चीनमा रोबोटले मान्छेलाई कुट्यो, मान्छेको युग समाप्त, रोबोटको युग सुरुवात भएको भन्दै आलोचना

बेइजिङ: चीनको एक प्रविधि मेलामा एउटा रोबोटले मान्छेमाथि हमला गरेको समाचार आएको छ । रोबोटको आक्रमणबाट एक जना युवा गम्भीर घाइते भएका छन् । यो रोबोटलाई घरेलु कामका लागि बनाइएको थियो । यस रोबोटको नाम ‘फ्याटी’ राखिएको थियो । मानिसलाई रोबोटले आक्रमण गरेको चीनको यो पहिलो घटना हो । यो घटना दक्षिण चीनमा बिहीबार भएको हो । यहाँ एक प्रविधि मेला चलिरहेको थियो । मेलामा हजारौँको सङ्ख्यामा मानिस पुगेका थिए । त्यहीबेला फ्याटी नामको यस रोबोटले सिसाको बुथ फुटाएर मानिसमाथि हमला गरेको हो । रोबोटको आक्रमणबाट गम्भीर घाइते भएका ती मानिसलई उपचरका लागि तत्कालै अस्पताल गलिएको छ । मानिसलाई आक्रुमण गरेपछि फ्याटीलाई प्रविधि मेलाबाट हटाइएको छ । यो मेला १६ देखि २१ नोभेम्बरसम्म चलेको हो । यो मेलामा ३७ देश सहभागी छन् । यो मेलाका आयोजकले एक अपरेटरको गल्तीबाट मानिसमाथि रोबोटले हमाला गरेको बताएका छन् । अपरेटरले रिभर्सको सट्टा फरवर्ड बटन थिचिदिँदा यस्तो घटना भएको हो । यसबाट रोबोट त्यस दिशातर्फ मोडियो जुन दिशातर्फ सिसाको ढोका थियो । यो रोबोट बनाउन १३००० युआन अर्थात् २ लाख ५६ हजार नेपाली रुपैयाँको लागतमा बनाइएको थियो । घटनापछि घाइते भएका मानिसको बारेमा कुनै जानकारी दिइएको छैन।  पुलिसले पनि यो घटनाबारे जानकारी दिन इन्कार गरेको छ । तर मानिसमाथि आक्रमण गर्ने यो रोबोटको फोटो भने सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरूले सामाजिक सञ्जालमा ‘रोबोटले मानिसमाथि आक्रमण गर्ने समय सुरु भयो?’ भन्दै प्रश्न गरेका छन् । चिनियाँ सामाजिक सञ्जालमा रोबोटबाट मानिस कुटिने समय सुरु भएको बताउँदै के अब रोबोट युग सुरु भएको भन्दै जिज्ञासायुक्त सामाग्री पोस्ट गरिरहेका छन् ।

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

काठमाडौं, ५ मंसिर । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । यो योजना सोमबार (मंसिर ६, २०७३) बाट लागु हुनेछ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११ मा ११ मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् जुन २४ घण्टाको लागि मान्य हुनेछ । साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले रु ६० मा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले रु २०० मा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाईस प्याकका मुल्यहरु कर सहितका हुन् । ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् । त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् । ‘‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मुल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको छ ।’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाईस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क रु २.५० (कर सहित) प्रति मिनट लाग्ने छ ।

२९ लाख ८१ हजार मोवाइल सेटहरुकाे आइएमआइ नम्वर दर्ता, व्यक्तिगत रूपमा माेवाइल भित्र्याउने पनि उल्लेख्य

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणमा कात्तिक १८ गते सम्म २९ लाख ८१ हजार ३६९ वटा मोवाइल सेटहरुको युनिक कोड आइएमआइ नम्वर दर्ता भएको छ । ति मध्ये २९ लाख ७९ हजार ६५३ वटा सेट मोवाइल आयात कर्ता कम्पनीले दर्ता गराएका छन् भने एक हजार ७१६ वटा सेटहरु व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटहरुको दर्ता भएको छ । प्राधिकरणका अनुसार मोवाइल सेटहरु मध्ये एक हजार २४३ वटा मोडलका सेटहरुले पाँच वर्षको लागि स्वीकृति पाएका छन् भने ४ हजार ३९३ वटा मोडलका मोवाइल सेटहरुले भने ६ महिना परिक्षणको लागि स्वीकृति पाएका छन् । आइएमआइ दर्ता भएका सेटहरु मध्ये जिएसएम मोवाइलको ७१० मोडलका सेटले पाँच वर्षको अनुमति पाएको छ भने ३ हजार ३८७ वटा सेटले भने ६ महिनाको लागि मात्र स्वीकृति पाएका छन् । त्यस्तै सर्ट रेन्ज डिभाइसको ४ सय ६४ वटा मोडलले पाँच वर्षको स्वीकृति पाएका छन् भने ७४४ वटा मोडेलले ६ महिनाको लागि मात्र स्वीकृति पाएका छन् । सिडिएमसे डिभाइसको ४ वटा मोडलले ६ महिनाको लागि स्वीकृति पाएको भने जिएसएम डिभाइसका २१ वटा मोडलले पाँच वर्षको र ६३ वटा मोडलले ६ महिनाको लागि स्वीकृति पाएका छन् । त्यस्तैगरी सिडिएमए मोवाइल ह्यान्ड सेटको ५१ वटा मोडलले ६ महिनाको लागि र २ वटाले पाँच वर्षको लागि स्वीकृति पाएका छन् । सिडिएमए फिक्स सेटको ३ वटा मोडलले ६ महिनाको लागि र एक वटा मोडलले पाँच वर्षको लागि स्वीकृति पाएको प्राधिकरणले जनाएको छ । ट्यावलेट १२३ वटा मोडलले ६ महिना, ३६ वटा मोडलले पाँच वर्ष, स्याटेलाइट मोवाइल ह्यान्ड सेटका ११ वटा मोडलले ६ महिना, ६ वटा मोडलले पाँच वर्ष, स्याटेलाइट टर्मिनलको १ प्रकारको मात्र मोडलले ६ महिनाको रवाइम्याक्सको ६ वटा मोडलले ६ महिनाको र ३ वटाले पाँच वर्षको स्वीकृति पाएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले इमएआइ नम्वर २०७३ बैशाख १ गते देखि नयाँ निर्देशिका लागु गरी दर्ता गर्न थालेको हो । अबैध तरिकाले नेपालमा भित्रिएका मोबाइल फोन नेपालमा दर्ता नहुने र नेपाली मोबाइल सेवा प्रदायकका नेटवर्कमा सहि रुपमा प्रयोग गर्न पनि कठिन हुने भएकोले यस्तो फोनहरुको दर्ता अनिवार्य गराएको प्राधिकरणले जनाएको छ ।