३ अर्ब अनुदानको बाजी मार्ने अन्तिम कसरतमा स्मार्ट र वल्ड लिंक, ६ र ७ प्रदेशमा अप्टिकल फाइबरको टुङ्गाे अन्तिम चरणमा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषको रकम खर्चेर तयार पार्न थालेको इन्टरनेटको पूर्वाधारका निम्ति पछिल्लो समय प्रदेश नम्बर ६ र ७ को टेण्डर जिम्मा दिने तयारीमा रहेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश ६ र ७ मा अप्टिकल फाइबर बिछ्याउन प्राधिकरणले माग गरेको प्रस्तावमा गत वैशाख ३१ गते शुक्रबारसम्मको समय दिइएको थियो । उक्त प्रस्तावमा स्मार्ट टेलिकम र वल्ड लिंकले मात्रै प्रस्ताव पेश गरेका छन् । प्राधिकरणले यी दुई कम्पनीको प्रस्ताव आवश्यक मूल्यांकन गरेर दुई सातामा नै टुंगो लगाउने जानकारी दिएको थियो । प्राधिकरणका सहायक प्रवक्ता अच्चुतानन्द मिश्रका अनुसार प्रस्तावको जिम्मा दिने काम अन्तिम चरणमै रहेको छ । दुई साताभित्रै टुंगो लगाउने भएपनि अझै केही दिन लाग्ने उनको भनाइ छ । उनका अनुसार दुबै प्रस्तावको सुक्ष्म रुपमले मूल्यांकन भइरहेको छ । सबै दृष्टिबाट उपयुक्त प्रस्तावलाई प्राधिकरणको बोर्ड बैंठकले स्वीकृति दिने पनि उनको भनाइ छ । प्राधिकरणले पहिलोपटक माग गरेको प्रस्तावमा स्मार्टको मात्रै आवेदन परेको र यसको पनि मापदनण्ड नपुगेको भन्दै दोहोर्याएर प्रस्ताव मागेको थियो । प्राधिकरणले दोस्रोपटक आह्वान गरेको प्रस्तावमा पहिलोपटक आवेदन दिने स्मार्ट टेलिकमले पुनः आवेदन दियो भने नयाँ कम्पनीको रुपमा वल्ड लिंकको पनि प्रवेश भएको छ । प्राधिकारणले अनुदानमा ३ अर्ब ७० करोड रुपैयाँसम्म दिने र सो रकबाट प्रदेश नम्बर ६ र ७ मा सूचनाको महामार्ग बनाउनुपर्ने हुन्छ । यो प्रस्तावलाई स्वीकार गर्दै स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँ र वल्ड लिंकले ३ अर्ब ३४ करोड रुपैयाँमा उक्त क्षेत्रमा अप्टिकल फाइबर विस्तार गर्ने प्रस्ताव पेश गरेका छन् । दुबै कम्पनी सरकारी अनुदानबाट पाउने यो रकम हात पार्न अन्तिम कसरतमा रहेको उल्लेख छ । प्राधिकरणका अनुसार बोलकबोलमा जुन कम्पनी प्राविधिक रुपमा सक्षम, अप्टिकल फाइबर विछ्याने काममा इन्छुक, न्यूनतम रकम प्रस्ताव गर्ने र प्राधिकरणको सर्त स्वीकार गर्न तयार हुन्छ उसैले यसको जिम्मेवारी पाउँछन । यस अघि पहिलो पटकको बोलपत्र माग गर्दा स्मार्टको मात्रै निवेदन परेको थियो । लागत अनुमानको हाराहारीमा प्रस्ताव पेश गरेको र ‘बिड सेक्युरिटी’को अवधि कम भएको भन्दै स्मार्ट पहिलो पटक छनोट हुन नसकेको हो । प्राधिकरणले झन्डै १५ अर्ब रुपैयाँ खर्चेर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउने र सोही पूर्वाधारलाई आधार बनाएर ७५ वटै जिल्लामा इन्टरनेटको पहुँच पुर्याउने भएको छ । यो कार्यक्रको लागि पूर्वी खण्डका १ देखि ३ प्रदेशसम्मको जिम्मा नेपाल टेलिकमलाई र मध्य खण्डको ४ र ५ नम्बर प्रदेशको जिम्मा यूटीएललाई दिइसकेको छ । हाल प्रस्ताव माग भएको पश्चिम खण्ड ६ र ७ नम्बर प्रदेशको योजनाअन्तर्गत रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याइनुपर्ने छ । त्यसका आधारमा दुवै प्रदेशका १९ जिल्लामा कुल २ हजार ५ सय १२ किलोमिटर अप्टिकल फाइबर कनेक्टिभिटी पुग्नेछ । प्राधिकरणका अनुसार तीन खण्डमा भएको यो अप्टिकल फाइबरको कामसँगै सबै जिल्लामा इन्टरनेटको पूर्वाधार बनाउने गरी प्याकेज अनुसार सार्वजनिक प्रस्ताव माग पनि हुँदै छ । यस अघि भूकम्प प्रभावित ११ जिल्ला र कर्णालीको प्याकेज सार्वजनिक भइसकको छ । अब बाँकी जिल्लाको पनि एकपछि अर्को गर्दै प्याकेज सार्वजनिक गर्ने र उपयुक्त कम्पनीलाई जिम्मा लगाउने कामको लागि प्राधिकरणले तीब्रताका साथ आन्तरिक गृहकार्य गरिरहेको उल्लेख छ ।
शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स
काठमाडौं । शतप्रतिशत क्यासब्याक पाइने रिचार्जर एप्स सार्वजनिक भएको छ । ग्लोबलकि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स रिचार्जर मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर क्यास ब्याकपाउने र क्यासब्याकमार्फत जम्माभएको रकम सपिङमा खर्च गर्न सकिने बताएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधीमानै २५ हजारभन्दा बढीले डाउन लोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ । फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा बढी प्रमाणित तथा विश्वासिला बिक्रेतारुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबलकि टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताकाविच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एपलाई अनलाइन सपिङ हबको रुपमा अगाडी बढाइएको ग्लोबल किले जनाएको छ । इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसीएसिया बैंक र प्रभु बैंकबाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ ।
एनसेलले ल्यायो योण्डर म्युजिक एप, लाखौ गीतहरुमा निःशुल्क पहुँच
काठमाडौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् । यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिना पश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् । ‘‘आफ्ना ग्राहकका लागि योण्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ । यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो । नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । यस एपमा स्न्याप क्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् । ‘‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौ । एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भने । ‘‘नेपाली प्रतिभाको विकास, प्रवद्र्धन तथा प्रोत्साहनका लागि आफ्नो सक्रिय सहभागिता जनाउदै, गीतहरु प्रयोग भए अनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमा त्यसको लाभ प्रदान गर्न हामी प्रतिबद्ध छौं, जुन नेपालका लागि पहिलो हो ।’’ यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ । नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवा अन्तर्गत रोयल्टी प्रदान गर्दै आएको छ । हाल एनसेलले १ करोड ५० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । योण्डर म्युजिक एक डिजिटल संगीत सेवा प्रदायक हो जस मार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । उल्लेख्य मात्रामा योण्डर लाईसेन्सको बिक्रीमार्फत मोबाइल सेवा प्रदायकहरुबाट शुल्क उठाई स्मार्ट डिभाइस र मोबाइल योजनामा संगीत सेवा उपलब्ध गराई योण्डर म्युजिकले संगीतको व्यापारलाई अझै लोकतान्त्रिक बनाउदै आएको छ । ती लाइसेन्स बिक्रीमार्फत उठेको शुल्क प्रयोग भए अनुसार कलाकार तथा म्युजिक कम्पनीलाई प्रत्यक्ष अनुपातमा हस्तान्तरण गरिनेछ । यस्तो क्रान्तिकारी रणनीतिले योण्डर म्युजिकलाई प्रयोगकर्ता समक्ष निःशुल्क संगीत पस्किन मद्दत पुग्नेछ । यसबाट प्रयोगकर्ताले बिना सब्सक्रिप्सन बहुआयामिक एप्लिकेसनको आनन्द उठाउन सक्नेछन् । हीयर फरएभर (सधै सुनिरहनुहोस्) मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीय बजारमा सकृय रहनको लागि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एप तथा अफलाइन सहभागिताको सुविधा प्रदान गर्नेछ । सन् २०१५ को नोभेम्बरमा मलेशियामा शुरु भएको योण्डर म्युजिकसँग हाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।