लिएगो स्मार्ट फोन मोर्डन, स्टाईलिस र बलियो छ- मोहन वंशल
मोहन वंशल, प्रबन्ध निर्देशक, जेएसएस ग्रुप एक दशकभन्दा बढी समयदेखि मोवाइल ब्यवसायमा सक्रिय रहँदै आएको प्रतिष्ठित ब्यापारीक घराना जेएसएस ग्रुपले लिएगो ब्राण्डको मोवाइल नेपाली बजारमा बिक्री शुरु गरेको छ । विश्वका विभिन्न २० मुलुकहरुमा राम्रो उपस्थिति जनाइसकेको यो मोवाइल ब्राण्ड नेपालको लागि भने नयाँ हो । यो फोनमा अत्याधुनिक सुविधाको साथै निकै बलियो भएको कम्पनीको दावी छ । स्टाइलिस र नयाँ विषेशताका साथ निर्माण गरिएको लियागो फोनले वालमा किला ठोक्दा होस् वा गाडीले किच्दासमेत असर नपर्ने कम्पनीको भनाई छ । लियागो फोनले नेपाली उपभोक्तको मन कसरी जित्न सक्छ ? यसको विशेषता के छन् ? प्रतिश्पर्धात्मक बजारमा यसको उपस्थिति कस्तो रहन्छ भन्ने विषयमा रहेर देशविकास साप्ताहिकले जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलसँग गरेको कुराकानीः लिएगो ब्राण्डको स्मार्ट फोन भित्र्याउनु भयो, यसमा त्यस्तो के विषेशता छ ? बजारमा प्रशस्तै स्मार्ट फोनहरु भित्रिएका छन् । यति हुँदाहुँदै पनि हामीले नयाँ ब्राण्डको लिएगो स्मार्ट फोनमा केहि नयाँ विषेशता पायौं र नेपाली बजारमा ल्याउने आँट ग¥यौं । यो आफैमा एउटा स्टाईलिस फोन हो, नेपाली बजारमा माथिदेखि तलसम्मका उपभोक्ताले खरिद गर्न सक्ने भरपर्दो, मजबुत र गुणस्तरीय छ । जसमा फङ्सनहरु अपग्रेडेड छ, ¥याम, रुम अपग्रेड छ । अहिले बजारमा भएका फोनहरुमा अक्टाकोर प्रविधि छ तर लिएगोमा डेगाकोर प्रविधि प्रयोग भएको छ जुन पहिलो पटक नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने छन् । यसकोे स्क्रिन साह्रै वलियो हुनाले ओखर फुटाउदासमेत कुनै स्क्राच हुन्न । यो हामीले प्रयोग गरेर देखाइसक्यौं । लिएगोमा यस्ता धेरै विषेशता छन् जुन उपभोक्ताले प्रयोग गरेपछि मात्रै यसको अझै महत्व बुझ्नेछन् । प्रतिस्पर्धाको बजारमा लिएगोको उपस्थितिले कति स्थान लिने अनुमान गर्नुभएको छ ? नेपाली बजारका उपभोक्ता सचेत भइसकेका छन्, केहि नयाँ चाहान्छन् । लुगाभन्दा छिटो मोवाइल फेर्ने चलन आइसक्यो । यस्तो अवस्थामा उपभोक्तको माग अनुरुप नै बजारमा लिएगो आएको छ । बजार हिस्सा कति ओगट्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर एउटा लगानीकर्ताको आँखाले हेर्दा केहि समयकै अन्तरालमा बजारमा रहेका ब्राण्डमा टपटेन भित्र पर्ने लिएको मोवाइल पर्ने विश्वास लिएका छौं । उपभोक्ताले कति थरिका र कति कलरका मोवाइल प्रयोग गर्न पाउनेछन् ? उपभोक्ताको मनोविज्ञानलाई बुझेर कम्पनीले चार सिरिजमा ११ वटा मोडेलका मोवाइलहरु निर्माण तथा वितरण गरेको छ । जसमा गोल्डेन, रोज गोल्ड, ह्वाइट र ग्रे गरी चार किसिमका कलरहरु छन् । ५ दशमलव ७ यसको स्क्रिन साइज छ । १३ मेगापिक्सेल क्षमताको फ्रन्ट, व्याक क्यामेरा रहेको छ । यसर्थमा उपभोक्ता आफूले चाहेको कुनैपनि मोडल वा रंगको मोवाइल उपभोग गर्न सक्नेछन् । लिएगो कहाँको उत्पादन हो र यसको अन्तराष्ट्रिय बजार कस्तो छ ? अहिले विश्व बजारमा स्मार्ट फोनले ठूलो हिस्सा ओगटेको छ । प्रायः बी सबै चाइनामा बनेका छन् । नाम चलेका ठूला ब्राण्डका मोवाइलसमेत चाइनामा बन्ने गर्छ । कुन देशमा बनेको भन्दा पनि कस्तो गुणस्तर र विषेशता छ, त्यो हेर्नुपर्छ । विश्व बजारमा लियागो स्टाईलिस फोन उत्कृष्ट रहेको पाएका छौं । जसले अपग्रेड प्रविधि प्रयोग गर्छ, सस्तो मूल्यमा उपलब्ध गराउँछ र राम्रो सेवा दिन्छ त्यसले मार्केट लिने हो । र यसमा लिएगोले सन् २०१८ सम्म विश्वकै टपटेन ब्राण्ड बन्ने लक्ष्य लिएको छ । विभिन्न मोडलका मोवाईलहरु छन् त्यसको मूल्य न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँ सम्म मूल्य तोकिएको छ । नेपालमा कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ? बजार र उपभोक्ताको माग अनुसार पुरै नेपालमा मार्केट विस्तार गर्ने तयारीमा छौं । एकै पटक चारैतिर विस्तार गर्न सकिंदैन । तरपनि देशका मुख्य शहरहरुमा हाम्रो उपस्थिति रहन्छ । काठमाडौंबाटै हाम्रो सेवा सुरु हुन्छ । मोवाइल बिक्रीपछि दिइने सेवा वा सर्भिस सेन्टर कस्तो हुनेछ ? हामीले मोवाइल बेच्ने मात्र होइन, बिक्रीपछि पनि सेवा दिने गरी देशभरी ३८ वटा सर्भिस सेन्टर स्थापना गरेका छौं । लिएगो आउनु पहिला नै हामीसँग किवि मोवाइलका ती सर्भिस सेन्टरहरु थिए र यसैलाई वैधानिकता दिएर लिएगोको पनि सेवा दिनेछौं । यस्ता सेन्टरहरुले जहाँबाट किनेको भएपनि सेवा दिनेछन् । यसैमा हामीले अनलाइन सर्भिस पनि दिएका छौं । अनलाइनमार्फत ग्राहकले बनाउन दिएको फोन कस्तो अवस्थामा छ भनेर समेत थाह पाउन सक्छ, त्यसको लागि हामीले ट्रयाकिङ नम्वर पनि दिएका हुन्छौं । त्यसैको आधारमा ग्राहाकले फलो गर्न सक्छन् । यस्तो सेवा हामी नेपालमा पहिलोपटक दिंदैछौं । अर्को कुरा लेभल हेरेर मोवाइल मर्मत हुन सक्ने र नसक्ने आधारमा सेवा दिइन्छ । चौविस घण्टा, ७२ घण्टाको समय राखेर सेवा दिने र केहि कारण फोन बन्नै नसक्ने अवस्था आएमा १२ दिन भन्दा पछाडि नयाँ फोन उपलब्ध गराउँछौं । यो हाम्रो प्रतिवद्धता हो । मोवाइल बजार प्रतिस्पर्धा बढेको देखिन्छ, व्यवसायले गर्नेको लगानी कत्तिको जोखिममा छ ? विजनेशमा ‘नो रिक्स नो गेन’ भनिन्छ । कुनैपनि विजनेश जोखिमविहीन हुनै सक्दैन । त्यसमाथि महँगा–महँगा मोवाइलहरु ल्याएका हुन्छौं, यस्तो अवस्थामा उपभोक्ताले मन पराएनन् र बिक्री गर्न सकिएन भने क्षति हुने डर हुन्छ । यद्यमी हामीलाई विश्वास छ कि लिएगो मोवाइल नेपाली बजारमा छिट्टै स्थापित हुनेछ ।
आइफोन ६ एसको ब्याट्री एप्पलले निःशुल्क साटिदिने
काठमाडौं, १२ मंसिर। एप्पलले आइफोन ६ एसको ब्याट्रीमा समस्या देखिएपछि त्यसलाई निशुल्क प्रतिस्थापन गरिदिने भएको छ । २०१५ को सेप्टेम्बर र अक्टोबरकाबीच उत्पादित आइफोन ६ एसको निःशुल्क मर्मत योजना कम्पनीले सुरु गरेको हो। एप्पलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘धेरै सानो संख्याका आइफोन ६ एसमा अचानक सट डाउन हुने समस्या भेटियो । यदि तपाईंको आइफोन ६ एसमा स्क्रिन चर्केको वा अरु कुनै क्षति भएको भए ब्याट्री प्रतिस्थापन गर्नुपूर्व त्यसलाई समाधान गर्नुपर्छ । कतिपय अवस्थामा मर्मतका लागि पैसा पनि लाग्न सक्छ ।’ ‘तपाईंको आइफोन ६ एस निःशुल्क मर्मत सुविधाका लागि योग्य छ कि छैन भनेर थाहा पाउन कुनै एप्पल स्टोर वा आधिकारिक सर्भिस सेन्टरमा जानुहोस । मोबाइल फोन नेटवर्क स्टोरहरुमा यो सेवा लागू हुनेछैन ।’, बिज्ञप्तिमा उल्लेख छ । व्याट्री फेर्नका लागि पैसा तिरिसकेकाहरुको पैसा फिर्ता गरिने पनि कम्पनीको भनाई छ । कम्पनीले हालै मात्र टच स्क्रिनमा समस्या आएका आइफोन ६ प्लसको मर्मत योजना अघि सारेको थियो । डिस्प्लेमा पातलो खैरो धर्साबाट सुरु भएर पुरै टच स्क्रिनलाई बिगारिदिने यो समस्यालाई कम्पनीले १४६.४४ पाउण्ड लिएर बनाइदिने गरेको छ ।
चीनका लागि फेसबुकले तयार पार्यो नयाँ सफ्टवेयर, इन्क्रेप्टेड भर्सनमा उपलब्ध हुने
काठमाडौं,९ मंसिर। चीनका लागि फेसबुकले विशेष सफ्टवेयर तयार पारेको छ। फेसवुकका संस्थापक मार्क जुकर्वर्गको चाहनावमोजिम कम्पनीले गोप्य रुपमा यो सफ्टवेयर तयार पारेको खुलासा भएको छ। विशेष देश र ती देशका महत्वपूर्ण क्षेत्रका मानिसहरुका लागि न्युज फिडमा आउने पोस्टमा सेन्सर गर्न सकिने सफ्टवेयर फेसबुकले तयार पारेको हो। चीनमा यस्ता समस्या देखा परेको र त्यहाँ सेन्सरसिपको कुरा पटक पटक उठेपछि फेसबुकले नयाँ सफ्टवेयर बनाएको हो। फेसबुकले आफैं भने पोस्टहरु रोक्ने छैन । चिनियाँ साझेदार कम्पनीले उक्त सफ्टवेयरमार्फत् मानिसहरूले पोस्ट तथा सेयर गरेका चीजहरु देखाउने वा नदेखाउने भन्ने अधिकार राख्नेछ । यो सफ्टवेर बनाउनुको मुख्य कारण चीनमा पनि फेसबुकको प्रभाव विस्तार गर्नु हो । सन् २००९ मा चीनमा फेसबुक खोल्नका लागि निजी नेटवर्कमार्फत जानु पर्दथ्यो। जसले असली लोकेसन लुकाइदिन्थ्यो भने इन्टरनेटमा ब्लक गरिएकाद सामग्री हेर्न सकिन्थ्यो।