धादिङको लापा र टिप्लिङमा टेलिकमको बिटिएस टावर, पाँच हजार जनतामा मोबाइल सेवा पुग्यो
काठमाडौं । नेपाल टेलिकमले उत्तरी धादिङको लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरेको छ । टेलिकमले ती दुई ठाउँको बिटिएस टावरबाट बैशाख १३ गतेदेखि सेवा आरम्भ गरेको हो । लापा र टिप्लिङ पुग्ने नेपाल टेलिकम पहिलो सेवा प्रदायक कम्पनी पनि बन्न सफल भएको छ । । लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । लापा धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको छ । त्यस्तैगरी टिप्लिङ्गमा स्थापित विटिएसबाट टिप्लिङ्गल र सेरटुङ्गलगायत नजिकका गाउँका करिव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने भएका छन् । टिप्लिङ्ग धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।
वितरकसँगको सम्झौता खारेज नगरेको एनसेलको भनाई, कार्यालयमा हुलहुज्जत र गाली बेइजती गरेकोमा आपत्ति
काठमाडौं । एनसेल प्रालिका केहि डिलरले एनसेल कार्यालय अगाडि हुलहुज्जत गर्ने, व्यक्तिगत गाली गलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने जस्ता अवाञ्छित गतिविधि गरेकोमा सो कम्पनीले खेद व्यक्त गरेको छ । साथै कम्पनीले सम्बद्ध डिलरलाई भ्रामक गतिविधि तथा जनमानसको दुरसंचार जस्तो अत्यावश्यक सेवामा असर पार्ने खालको कुनै पनि कार्य नगर्न नगराउन अनुरोध गरेको छ । विगत केहि दिनदेखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालि गलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नारा बाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्य संचालनमा व्यवधान पु¥याउने जस्ता गैरकानुनी कार्यहरु भई आएकाले कम्पनीले जनाएको छ । केही डिलरले दाबी गरे झैं एनसेलले वितरकको सम्झौता खारेज नगरेको जनाएको छ । एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पु¥याउन तथा बिक्री बितरणका लागि ५ वटा वितरक मार्फत कार्य गर्दै आएको, यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि कामगर्दै आएको एनसेलले जनाएको छ । ‘डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजिम गर्ने गरेका हुन्छन् । डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था छैन’ कम्पनीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ‘एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन । त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउदैन । डिलरको नियुक्ती वा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका रहँदैन । यो नितान्त बितरकको कार्याधिकारमा पर्ने कुरा हो ।’ एनसेलले उच्च मानविय मूल्यसहितको कार्यसंपादन संस्कृति अबलम्बन गरेको जनाउँदै भनेको ‘कम्पनीले आफ्नो व्यावसायिक तथा कानूनी अधिकार भित्र रही ग्राहक सेवालाई थप सुदृढ गर्न आफ्ना कार्यसञ्चालनमा थप नविनता तथा सुधार गर्नु एउटा सामान्य प्रक्रिया हो । यस प्रयास अन्तर्गत एनसेलले विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई–टपअपको अझ चुस्त व्यवस्थापनका लागि जोनल एजेन्ट नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ । साथै डिलरलाई पनि जोनल एजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई काम गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलता तथा लाभबमोजिम बितरक तथा जोनल एजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सृजना गर्ने रहेको छ । यसले सबै पक्षलाई लाभ प्रदानगर्नेछ ।’
दिनहुँ थपिन्छन् पाँच हजार इन्टरनेट प्रयोगकर्ता, इन्टरनेट प्रयोगकर्ता डेढ करोड
काठमाडौं । नेपालमा हरेक दिन औसतमा दैनिक पाँच हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिने गरेका छन् । विशेषगरी मोवाइल नेटवर्कको विस्तारसँगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर पनि सोही अनुुपातमा बढेको देखिएको छ । नेपला दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एक वर्षको (पुस मसान्तसम्मको) तथ्यांक अनुसार सो अवधिसम्मा २० लाख ६३ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । वार्षिक इन्टरनेट प्रयोगकर्ताको औषतको आधारमा दैनिक ५ हजार भन्दा बढी इन्टरनेट प्रयोगकर्ता थप हुने उल्लेख छ । दूरसञ्चार सेवाप्रदायकले मोवाइलमा आधारित ग्लोबल प्याकेट मोवाइल सर्भिस (जीपीआरएस) मार्फत सहजै इन्टरनेट सेवा उपलवब्ध गराउन थालेपछि यसको कुल प्रयोगकर्ताको बृद्धिदर व्यापक देखिएको हो । प्राधिकरणको तथ्यांक अनुसार पुससम्म एक करोड ७५ लाख ८० हजारले नेपालमा इन्टरेनट प्रयोग गर्छन् । मोवाइल इन्टरने प्रयोग गर्नेको संख्या करीब डेढ करोड पुगेको छ । गाेरखापत्र दैनिकबाट ।