एप्पलले नयाँ आईफोन ८ मोडेल आज सार्वजनिक गर्दै
वासिङ्टन । अमेरिकाको एप्पल इंकले नयाँ उत्पादनको रुपमा आइफोन ८ आज सार्वजनिक गर्ने भएको छ । कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा एप्पलले आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स लञ्च गर्न लागेको हो । यसको मूल्य भने तय गरिएको छैन् । आईफोन ८ का लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ । आज सार्वजनिक हुने भनिएको सो आइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने छ । उच्चस्तरको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ । भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको आइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ। नेपाली समयअनुसार राती १० बजेर ४५ मिनेटमा विशेष समारोहका बीच स्टिभ जब्स थिएटरमा एप्पलले आफ्नो नयाँ आईफोन ८ सार्वजनिक गर्नेछ । छिट्टै नेपालमा आउने छ ।
कुलप्याडको नयाँ स्मार्टफोन ‘कुल वान’ नेपाली बजारमा, ६४ जिबिसम्म स्टोरेज
काठमाडौं । जय मा ईन्टरकन्टिनेन्टल प्रालीले नेपाली बजारमा नयाँ कुलप्याड ‘कुलवान प्लस ६४ जिबि’ सार्वजनिक गरेको छ । कुलप्याडकुल वानमा १३+१३ एमपी ड्युल रियर क्यामरा रहेको पहिलो फोन रहेको कम्पनीको दाबी छ । फोनमा एफ/२.० एपर्चर र ड्युल टोन एलडिडि फ्लयास सहित १३ मेगापिक्सल जोडी सेन्सर रहेको छ । पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रोले डेप्थ, डिटेल र ब्राइटनेसको सन्तुलन मिलाउन सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । ८ मेगापिक्सलको सेल्फि क्यामरा रहेको यो फोनमा एफ/२.० एपर्चर सहित ८० डिग्री वाइड एंगल लेन्सपनि छ । यो फोनमा ६४ बिट अक्टा कोर क्वालकम स्न्यापड्रागन ६५२ एसओसी, ४ जिबि एलपिडीडीआर३ र्याअम र एड्रेनो ५१० जिपियु पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
क्लासिटेकले ल्यायो १०० एमबिपिएस सेवा, आकर्षक अफर सहित
काठमाडौं । क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एम बि पि एस सेवा बजारमा ल्याएको छ । फाईबर टु द होम ईन्टरनेट सेवाको माध्यमबाट क्लासिक टेकले ग्राहकवर्गलाई सुपरफास्ट ईन्टरनेट सेवा उपलब्ध गराउनेछ । सुपरफास्ट ईन्टरनेटलाई सुपथ मुल्यमा उपलब्ध गराउने उद्दश्यका साथ क्लासिक टेकले चाडवाड अफर बजार ल्याएको छ ।वार्षिकग्राहकहरुलाई ६ एम बि पि एस ९१६ रुपैयाँ प्रति महिना, १५एम बि पि एस १०४२ रुपैयाँ प्रति महिना, ३०एम बि पि एस १२०८ रुपैयाँ प्रति महिना, ६०एम बि पि एस १५२५ रुपैयाँ प्रति महिना, र १०० एम बि पि एस अनलिमिटेड २९१६ रुपैयाँ प्रति महिनामाको दरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यो अफर नेपालभरका विभिन्न १६ वटै शाखाहरुमा लागुहुनेछ । क्लासिक टेकले डिस होमको खरिदमा पनि भारी छुटको अफर ल्याएको छ । यो अफरक्लासिक टेकको ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै कम्पनिले चाडवाड मनाउने लक्ष्य लिएर ग्राहकवर्गको घर दैलोमा बिभिन्न कार्यक्रमहरु लिएर जाने योजना बनाएको छ । हालसालै इन्द्रजात्राको अवसर पारी काठमाण्डौ, भक्तपुर, ललितपुर र बनेपामा लाखेनाच आयोजना गरेको थियो ।