एक करोड बीसलाख सिमकार्ड निष्क्रिय बनाउने घोषणा, सहि सूचना दिएर १५ भित्र सिमकार्ड दर्ता गर्न सकिने
हानोई, ९ मंसिर । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु भियतनाम सरकारले निष्क्रिय पार्ने भएको छ । भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम, सही ठेगाना, जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो असली परिचय खुल्ने कुनै पनि आधिकारिक कागज पत्र वा परिचय पत्र वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित सरकारी कार्यालय बिधिवत दर्ता गर्नु पर्छ । केही ब्यबसायीले यस्तो नियमलाई वास्ता नगरेर जसलाई पायो उसलाई, नक्कली नाम, ठेगाना र अन्य गलत सूचना भरेर जथाभावी सिमकार्ड बिक्री बितरण गरिरहेको बताइएको छ । यसले समाजमा विकृति र अपराधकर्म निम्त्याउन सक्ने गुनासो आएकाले यस्तो क्रियाकलापलाई निरुत्साहित पार्न र दर्ता रेकर्डलाई कानूनको दायरामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालयले कडाई गर्न लागेको हो । सिमकार्ड व्यबसायीहरुले बिशेषगरी विदेशी पर्यटक तथा जो कोही लाई पनि सस्तो मूल्यमा ठूलो परिमाणमा बजारमा छ्याप्छ्याप्ति सिमकार्ड बेचेकाले रेकर्ड राख्न प्राय असम्भव भएको छ । यसै कारण, दर्ता नभएका वा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एककरोड बीसलाख सिमकार्डहरु निष्क्रिय पार्नका लागि सरकारले अभियान नै चलाउने भएको हो । सही सूचना उपलब्ध गराई सिमकार्ड दर्ता गर्नका लागि १५ दिनको म्याद दिई सूचना निकालिएको र तोकिएको अवधिभित्र दर्ता गर्न अटेरी गर्ने सिमकार्डवाला फोन नम्बरहरु निष्क्रिय पारी कानूनी कारवाही गरिने समेत स्थानीय तुओइत्रे अनलाइन समाचारपत्रले बिहीबारको प्रकाशनमा उल्लेख गरेको छ । रासस/सिन्ह्वा
लिएगो ब्राण्डको नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा नयाँ नयाँ ब्राण्डका स्मार्ट फोनहरु भित्रिरहेको अवस्था अर्को ब्राण्डको स्मार्ट फोन थपिने भएको छ । चीनमा निर्माण गरिएको लियागो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा थपिने भएको हो। नेपालको लागि आधिकारिक बिक्रेता रहेकोजेएसएस ग्रुपले पत्रकार सम्मेलन गरी लिएगो ब्राण्डको स्मार्ट फोन नेपाली बजारमा ल्याउन लागिएको जानकारी दिएको छ । कम्पनीका अनुसार यो मोबाइल चार सिरिजका ११ मोडल बजारमा आउनेछ। अव नेपाली बजारमा आउन लागेको लिएगो स्टाइलिस मोवाइल अन्य मोवाइल भन्दा सस्तो गुणस्तर र भरपर्दो रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले दावी गरे । उनले सवजै प्रकारका उपभोक्तालाइृ लक्षित गरी स्टाइलिस फोन ल्याउन लागिएको जानकारी दिए । दुई बर्ष अगाडीबाट निर्माण थालीएको यो फोन विश्व बजारमा २५ वटा देशमा मार्केट विस्तार गरिसकेको छ । वंशलले भने– ‘हामी फोन बेच्ने मात्र नभइ विक्रिपछि सेवा दिने गरी देशभरी ३८वटा सर्भिस सेन्टर खोल्न लागेका छौं। उनका अनुसार सवै प्रकारका मोवाइलहरु मंसिर १० गतेबाट नेपाली बजारमा सार्वजनीक गरिने छ ।
एप्पलको पछिल्लो भर्सन विक्रि सुरु भएको तीन दिनमा नै १८३३ सेट विक्रि भएको जेनेक्स्टको दावी
काठमाडौ, ६ मंसिर । एप्पलको आधिकारीक विक्रेता ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन‘ (जेनेक्स्ट) ले आइफोन सेभेन र आइफोन सेभेन प्लस विक्रि गर्न सुरु गरेको तीन दिनमा नै १८३३ वटा विक्रि भएको दावी गरेको छ । जेनेक्स्टले प्रेस विज्ञप्ती जारी गरी आइफोनका ग्राहक नेपालमा बढ्दै गएको र माग पनि प्रसस्त आएको जनाएको छ । उसले आइफोनसेभेन र आइफोन सेभनेप्लस किन्ने ग्रहकहरुलाई आफ्ना डिलरहरु इभोस्टोर, फ्युचर वल्र्ड, वोलीज स्टोर, सोनु मोवाइल, एपेक्स डिजिटलबाट मात्र किन्न अनुरोध गरेको छ । आइफोनका नयाँ भर्सन किन्दा आइएमइआइ नम्वर रजिष्टर्ड भएको नभएको जाँचेर मात्र किन्न र म्याट विल लिन पनि अनुरोध गरेको छ । बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसका नक्कली मोवाइल सेटहरु पाउन थालेपछि यस्तो सुचना जारी गरी ग्राहकलाई सचेत गराएको जेनेक्स्टले जनाएको हो । बजारमा यही मंसिर पाँच गते इभोष्टर नेपालबाट आइफोन सेभेन र आइफोन सेभेन प्लसको विक्रि सुरु गरेको थियो । आईफोन ७ को मूल्य ३२ जिबीको लागि ९१ हजार, १२८ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ र २५६ जिबीको लागि एकलाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । आईफोन ७ प्लस्को ३२ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ, १२८ जिबीको एकलाख २२ हजार ५०० रुपैयाँ र २५६ जिबीको लागि एकलाख ३६ हजार रुपैयाँ तोकिएको छ