर मूल्यमा गिरावट अाएको हो। उडानमा समेत प्रतिवन्ध इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको विमान सेवाका अधिकारीले बताएका छन् । कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस. बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ ।