भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’, नेट जडानमा विभिन्न आकर्षक प्याकेज
काठमाडौं । भायनेट कम्युनिकेसन्सले ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना ल्याएको छ । कम्पनीले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि उक्त योजना बजारमा ल्याएको हो । यस योजनाअन्तर्गत ग्राहकहरुले मात्र ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगा पिक्सल क्यामरा भएको जिओमी रेडमी नोट ८ प्रो पाउने छन् । त्यसैगरी, २७ हजार ७०० रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र जिओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् । यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार ७९० रुपैयाँदेखि सामसंङ र स्काईवोर्थको ३२ इन्चदेखि ४३ इन्चसम्म एलईडी टिभीहरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।
एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोकमा बिहीबार सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । उक्त सेन्टरको उद्घाटन एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले गरेका हुन् । संचालनमा आएको सो सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ । नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ । यसका साथै मंसिर ७ गते सम्म उक्त सेन्टरबाट कारोबार गर्ने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्नेछन् । एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने छन् । त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्ने छन् । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।
सवा १८ अर्बले घट्यो एनसेलले तिर्नुपर्ने कर, २१ अर्ब १० करोडमात्र तिरे पुग्ने (पूर्णपाठ सहित)
काठमाडौं । सर्वोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ तिर्नु पर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्चले पूर्णपाठ सार्वजनिक गर्दै एनसेलले सो रकम कर तिर्नुपर्ने निर्धारण गरेको हो । सर्वोच्चको यो फैसलापछि एनसेललाई १८ अर्ब ३३ करोड रुपैयाँ राहत भएको छ । एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर निर्धारण गरेको थियो । कुल कर निर्धाणरण ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ थियो । त्यसबेला एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरिसकेको थियो । एनसेलले यसबाहेक यो कर बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने छ । [pdf id=181286]