युटिएललाई पनि युनिफाइड लाइसेन्स, आक्रामक बजार विस्तारको रणनीति

काठमाडौं, २० भदौ । युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले पनि युनिफाइड लाइसेन्स लिएको छ । युटिएलले २० करोड रोयल्टी तिरेर आइतबार युनिफाइड सेवा सञ्चालनको लाइसेन्स लिएको हो । प्राधिकरणले २०६९ जेठ १ सार्वजनिक सूचना प्रकाशित गर्दै युनिफाइड लाइसेन्सका लागि आवेदन मागेको थियो । प्राधिकरणले २०६९ चैत ३० गते नै युनिटएललाई ९ सय मेगाहर्जको फ्रिक्वेन्सीमा युनिफाइड लाइसेन्स दिने निर्णय गरेको थियो । तर कम्पनीले रोयल्टी वापतको रकम नतिर्दा युनिफाइड लाइसेन्स लिन सकेको थिएन् । सोही मितिमा युनिफाइड लाइसेन्स दिने निर्णय गरिएको स्मार्टले भने रोयल्टी तिरेर लाइसेन्स लगिसकेको छ । युनिटएलले ४० जिल्लाका ११० शहरमा लिमिटेड मोबिलिटी प्रविधिमा आधारित टेलिफोन सेवा उपलब्ध गराइरहेको । अब युटिएलले पनि मुलुकभर जीएमएस, सीडीएमए, पीएसटीएन, इन्टरनेशनल टङ टेलिफोन (आइटिटी) लगायतका एकिकृत सेवा सञ्चालन गर्न सक्नेछ । युटिएलमा भारतको ८० र नेपालको २० प्रतिशत लगानी छ । युटिएलमा भारतको महानगर निगम लिमिटेडको ५३ दशमलब ३४ प्रतिशत र टेलिकम्युनिकेसन्स कन्सल्टस् इन्डिया लिमिटेडको २६ दशमलव ६६ प्रतिशत सेयर रहेको छ । युटिएलमा नेपालका तर्फबाट भने नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत सेयर स्वामित्व छ । युनिफाइड लाइसेन्स लिएसँगै कम्पनीले आक्रामक रुपमा सेवा तथा बजार विस्तार गर्ने रणनीति बनाएको बताएको छ ।

युवतिको नाममा फेसबुक बनाएर ठगी, प्रहरी कारवाही जारी

काठमाडौं – युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे । चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए । पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । नयाँपत्रिका दैनिकबाट ।

इन्टेक्सको थ्रिजी सपोर्ट गर्ने ‘अक्वा प्राइड’ स्मार्टफोन, मूल्य आठ हजार

काठमाडौं। भारतीय स्मार्टफोन कम्पनी इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ। लाईट सेन्सर भएको यो स्मार्टफोनमा पाँच मेगापिक्सलको रियर क्यामेरा रहेको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको  रोम रहेको छ भने यसमा डुअल फ्लास समेत रहेको छ। थ्रिजी सेवा सपोर्ट गर्ने यो मोवाइलमा क्वार्डकोर १ दशमलव ३ गिगाहर्जको प्रोसेसर रहेको छ भने एन्ड्रोइडको लेटेस्ट मार्समल्लो ६.० भर्सनमा रहेको छ। यसमा ३२ जिबीसम्म मेमोरीकार्ड एक्सपान्ड गर्न मिल्ने जनाइएको छ। २८०० एमएएच व्याट्री क्षमता भएको यो स्मार्टफोनमा व्याट्री धेरै समय टिक्ने जनाइएको छ। पाँच इन्चको डिस्प्ले रहेको यो स्मार्टफोनको १४१*७२ एमएम डाइमेन्सन रहेको छ। कम्पनीले यो स्मार्टफोनमा एक बर्षको वारेन्टि दिने जनाएको छ। कम्पनीले नेपालभरी चारहजार पाँचसय भन्दा धेरै आधिकारिक विक्रेताहरुमार्फत नेपालमा मोवाइलको विक्रि वितरण गर्दै आएको जनाएको छ। कम्पनीले यो स्मार्टफोनको बजार मूल्य आठ हजार दुईसय रुपैयाँ तोकेको छ।