स्मार्टफोनको व्याट्री चाँडै सकिन्छ ? स्मार्टफोनको ब्याट्री चार्ज गर्दा नगर्नुस् यी ५ गल्ती
काठमाडौं, ११ साउन । स्मार्टफोनको ब्याट्री द्रुत गतिमा सकिने समस्या आम हुन्छ । अधिकाँश स्मार्टफोनको ब्याट्री छिटो सकिन्छ । दिनभरी फोन चार्जमा राख्न सम्भव हुँदैन तर चार्ज सकिएपछि तनाव हुन्छ । यहाँ ब्याट्री चार्ज गर्दा गर्न नहुने ५ गल्ती र ब्याट्रीको लाइफ बढाउने तरिकाको चर्चा गरिएको छ । १- फोनलाई आधा ब्याट्री हुँदा नै चार्जमा राख्नुस् सके सम्म स्मार्टफोनमा आधा ब्याट्री हुँदा नै चार्ज गर्दा राम्रो हुन्छ । ५० प्रतिशत भन्दा माथि ब्याट्री भएको समयमा पुनः चार्ज गर्नु भो भने यसले ब्याट्रीको लाइफ बढाउन मद्दत गर्छ । २- फोनलाई चिसो राख्नुस् सके सम्म फोनलाई चिसो ठाउँमा राख्नुस् । गर्मी ब्याट्रीको दुश्मन हो । गर्मीले ब्याट्री छिटो सकिने मात्र होइन यसको आयु समेत घटाइ दिन्छ । ३- ब्याट्री पुरै सकिन नदिनुस् सके सम्म आफ्नो स्मार्टफोनको ब्याट्रीलाई पुरै सकिन नदिनुस् । ब्याट्रीलाई छोंटो छोंटो समयमा चार्ज गर्नुस् । यसो गर्दा ब्याट्रीको लाइफ बढ्छ । जिरो ब्याट्री पुर्याएर पुनः चार्ज गर्दा ब्याट्रीका लागि घातक हुन्छ । ४- आफ्नो चार्जर प्रयोग गर्नुस् स्मार्टफोनमा जनु पायो त्यही चार्जरबाट चार्ज गर्दा ब्याट्रीमा असर पुग्छ । कतिपय चार्जरले पट विगारिदिन्छन् भने कतिपयले ब्याट्रीको लाइफ नै । ५- फोन बन्द गरेर चार्ज गर्नु राम्रो फोन चार्ज गर्दा सके सम्म बन्द गरेर चार्ज गर्नुस् । बन्द गरेर ब्याट्री चार्ज गर्दा छिटो चार्ज हुने मात्र होइन ब्याट्री लाइफमा पनि बढोत्तरी हुन्छ ।
सेम्टेम्बरमा अाउन लागेको आईफोन ७ मा के छ ? यस्ता छन् मनै लोभ्याउने फिचर
काठमाडौं, ११ साउन। आउँदो सेम्टेम्बरमा एप्पलको बहुप्रतिक्षित फोन आईफोन ७ र आईफोन ७ प्लस बजार आउँदैछ। निकै व्यग्रताकासाथ प्रतिक्षा गरिएको यी फोनमा हुन सक्ने फिचरका बारेमा पनि बजारमा अनेक चर्चा र अडकलबाजी चलिरहेको छ। के कस्ता फिचर सहित आईफोन ७ आऊला ? यसका बारेमा केही जो कोही जान्न चाहन्छ। यहाँ आईफोन ७ मा हुनसक्ने सम्भावित फिचरका विषयमा चर्चा गरिएको छ। सेम्टेम्बरमा एप्पलले आईफोन ७ र अलि ठुलो आकार र क्षमताको आईफोन ७ प्लस एकसाथ बजारमा उतार्ने सम्भावना छ। आईफोन ७ मा ४.७ इन्चरको स्क्रिनमा सहित ३डी डिस्प्ले हुनेछ भने आईफोन ७ प्लसको स्क्रिन ५.५ इन्च हुनेछ। तर दुबै फोनमा रिसोलुसन भने थपिने सम्भावना छ। आईफोन ७ मा एप्पल ए१० प्रोसेसर र २ जिबीको र्याम हुनेछ। आईफोन ७ प्लसमा भने ४ जिबी सम्मको र्याम र प्रोसेसर उही तर क्लक स्पिड बढि राखिने चर्चा छ। यसै गरि अबदेखी १६ जिबीको इन्टरनल स्टोरेजलाई बढाएर न्युनत ३२ जिबी पुर्याइने र २५६ जिबी क्षमता सम्मको इन्टरनल स्टोरेज क्षमताका आईफोन समेत उपलब्ध हुने बजारमा अडकल काटिएको छ। यसैगरि आईफोन ७ मा १२एमपीको रियर क्यामेरा र ५एमपीको फ्रन्ट क्यामेरा हुने संभावना छ। आईफोन ७ प्लसमा भने थप शक्तिशाली क्यामेरा समावेश हुनेछ जसमा १६एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा हुने चर्चा छ। आईफोन ७ मा लेटेस्ट आईओस १० हुनेछ । इन्टेलिजेन्ट सजेसन दिन सक्ने समार्टर भर्चुअल किवोर्ड समावेश हुनेछ। नयाँ आईओसमा फोटोमा एपमा पनि धेरै सुधार हुनेछ। एप्पलले आईफोन ७ मा धेरै क्षमताका ब्याट्री राख्ने बताइएको छ। आईफोन ७ मा ३ हजार एमएएच र आईफोन ७ प्लसमा ४ हजार एमएएच क्षमताका ब्याट्री राखिनेछ। आईफोन ७ मा तीब्र गतिमा हुने चार्ज (फास्ट चार्जिङ) टेक्नोलिजी आउने सम्भावन पनि रहेको बताइन्छ। एन्ड्रोइड फोनमा पहिले आइसकेको वाटर रेसिस्टेन्ट फिचर पनि आईफोन ७ मा आउने सम्भावाना छ।
जियोनिले ल्यायो एफ १०३ प्रो, यस्तो छ मोवाईल सेटका फिचर
काठमाडौं, ११ साउन । जियोनिले नेपाली बजारमा नयाँ मोडेल जियोनि एफ १०३ प्रो ल्याएको छ । नेपालमा अत्यधिक रुचाईएको एफ १०३ को नयाँ संस्करण एफ १०३ प्रो सेल्फी खिच्न रुचाउने नेपाली युवा जमातमा लक्षित छ । एफ १०३ प्रोलाई “सेल्फी मास्टर“ भनी जियोनिले नेपाली बजारमा ल्याउँदैछ । एफ १०३ को तुलनामा एफ १०३ प्रोमा नयाँ फिचरहरु थपिएको छ । फोनमा २.५ डी ड्रागन टेल ग्लासले सुरक्षित ५ इन्चको एच डी (७२० पी) आइ पी एस ईन(सेल डिस्प्ले (२९४ पी पी आइ पिक्सेल डेन्सिटी) छ । अत्यन्त आकर्षक डिजाइन रहेको फोनमा जसको पनि नजर तुरुन्तै पर्छ । क्यामेराको हकमा एफ १०३ प्रोमा १३ मेगापिक्सेल्को फास्ट फोकस रियर क्यामेरा (टेक्स्ट रिकोगनिशन, टाइम ल्याप्स र अरु थुप्रै आकर्षक फिचर सहित) र फेस ब्युटी र स्क्रिन फ्लाश सहितको ५ मेगापिक्सेल्को फ्रन्ट क्यामेरा छ जसले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फिहरु खिच्नेछ । एफ १०३ प्रो मा १.३ गिगाहर्जको क्वाडकोर मेडियाटेक एम टि ६७३५ प्रोसेसर छ । अन्य जियोनि मोडेल सरह एफ १०३ प्रोमा डी टि एस साउन्टड प्रविधि रहेको छ जसले उत्कृष्ट गुणस्तरको ध्वनि उत्पादन गर्छ । फोनमा ३ जी बि ¥याम र १६ जी बो रोम (कार्डबाट १२८ जी बि थप्न मिल्ने) छ र एन्ड्रोइडको सबैभन्दा नयाँ संस्करण ६.० मार्शमेलोमा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.२ छ । डुअल सिम डुअल स्टान्डबाई रहेको यो सेटमा २४०० एम ए एचको ब्याट्री छ जसले २० घण्टाको टक टाईम र ४७० घण्टाको स्टान्डबाई टाईम प्रदान गर्दछ । सी डी एम ए सेट पनि चल्ने यो सेट मा ओ टि जी प्रविधि पनि छ । केवल ८.५ मि मि पातलो र १४३ ग्राम तौलको फोनमा यी सबै आकर्षक फिचर रहेको छ । एफ १०३ प्रो गोल्डेन, सेतो र ग्रे गरी ३ रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।