हवाई यात्रामा ल्यापटप, ट्यावलेट, क्यामेरा लगायत इलेक्ट्रोनिक सामाग्री प्रतिबन्द

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  । अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्स राख्न प्रतिबन्द लगाउने तयारी गरेको बीबीसीले जनाएको छ । बेलायतमा मात्र होइन, यदि तपाई मध्यपूर्व तथा उत्तर अफ्रिकाका तोकिएका विमानस्थलबाट अमेरिका जाँदै हुनुहुन्छ भने आइन्दा तपाईले स्मार्ट फोनभन्दा ठूला कुनै पनि इलेक्ट्रोनिक उपकरण आफूसाथ क्याबिनमा लैजान पाउनुहुन्न । यो नियमले १० वटा विमानस्थलका ९ विमान कम्पनीलाई प्रभावित गर्नेछ । ती सबै मुसलमान बहुल देशमा पर्छन । जेट विमान हमला गर्न अतिवादीहरुले नौलो तरिका खोजिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । बमलाई ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्समा लुकाइन सक्ने उनीहरुको विश्वास छ । गत वर्ष बम राखिएका ल्यापटप पड्कँदा एक सोमाली विमानमा ठूलो प्वाल परेको थियो । उक्त विमान त्यतिखेरा भर्खरै मोगादिशुबाट उडेको थियो । विमानमै रहेका स्वीडेनका लागि सोमाली राजदूले घटनाको भिडियो खिचेका थिए । विमान धेरै माथि नउडिसकेको हुनाले पाइलटले सुरक्षित अवतरण गराउन सके । (बीबीसीमा अाधारित)

बोल्दाबोल्दै फोन काटियो भने क्षतिपूर्ति पाइने, सेवाप्रदायकलाई नियमावली बनाएर कस्दै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । ‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ’, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। उनले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताए। ‘पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एकरएक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ’, उनले भने। सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो । कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ । गोरखापत्र दैनिकबाट ।

एलजीको सुपर युएचडी टिभी विश्व बजारमा

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी एलजीले सुपर युएचडी टिभी विश्व बजारमा सार्वजनिक गरेको छ । एलजीले विश्वकै एक नम्बर बन्ने उदेश्यसहित लाइनअप पिचरिङ नानोको सुभारम्भ गरेको हो ।कम्पनीले एलजी सुपर युएचडी टिभी विथ नानो सेल पनि सन २०१७ को मध्यसम्ममा विश्व बजारमा ल्पाउने घोषणा गरिसकेको छ । एलजीका स्मार्ट इमेज टिभीहरुमा चुस्त डिजाइन र उत्कृष्ठ पिक्चर तथा साउण्ड क्वालीटी रहेका छन् । यसका टिभीहरुमा डब्ल्यु७ सेरिजका उत्कृष्ठ तथा आकर्षक स्क्रिन रहेका छन् । ओएलइडी टिभीको निर्माण नै डिस्प्ले प्रबिधिमा गरिएको छ । जसका कारण डिस्प्ले गर्ने चित्र÷इमेजहरुका रंगहरु र प्रकृति वास्तविक/जिवन्त देखिन्छन । त्यस्र्त, स्लिक रेजरथिन प्रोफाइलका ४ एमएम सम्मका छ इञ्च डब्ल्यु७ टिभी भित्तामा राखेर हेर्दा उत्कृष्ठ देखिन्छ । एलजीको ओएलइडी टिभी लाइनअपमा एमस साउण्ड सिस्टम, उत्कृष्ठ इमेज र साउण्ड प्रदान गर्दछ । डोल्बी एटमसले वास्तविक संसारको आभाष दिने कम्पनीले दावी गरेको छ । ७७ इञ्चको भर्सनसहित डब्ल्यु७ ले बेष्ट अफ सिइएस इन्नोभेसन अवार्ड २०१७ प्राप्त गरिसकेको छ । कम्पनीले चाँडै कोरियामा ४के ओएलइडी टिभि मोडका आधा दर्जन नयाँ टिभी पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अब एलजीको एलसीडी टिभी पनि बजारमा एलजीले तेश्रो पुस्ताको सुपर युएचडी टिभी नानो फिचर सेल टेक्नोलोजी बजारमा ल्याएको छ । यसमा १ नानोमिटर साइजका टिभीहरु पर्छन् । यी टिभीहरुले विभिन्न रंगहरु उत्पादन र प्रदर्शन गर्ने, शुद्ध र सफा इमेजहरु प्रवाह गर्ने, प्रकाश तथा ध्वनीका तरंगहरु शोषण गर्न सक्दछन् । नयाँ टिभीमा एचडिआर क्षमता पनि थपिएको छ । जसअनुसार आवश्यकता अनुसार दृश्य छायाँको सन्तुलन मिलाउने डाइनामिक डाटाबाट इन्सर्ट गरी थपघट गर्न सकिन्छ । वेभ ओएस जडित अनुभव एलजीका नयाँ टिभीहरुमा वेभ ओएस स्मार्ट टिभी प्ल्याटफर्म जडान गरिएका छन् । यसमा ३.५ को वेभ ओएस जडान गरिएको हुन्छ । यसले म्याजिक रिमोट र म्याजिक लिंकहरुले छिटोछरितो, प्रभावकारिता र सहजता ल्याउने गर्दछ । एलजीका सभापति ब्रेन क्वोनले २०१७ मा ल्याइएका टिभीहरुमा लाइनअप फिचर्स स्टट अफ द आर्ट प्रविधिका रहेको बताए ।