फेसबुकमा तिहारको शुभकामना कार्ड यसरी बनाउनुहोस्
काठमाडौँ, १३ कात्तिक। तिहार सुरु भएको छ। फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन् । सामान्य मेहनतमै बनाउन सकिन्छ शुभकामना कार्ड । यसरी बनाउनुस् फेसबुकमा तिहारको शुभकामना सर्बप्रथम आफ्नो प्रोफाइलमा जानुहोस् र स्न्यापसागा डटकममा जानुहोस् त्यहाँ पेजको बायापट्टिको सिरानमा ‘भ्यू अल फ्रेम’ अर्थात् सबै फ्रेम हेर्नुहोस् देख्नुहुने छ । भ्यू अल फ्रेममा क्लिक गरेपछी तपाईलाई मनपर्ने फ्रेम हरुको संकलनमा वेबसाइटले लैजाने छ । उपलब्ध फ्रेममध्ये आफुलाई मनपर्ने फ्रेम छनोट गर्नुहोस् । अहिलेको लागि खुलेको पेजको पहिलो फ्रेम ‘शुभ दिपावली’ रोज्नुहोस । तपाईले रोजेको फ्रेममा क्लिक गरेपछि फोटोको पुछारमा ‘क्लिक हियर टु स्टार्ट’ लेखेको हरियो बटन देखिने छ । त्यस बटनलाई क्लिक गर्नुहोस् । पहिलोपटक स्न्यापसागा प्रयोग गर्दै गरेका प्रयोगकर्तालाई यो पेजमा जानु अगाडी यो एप्सको प्रयोग गर्न फेसबुकका सूचनाहरु जरुरी हुनेछ । बटन क्लिक गर्नेबितिकै पप-अपमा अर्को विन्डो ट्याब खुल्ने छ जसले प्रयोगकर्ताको फेसबुकको विवरण माग्ने छ । सिधै अर्को पेजमा जानु अघि प्रयोगकर्ताले सार्वजनिक प्रोफाइल र इमेल ठेगाना माग्ने छ । तर इमेल खुलाउन चहानुहुन्न भने एडिट अप्सनमा गएर इमेल लेखिएको बटनमा रहेको टिकमार्क हटाउनु पर्ने छ । त्यस पछि निलो बटनमा लेखिएको ‘कन्टिन्यु’ क्लिक गरेका आफ्नो तयार भएको तस्बिर हेर्न सकिने छ । यसको अन्त्यमा रहेको सेयर अन फेसबुकमार्फत तयार शुभकामना कार्डलाई सेयर गर्न सकिने छ ।
टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा ७५ वटै जिल्लामा, सेवामा डाटा प्याकेज पनि
काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्टिरोपरयाबिलिटि फर माइक्रोवेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । टेलिकमले २०७३ कात्तिक ७ गते देखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो । नेपाल टेलिकमले २०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशःबाँकि अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो । वाइम्याक्स सेवामा हाल निम्न अनुसारको डाटा प्याकेजः वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा हो । उपभोक्ताले यो प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि सिपिइ (कस्टोमर प्रिमिसेस इक्विप्मेन्ट) खरिद गर्नुपर्छ । यो उपकरण आउटडोर, इनडोर र युएसवि डोनग्लि गरी तीन किसिमको हुन्छ । आउटडोर सर्भिसले टावर (बेस इस्टेसन) देखि १५ किलोमिटर, इन्डोर डिभाइसले ५ किलोमिटर र युएसवि डोनग्लिले २ किलोमिटर टाढासम्मको सिग्नल लिई इन्टरनेट चलाउन सकिन्छ ।
एनसेलले ल्यायो मोबाईल टिभी प्याक, अब मोवाईलबाटै अनलाइन टिभी हेर्न सकिने
काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित दुरसञ्चार क्षेत्रमा एउटा कोसेढुङ्गा स्थापना गरेको छ ।’ चाडपर्वको अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मार्फत अनलाइन टिभी हेर्न सक्नेछन् । नेट टिभी, एनआईटिभी स्ट्रिम्ज् प्रा.लिको प्रोडक्ट हो र एनसेलले एनआईटिभी स्ट्रिम्ज्सँग यो मोबाईल टिभी सेवाको लागि सहकार्य गरेको छ । यो मोबाईल टिभी प्याक बुधबार (कार्तिक १०) देखि १५ दिनको लागि सञ्चालनमा आएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार ३० मिनेट, १ घण्टा, २ घण्टा र ३ घण्टाको टिभी प्याक खरिद गरि नेट टिभी एप प्रयोग गर्न सक्नेछन् । ३० मिनेटको प्याकको शुल्क ३५ रुपैयाँ तोकिएको छ । १ घण्टाको प्याकको ६० रुपैयाँ, २ घण्टा र ३ घण्टा प्याकको मुल्य क्रमशः १०० रु १५० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । प्याकका शुल्कहरुमा कर समाबेश गरिएको कम्पनीले जनाएको छ । यी चारै वटा प्याकहरु ग्राहकले प्रत्येक पटक प्याक खरिद गर्नुपर्ने वा सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् । प्रत्येक पटक लिन मिल्ने प्याक २४ घण्टाको लागि मात्र मान्य हुनेछ र स्वत नविकरण हुने प्याक हरेक मध्यरातमा स्वतः नविकरण हुनेछ । प्याक खरिद गर्नका लागि ग्राहकहरुले एस्ट्रिक १७१३३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्नेछन् । १७१३३ मा एसएमएस पठाएर पनि ग्राहकले यी प्याकहरु खरिद गर्न सक्छन् । ‘‘मोबाइल टिभी सेवामा सुलभ पहुँच सुनिश्चित गर्दै ग्राहकका लागि यो नविन सेवा ल्याउन पाएकोमा हामी निकै खुसि छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘मोबाईल डेटा सेवा र कन्टेन्ट दुवैको माग बढिरहेको बेलामा, ग्राहकले मोबाईल तथा टिभी दुवै सेवा एकितृत रुपमा लिन सक्ने हुँदा यसले ग्राहकलाई थप मुल्य प्रदान गर्नेछ ।”