फिनल्यान्डमा ‘फोर जी’सेवामा नयाँ रेकर्डः १.९ जिबीपिएस स्पीडको डाउनलिंक

काठमाडौं, ८ भदौ । फिनल्यान्डको दूसञ्चार सेवाप्रदायक इलिसाले फोर जीमा नयाँ विश्व रेकर्डसहित डाउनलिंक स्पीड परीक्षण गरेको जनाएको छ। इलिसाले प्रेस विज्ञप्ती जारी गर्दै फोर जीको दुनियमा सबैभन्दा बढी गतिको इन्टरनेट उपलब्ध भएको दाबी गरेको छ।   यो गति अर्को जेनेरेसनको प्रविधिको लागि पनि अवसर भएको र प्रविधिको दुनियामा नै नयाँ आविष्कार भएको उसले दाबी गरेको छ। अहिलेसम्म सैद्धान्तिक रुपमा फोर जीमा ४५० एमबिपिएसमात्र हुने मानिन्छ तर इलिसाले चिनिया दूरसञ्चार भेन्डरसँगको सहकार्यमा इलिसाले १.९ जिविपिएस गतिको डाउनलिंक गति परीक्षण भइसकेको प्रष्ट पारेको टेलिजियोग्राफी अनलाईले समाचार लेखेको छ।

डेलले नेपालमा सेभेन जेनेरेसनका दुई मोडेलका ल्यापटप लन्च गर्यो

काठमाडौं, ८ भदौ। डेलले नेपालमा दुई मोडेलका नयाँ ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले इन्सपिरन ५००० सिरिजमा १३ र १५ इन्चका ल्यापटप सार्वजनिक गरेको हो। अन्तराष्ट्रिय बजारमा यी ल्यापटपको मूल्य तोकिएपनि नेपाली बजारमा आइपुग्दा कति मूल्य पर्ने हो भनेर यकिन गरिएको छैन। अहिलेसम्मको नयाँ टेक्नोलोजी प्रयोग गरेर निर्माण गरिएको यो ल्यापटपमा माइक्रोसफ्टको ‘विन्डोज-१०’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। कम्पनीले यी मोडेलका ल्यापटपहरु विशेष गरी नेपालका विद्यार्थीहरुलाई फोकस गरेर ल्याएको बताएको छ। त्यस्तै स्कुल, कलेज र परिवारका लागि पनि एउटा राम्रो र आकर्षक कम्प्युटिङका लागि भरपर्दो रहेको जनाएको छ। डेलको दक्षिण एसियामा व्यापार हेर्ने प्रमुख अमित मुखर्जीले विश्वका धेरै देशहरुमा डेलको व्यापार अग्रस्थानमा रहेको र नेपालमा पनि डेलले व्यापारमा प्रथम स्थान ओगटेको बताए। उनले डेलले संसारका इन्नोभेटिभ टेक्नोलोजी प्रयोग गरेर ग्राहकको मन जितेको बताए। ‘इन्सपिरन १३ – ५०००’ १३ इन्चको यो ल्यापटपमा सेभेन जेनेरेसनको ‘आई ७’ इन्टेल प्रोसेसर रहेको छ भने  विन्डोजको लेटेस्ट भर्सन ‘विन्डोज १० प्रो’ रहेको छ। १६ जिवि डिडिआर फोर मेमोरी रहेको यो ल्यापटपमा २ टिबी स्टोरेज क्षमता रहेको छ। ट्रु लाईफ एलइडी व्याकलाइट टच डिस्प्ले भएको यो ल्यापटपमा वाइड एङ्गल एचडी डिस्प्ले रहेको छ। ‘इन्सपिरन १५ – ५०००’ इन्सपिरन सिरिजमा १५ इन्चको यो ल्यापटपमा पनि इन्टेलको लेटेस्ट सेभेन जेनेरेसनको ‘आई ७’ प्रोसेसर रहेको छ भने विन्डोजको लेटेस्ट ‘विन्डोज टेन प्रो’ अपरेटिङ सिस्टम रहेको छ। ८ र १६ जिबी डिडिआर ४ र्याममा उपलब्ध यो मोडेलको ल्यापटपमा अप्सनल रुपमा इन्फ्रारेड क्यामेरा रहेको छ। टच स्क्रिन भएको यो ल्यापटपमा पनि २ टिबी स्टोरेज क्षमता रेहेको छ भने इक्सटर्नल र इन्टरनल दुवै रुपमा ‘व्लु रे’ डिभिडी रिडर/राइटर राख्ने व्यवस्था रहेको छ। अबको दुइमहिनाभित्र वजारमा उपलव्ध गराउने योजनाका साथ कम्पनीले काम थालेको बताएको छ। एकबर्ष वारेन्टीका साथ उपलब्ध हुने यी ल्यापटपहरुमा इन्टरनेसनल वारेन्टी समेत उपलब्ध गराउने मुखर्जीले जानकारी दिए।

फेसबुकले बनाउँदैछ बैवाहिक जीवन धरापमा, रोमान्टिक सम्बन्धमा गम्भीर असर

काठमाडौ‌, ८ भदौ। फेसबुकबाट तपाईंलाई फाइदा भइरहेका बेला यसैले तपाईंको जीवनमा हानी पनि गरिरहेको थाहा नहुन सक्छ। फेसबुकको सुरक्षामा भएको सानो पनि लापरबाहीले तपाईंलाई साइबर अपराधबाट पीडित बनाउन सक्छ । यही सन्दर्भमा हालै भएको सर्भेका अनुसार फेसबुकको लतले बैबाहिक जीवनमा समस्या ल्याइरेहको देखाएको छ । एक सर्भेका अनुसार फेसबुक चलाउने लगभग ४७ प्रतिशत मानिसले आफू कुनै न कुनै बेला भावनात्मकरुपमा धोकाको शिकार भएको स्वीकारेका छन् । सर्भेले फेसबुकका कारण भावनात्मक सम्बन्ध धेरै प्रभावित भएको पनि पत्ता लगाएको छ । लगभग पाँच हजार फेसबुक प्रयोगकर्तामाझ गरिएको यस सर्भेले फेसबुकले रोमान्टिक सम्बन्धमा गम्भीर असर पारिरहेको देखाएको छ । यस सर्भेका लागि ३३ वर्षको आसपासमा उमेरका भएका ५ हजार फेसबुक प्रयोगकर्ताहरुलाई चुनिएको थियो। १२ अप्रिलदेखि १५ अप्रिलसम्म गरिएको यस सर्भेबाट निकालिएको निचोडको नौ कुरा थाहा पाउनुस् । १. सर्वेका क्रममा करिब २६ प्रतिशत मानिसले फेसबुककै कारण आफ्नो जीवनसाथीबाट उपेक्षित भएको महुसस गरेको बताएका थिए । फेसबुक चलाएकै विषयलाई लिएर आफ्नो जीवनसाथीसँग झगडा हुने गरेको कुरा उनीहरुले बताएका थिए । अर्कातिर जीवनसाथीबाट भन्दा बढी फेसबुकबाट आफूहरुलाई ज्यादा निकटता  र आफ्नोपन महसुस हुने गरेको पनि सर्भेमा सहभागीले बताएका खुलेको छ । २. सर्भेमा करिब ४४ प्रतिशत मानिसले फेसबुकले आफूहरुको रोमान्टिक जीवनलाई बर्बाद पारिरहेको बताएका थिए । कयौं पटक उनीहरुका जीवनसाथीहरु समयलाई सदुपयोग गर्ने भन्दा पनि फेसबुकमा स्टाटस अपडेट गर्दै दिन बिताउन मन पराउने गरेको बताएका थिए । ३. ४७ प्रतिशत फेसबुक प्रयोगकर्ताहरुले आफूहरु फेसबुक चिटिङ्गको शिकार भएको पनि बताएका छन् । फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। ४. ६७ प्रतिशत मानिसले एक भन्दा धेरै बिबाहोत्तर सम्बन्ध तथा धेरैजसो सम्बन्धबिच्छेदका लागि पनि महत्वपूर्ण भूमिका फेसबुकले नै खेलिरहेको बताएका थिए । ५. सर्भेका क्रममा करिब ४६ प्रतिशत मानिसले ईर्ष्या र शंकाका कारण आफूले आफ्नो जीवन साथी या प्रेमीको फेसबुक क्षणक्षणमा हेर्ने गरेको बताएका थिए । ६. करिब २२ प्रतिशत मानिसले फेसबुककै कारण आफूहरुलाई नचाहिँदो अवस्थामा पनि प्रेम या शारीरिक सम्बन्ध राख्ने सम्भावना या परिस्थिति बढाएको बताएका थिए । ८. करिब ३२ प्रतिशत मानिसले फेसबुककै कारण सेक्स लाइफ पनि पहिले जस्तो नरही बिग्रन पुगेको बताएका थिए । सर्भेका सहभागीहरुले पटक पटक जीवन साथीको फेसबुक हेरिरहने बानीले सेक्स लाइफमा गहिरो असर परेको प्रतिक्रिया दिएका छन् । ९. करिब १७ प्रतिशत महिलाले आफूहरु फेसबुककै माध्यमबाट बिहेपछि पनि या अर्को प्रेमसम्बन्धमा रहिसकेपछि पनि आफ्ना पूर्वप्रेमीको नजिकमा रहिरहेको बताएका थिए । रिसर्चका निर्देशक टिम रोलिन्सका अनुसार फेसबुक साथी खोज्ने या साथीसँग नजिक रहिरहने माध्यम त भएको छ तर फेसबुककै कारण नचाहिँदो सम्बन्ध स्थापित हुने सम्भावना पनि उत्तिकै धेरै रहेको छ। उनले फेसबुकले नै मानिसहरुको माया नै मायाले भरिएको सम्बन्धमा भिलेनको काम भने गरिरहेको निचोड सुनाए ।