दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी नियमावली पास, कुरा गर्दा गर्दै फोन काटिए रकम फिर्ता, माग गरेको ४ घण्टाभित्र इन्टरनेट सेवा अनिवार्य
काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले टेलिफोन तथा इण्टरनेट सेवालाई भरपर्दो बनाउन तथा सेवाको गुणस्तर मापदण्डसहित क्षतिपूर्ति र दण्डजरीवानाको व्यवस्था गरेको छ । प्राधिकरणले फोन गर्दा गर्दै काटिँदा पछिल्लो पल्स अवधिको रकम सेवाप्रदायकले ग्राहकलाई फिर्ता गर्नुपर्ने व्यवस्थासहित आज नियमावली सार्वजनिक गर्दैछ । ‘गुणस्तरसम्बन्धी विनियमावली प्राधिकरण बोर्ड बैठकबाट औपचारिक रूपमा बुधबार पारित भएको र आज बिहीबार प्राधिकरणको वेव साइटमा राखेर सार्वजनिक गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । आगामी साउन १ देखि विनियमावली कार्यान्वयमान आउने नियमावलीमा नेटवर्कका कारण कल काटिएमा सेवाप्रदायकबाट त्यसको क्षतिपूर्ति भराउने व्यवस्था गरिएको छ । ‘अब उपभोक्ताले कल काटिएमा वा कुनै रोकावट आएमा उक्त अवधिको रकम फिर्ता पाउने छन् । विनियमावलीमा व्यवस्था गरिएको मापदण्डअनुसार गुणस्तरीय सेवा दिन नसकेमा सेवा अवरुद्ध भएमा वा सेवा उपलब्ध नभर अवरुद्ध भएमा सेवा उपलब्ध हुन नसकेको समय बराबरको रकम क्षतिपूर्ति स्वरूप सेवा प्रदायकले ग्राहकलाई प्रदान गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ । सेवाप्रदायकहरूले दूरसञ्चार सेवाको गुणस्तर मापन गरी प्रत्येक तीन तीन महिनामा नियमित रूपमा त्यसको प्रतिवेदन प्राधिकरणसमक्ष पेश गर्नुपर्नेछ । सेवाप्रदायकहरूले त्रैमासिक रूपमा विभिन्न स्थानमा गरिएको गुणस्तर परीक्षण तथा मापनको परिणाम तथा सर्वेक्षणको नतिजा तोकिएको अवधि समाप्त भएको ७ दिनभित्र प्राधिकरणमा बुझाउनु पर्ने छ । प्रतिवेदनमा फोनकल तथा एसएमएसकोे अवधि, फोन कलहरूबीचको अन्तराल, सेवाको कभरेजको आधारमा व्यस्त समयमा ड्राइभटेष्ट गरी सेवाको गुणस्तर मापन गर्नुपर्ने र त्यसको विवरण उल्लेख गर्नुपर्नेछ । साथै प्राधिकरणले त्यसक्रममा गुणस्तरसम्बन्धी दिएको निर्देशन तीन पटकसम्म अटेर गरेमा सेवा प्रदायकको अनुमति पत्र खारेज गर्न सकिनेसम्मको व्यवस्था गरेको छ । प्राधिकरणले कुनै समस्या देखिए सुधारका लागि निश्चित समयावधि तोकी सेवाप्रदायकलाई निर्देशन दिन सक्ने छ । निर्देशनअनुरूप गुणस्तर सुधार नगरेमा प्राधिकरणले सेवाप्रदायकलाई दूरसञ्चार ऐन बमोजिम जरीवानासहित सुधारको अर्को मौका दिनेछ । प्राधिकरणले पनि नियमित रूपमा कुनै निश्चित स्थान र अवधिको अन्तरालमा कुनै विशेष प्रकारको गुणस्तर सम्बन्धी परीक्षण, मापन तथा सर्वेक्षण गर्न सक्ने व्यवस्था गरेको छ । नियमावली अनुसार नेटवर्क नआउने समय १ महीनाको समयावधिमा नचलेका सम्पूर्ण साइटको औसत १ प्रतिशतभन्दा कम हुनु पर्ने छ भने फोन डायल गरेको समय र रिङ्गटोन बज्ने समयको अन्तर ५ सेकेण्डभन्दा कम हुनुपर्ने छ । फोनमा कुरा गरिरहँदा आफै फोन काटिने दर र तारयुक्त सेवामा १ प्रतिशत र मोबाइल सेवामा २ प्रतिशत निर्धारण गरिएको छ । मोबाइल सेवाको कभरेज हुँदाहुँदै पनि ग्राहकले फोन गर्दा नलाग्ने दर पनि २ प्रतिशतभन्दा कम हुनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ । यसको मापन कुनै व्यक्तिले १ महीनाको अवधिमा गरेका कलहरूको संख्यालाई आधार मानेर गरिने प्राधिकरणले जनाएको छ । इण्टरनेट तथा डाटा सेवाको गुणस्तरका सम्बन्धमा ग्राहकले डाटा खरिद गरेको ४ घण्टाभन्दा सेवा सुचारु भइसक्नु पर्नेछ । यसैगरी डाटा अपलोड सफल हुने दर ५५ देखि ७५ प्रतिशतभन्दा बढी हुनुपर्ने, लक्षित टर्मिनलसम्म सूचना वा डाटा पुग्न लाग्ने समय (लिटेन्सी) २ सय ५० मिलिसेकेण्ड भन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले सेवाप्रदायकलाई क्षतिपूर्तिको व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी तथा उपकरण जडान गर्न समय लाग्ने भएकोले साउन १ गतेदेखि उक्त नियमावली लागु हुने व्यवस्था गरेको हो ।
सिम टिभी हरेक बस्ती र घरमा पुर्याउँदैछौं–दक्ष पौडेल
रेमिट्यान्स सेवाबाट उदाएको प्रभु समूहले बैंक, बीमा, पुँजीबजार, जलविद्युत, हवाई सेवा लगायत धेरै क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यसअघि टेलिभिजन च्यानल सेवा प्रदायक कम्पनी डिस होममा २५ प्रतिशत सेयर लगानी गरेको प्रभु समूहले फरक प्रविधिबाट उस्तै सोवा दिने सिम टिभीमा पनि ठूलो लगानी गरेको छ । प्रभु समूहको विभिन्न कम्पनी समाल्दै हाल सिम्पल मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहनुभएको दक्ष पौडेलसँग हामीले सोधेका छौ–सिम टिभीमा लगानी गर्नेको कारण के हुन् ? सिम टिभीले बजार कसरी लिन्छ ? दक्ष पौडेल, प्रबन्ध निर्देशक – सिम्पल मिडिया नेटवर्क ग्राहकले सिम टिभी किन रोज्ने ? सिम टिभी एकदमै क्लियर आउँछ । हामीले दिने सेवा उच्च गुणस्तरको छ । सस्तो पनि छ । हामीले प्रयोग गर्ने प्रविधि आधुनिक छ । अप्टिकल फाइबरबाट घरमा केवल जोड्छौं । हाम्रो नेटवर्क राम्रो छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, दाङ लगायत धेरै क्षेत्रमा हामीले लोकल केबुल अपरेटरसँग सहकार्य गरेका छौं । ग्राहकले जुनसुकै ठाउँबाट सेटअप बक्स लिन सक्ने, जुनसुकै ठाउँबाट रिचार्ज गर्न सक्ने व्यवस्था मिलाएका छौं । नयाँ प्रविधिको प्रयोगसँगै मूल्य पनि सस्तो हुनुपर्ने । तर टेलिभिजनको प्रयोगकर्ताहरुले प्रविधिसँगै मूल्यमा लाभ लिन सकेका छैनन् । टिभी च्यानल किन सस्तो भएनन् ? हामीले निकै सस्तो मूल्यको प्याकेजहरु दिएका छौं । सिम टिभीको सेटअप बक्स निःशुल्क छ । ५०० रुपैंयाँमा इन्स्टलेशन गर्दै आएका छौं । त्यसपछि तपाईँले विभिन्न किसिमको प्याकेजको लागि शुल्कहरु तिर्नुपर्दछ । हाई डेफिनिशन बक्सको लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ । हामीले दिएको जस्तो सेवा र मूल्य अन्य कम्पनीहरुले दिन सक्दैनन् । पहिला प्रयोग भएको एनालग सेवा कम गुणस्तरीय छन् । हामीले दिईरहेको सेवा भनेको डिजिटल केबल टेलिभिजन सेवा हो जसले ग्राहकहरुले सफा र प्रस्ट टेलिभिजन कन्टेन्ट हेर्न पाउँछन् । पहिला भन्दा धेरै गुणस्तरीय सेवा पहिलाको जस्तै मूल्यमा पाएका छन् । यसले उपभोक्तालाई लाभ नै भएको छ । इन्टरनेट सेवा सञ्चालनको तयारी कस्तो छ ? यस कम्पनीले २ वर्षअघि नै केबल टिभीका साथै इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ । तर अहिले हामी डिजिटल केबल टिभी सेवामा मात्र ध्यान केन्द्रित गरिरहेका छौं । तर हामी इन्टरनेट सेवा छिटै संचालन गर्ने योजनामा छौं । सिम टिभीको मुख्य बजार कुन हो ? हाम्रो सबैभन्दा ठूलो बजार काठमाडौं नै हो । त्यसपछि पोखरा, चितवन, इटहरी, लुम्बिनी, दाङ र भैरहवा लगायतका मुख्य सहरहरुमा आफ्नो सेवा दिईरहेका छौं । अरु सहरहरुमा, बाक्लो बस्ती भएका गाउँहरुमा, हरेक नगरपालिका, गाउँ पालिकामा पुग्ने हाम्रो लक्ष्य छ । अहिले नै हामीसँग ३ लाख भन्दा बढी ग्राहकहरु छन् । एक वर्षभित्रै ४ लाख ग्राहक बनाउने योजनामा छौं । हामी ५ वर्षभित्र १० लाख ग्राहक बनाउने योजनामा छौं । नेपाल सरकारले डिजिटल प्रविधिमा जाने निर्णय गरेको छ, सरकारको नीति र कार्यक्रमलाई सहयोग गर्छौ । सस्तो, सुलभ र भरपर्दो तरिकाले हरेक बस्तीमा, हरेक घरमा डिजिटल प्रविधिबाट टिभी हेर्न सक्ने सुविधा हामी दिन्छौं । प्रभु समूहले सिम टिभीमा कति लगानी गरेको हो ? सिम्पल मिडिया नेटवर्कको पुँजी एक अर्ब हो । यसमा टिभी नेपालको २० प्रतिशत र इम्रेस इनभेष्टमेन्टको ८० प्रतिशत लगानी छ । यो विदेशी लगानी हो । हामीले किनेको सिम टिभी सबै सेयर किनेका हौ । डिस होममा पनि प्रभु समूह लगानी छ, प्रतिस्पर्धी कम्पनी सिम टिभीको पनि सेयर किन्नुको कारण के हो ? प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ । डिस होममा २५ प्रतिशत सेयर छ । सिम्पल मिडिया नेटवर्कको हामीले २० प्रतिशत सेयर हामीले किनेका छौं । डिस होम र सिम टिभीको ग्राहक फरक हुनसक्छ । डिसहोम एन्टिनाबाट चल्ने प्रविधि हो । त्यसको लागि छानामा वा कौसीमा छाता राख्नुपर्छ । सिम टिभी अप्टिकल फाइबारबाट चल्ने प्रविधि हो । यसको लागि केबुल जोड्नुपर्छ । च्यानल दुबैमा आउने उही नै हो । अर्कोकुरा, सिम टिभीले एलसीओ (लोकल केवल अपरेटर)सँग मिलेर काम गर्ने हो । हामी सोझै ग्राहकसँग डिल गर्दैनौ । डिसहोमले प्रत्यक्ष ग्राहकसँग डिल गर्छ । सिम टिभी र डिस होम मध्ये कुन सेवा बढी प्रभावकारी हुन्छ ? दुबैमा आउने च्यानलहरु उस्तै हुन् । जमाना वायर लेसको आएको छ, टिभी च्यालन पनि इन्टरनेटबाट तान्ने प्रविधि आएको छ । प्रविधिमा छिटो छिटो परिवर्तन भएको छ । अहिलेलाई सबैभन्दा राम्रो क्वालिटी अप्टिकल फाइबारमा नै छ । तर सिम टिभीको क्वालिटी प्रति ग्राहकहरुको धेरै गुनासो सुनिन्छ, किन ? प्रभु समूहले सिम टिभीको सेयर किनेपछि समस्या देखिएको छैन । अहिले प्राविधिक रुपमा क्वालिटी धेरै राम्रो छ । हामीले नयाँ कार्यलय सञ्चालनमा ल्याएका छौं । यहाँ मनिटरिंग सिस्टम स्थापना गरेका छौं । समस्या समाधान गर्न २४ घण्टे कल सेन्टर संचालन गरिरहेका छौं । त्यसैगरी समस्या आएमा टेक्निकल टिम पनि राखेका छौं । हामीले मोबाइलबाटै सिम टिभी चार्ज गर्ने सुविधा पनि दिएका छौं । कुनै स्थानमा फाइबर केबल गेटवेमा समस्या देखिएमा तत्काल हाम्रो स्थानीय केबल कम्पनीलाई भनेर मर्मत गर्ने गरेका छौं । हामीसँग अहिले १०० भन्दा बढी च्यानलहरु छन् । हामीसँग विभिन्न टिभी च्यानल डाउनलिंकको लागि विभिन्न स्थानमा हेडन पनि राखेका छौं । अहिले नै २१ भन्दा बढी एचडि च्यानल दिईरहेका छौं । सिम टिभीको क्वालिटी सबैभन्दा राम्रो छ अहिले । हामी बजार विस्तारसँगै ब्राण्ड इमेज पनि राम्रो बनाउँदै छौं । तपाईलाई थाहा नै छ प्रभु समूहले समस्यामा परेका कम्पनी लिदै सुधार गर्दै आएको छ । समस्यामा परिको किष्ट बैंक लियौं, सुधार गर्यौ, समस्यामा परेको ग्राण्ड बैंक हामीले लियौं, सुधार गरेका छौं । बिग्रेको सिम टिभी लियौं, यसको पनि सुधार गर्छौ ।
अप्टिकल फाइवर विछ्याउँन स्मार्ट टेलिकम अयोग्य, ६ र ७ प्रदेशका लागि पुनः टेण्डर
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव आव्हान गरेको छ । देशका ७५ वटै जिल्ला सदरमुकाम जोड्ने तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट पुर्याउँन प्राधिकरणले ६ र ७ नं प्रदेशकका लागि एक महिना पहिले सार्वजनिक प्रस्ताव मागेको थियो । यो प्रस्तावबाट कुनैपनि कम्पनी छनोट नभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताउनुभयो । यस अघि १ देखि ३ नम्बर प्रदेशको जिम्मा टेलकमले र ४ र ५ को जिम्मा भने युटीएलले पाइसकेका छ । टेलिकमले करिब पौने ५ अर्ब र युटीएलले २ अर्बमा सूचना महामार्ग बनाउने जिम्मा पाएका छन् । ६ र ७ प्रदेशको लागि करिब पौन चार अर्ब रुपैयाँको सीमााभि रहेर जसले कम कबोल गर्छ उसैलाई छनोट गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यो महामार्गको काम पनि विभिन्न जिल्ला सदरमुकाबाट सो जिल्लाको हरेक सामूदायिक विद्यालय, स्वास्थ्य चौकी र गाउँपालिकासम्म इन्टेरनेट पुर्याउन भने पुनः प्रस्ताव माग हुने भएको छ । अहिलेसम्म जिल्ला सदरमुकामबाट गाँउसम्म पुर्याउने काममा भूकम्प प्रभावित ११ जिल्ला मात्रै छनोट भएको उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।