फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी, विदेशी युवकद्वारा नेपाली युवती ठगिए

काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ। फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।

४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।

आर्थिक अवस्था गुज्रिएपछि ब्रिकीमा ट्वीटर, इन्टरनेट जाइन्ट कम्पनीसँग छलफल अगाडि बढ्यो

काठमाण्डौं, ११ असोज। माइक्रोब्लगिङ साइट ट्विटर विक्रि हुने भएको छ। ३० करोड सक्रिय प्रयोगकर्ता रहेको चर्चित सोसल मिडिया ट्वीटर बिक्रीमा रहेको जनाएको हो। लगातार एक दशक माइक्रो ब्लगिङ दुनियाँमा एकछत्र राज गरेको ट्वीटरको बिक्रीको चर्चाले विश्व इन्टरनेट बजारमा तरंग ल्याएको छ । यसै सातादेखि ट्वीटरले आफ्ना सम्भावित ग्राहकहरूसँग छलफल अगाडि बढाएको छ। उसले अाफ्नो भविष्यमाथि कुनै किसिमको अवरोध नअाउने कम्पनीसँग विक्रिका लागि छलफल अगाडि बढाएको जनाएको छ। ट्विटरले मुख्यत इन्टरनेट जाइन्ट कम्पनीहरुसँग विक्रि हुन सक्ने अनुमानका विच केहि छलफल अगाडि बढाएको छ। उसले फेसवुक, गुगल, माइक्रोसफ्ट  सेलफोर्स लगायत अन्य कम्पनी भेरिजोनसँग समेत विक्रिका लागि कुरा अगाडि बढाएको जनाएको छ। किन बेच्नु पर्‍यो? सन २००६ देखि ट्वीटर इन्क कम्पनी मार्फत सोसल मिडिया बजारमा आक्रामक उपस्थिति देखाएको ट्वीटर अहिले संसारमा सबैभन्दा बढि प्रयोग गरिने १० वेबसाइट र इन्टरनेट प्लेटफर्म मध्येमा पर्दछ । १४० शब्द सीमाको माइक्रो बल्गिङलाई ट्वीटरले पहिचान नै बनाउन सफल भयो । संसारभर साना ठुला लाखौं व्यवसायलाई ट्वीटरले सफल बनाउन सघायो । विश्व थर्काउने राजनीतिक र आर्थिक घटनाका वरीपरी १४० शब्दै ट्वीट निकै प्रभावकारी अस्त्र बनेका छन् । लोकप्रियता कमाए पनि ट्वीटरले पैसा भने कमाउन सकेन । अरू प्रतिश्पर्धी सोसल प्लेटफर्मले बजारमा छलाङ मार्दा ट्वीटरको आय उत्साहजनक देखिएन । सुरूवातदेखि नै ‘घाटाको व्यापार’ गर्दै आएको ट्वीटरले ल्याएका ‘स्पोन्सर्ड ट्वीट’, विज्ञापन र  ‘पार्टनसिप’ व्यपार मोडालिटीले नाफातिर डोर्‍याउन सकेनन् । त्यसैले ट्वीर व्यबस्थापन बिक्रीको टंगोमा पुगेको हो ।