ग्योलेक्सी नोट सेभेनलाई उडान समयमा प्रयोग गर्न प्रतिबन्ध
इन्डोनेसिया, २८ भदौ । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् । उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प्रशासन (एफएए) ले मोबाइल फोनको ब्याट्रीमा प्राविधिक समस्या देखाउँदै सोही मोडेलको स्मार्टफोन प्रयोग नगर्न हवाई यात्रुलाई आग्रह गरेपछि आएको विमान कम्पनीका कर्पोरेट कम्युनिकेसन उपप्रमुख बेनी एस। बुटारबुटारले बताए । गरुडा इन्डोनेसियाले सम्पूर्ण यात्रुलाई उडानका समय मोबाइल फोन चलाउन नदिएको एफएएका सल्लाह अनुसार सामसुङ ग्यालेक्सी नोट सेभेनमा प्रतिबन्ध लगाएको एक विज्ञप्ति जारी गरी जनाएको छ । गरुडा इन्डोनेसियाले यसै सल्लाहअनुसार विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन चलाउन वा रिचार्जसमेत नगर्न आग्रह गरेको हो । उक्त मोबाइललाई आफ्नो झोलामा राखेर उडानका समय हिँडाउन भने विमानले रोक नलगाएको बताइएको छ । रासस/सिन्ह्वा
ट्विटरले ल्यायो क्वालिटी फिल्टर फिचर, अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने
क्यालिफोर्निया–विश्वको चर्चित सामाजिक संजाल ट्विटरले आफ्नो नोटिफिकेसन सेटिङमा एक क्वालिटी फिल्टर थप गरेको छ। उक्त क्वालिटी फिल्टर फिचर आफ्नो ट्विटर एकाउन्टमा प्रयोग गरमा प्रयोगकर्ता अनावश्यक र अश्लिल नोटिफिकेशनबाट मुक्त हुने कम्पनीले जनाएको छ। उक्त फिचर सेटिङमा थप गर्दा उक्त फिल्टरले अनावश्यक र अश्लिल नोटिफिकेशनाई स्वतः हटाइदिन्छ । उक्त फिचरको प्रयोग गर्दै प्रयोगकर्ताले नोटिफिकेशनसमेत सीमित बनाउन सक्नेछन् । तर ट्विटर प्रयोगकर्ताले फलो गरेका व्यक्तिको र अन्य प्रयोगकर्ताको कमेन्ट भने यस फिचरले फिल्टर नगर्ने कम्पनीले जनाएको छ । साथै उक्त फिचरको प्रयोग गरि प्रयोगकर्ताले अश्लिल कमेन्टलाई हाइड सक्ने तर हाटउन भने नसक्ने कम्पनीले जनाएको छ । एजेन्सीको सहयोगमा
आइफोनको नयाँ वायरलेस हेडफोन विवादमा, मानव स्वास्थ्यमा असर गर्ने चेतावनी
क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ। एप्पलले वायरलेस हेडफोनले प्रयोगकर्ताको ध्यान खिच्ने बताइरहदाँ चिकित्सकहरुले भने वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भिर असर पुर्याउने चेतावनी दिएका छन् । ब्लुटुथ प्रविधिमा आधारित यस वायरलेस हेडफोनले लो–इन्टेन्सीटि रेडियो वेभलाई प्रयोगकर्ताको कानमा पुर्याउँछ। तर अध्ययनकर्ताहरुले उक्त वेभले रेडिएसन उत्पन्न गरिदिने र यसले मस्तिष्कमा रगत जाम गरिदिने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्ने बताएका हुन्। युसी ब्रिक्लि स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर डा. ज्युल मोस्कोविचले भने ‘ हामी प्रविधिको नाममा आगोसँग खेल्दै छौ किन भने हामी माइक्रोवेभ प्रवाह गर्ने साधनलाई हाम्रो मस्तिष्कको नजिक राखिरहेका छौँ जुन धेरै खतरनाक छ। यता एप्पलले भने आफुहरुले फेडरल कम्युनीकेशन कमिसनको एफसीसीको गाइडलाइनका आधारमा उक्त वायरलेस हेडफोन तयार पारेको र यसले मानव स्वास्थ्यमा कुनै हानी नपुर्याउने दाबी गरेको छ। तर मोस्कोविचले मानव स्वास्थ्यका लागि एफसीसीको गाइडलाइन नै अपर्ण भएको दाबी गरेका छन्। त्यस्तै मोवाइल फोनको रेडियसन क्षेत्रमा लामो समय देखि अनुसन्धान गर्दै आएका डा. लिफ सल्फोर्डले भने हेडफोन प्रयोग गरेको मोवाइल भन्दा वायललेस हेडफोन खतरनाक हुने बताए। उनले भने ‘ म मोवाइल प्रयोगकर्तालाई वायरलेस हेडफोन भन्दा वायर भएको हेडसेट वा ह्यान्स– फ्रि मोवाइल सेट प्रयोग गर्न सुझाव दिन्छु। एजेन्सीको सहयोगमा