टेलिकमकाे ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थी लाभान्वित
काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई-शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ । ७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ-आफ्नो घरमा छन् । ती विद्यार्थीहरुमध्ये मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई-शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको हो । बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्य भन्छन्, ‘नेपाल टेलिकमको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहनुहुने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’ कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको पनि उनले बताए । उनी भन्छन्, ‘सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’ स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ । नेपाल टेलिकमले विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । ई-शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।
इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुट निरन्तर
काठमाडौं । सरकारले इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिने भएकाे छ । मन्त्रिपरिषद्काे १४ वैशाखको बैठकले यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो । यद्यपी इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् भने नेपाल विद्यूत प्राधिकरणले मासिक २५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा पनि १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्यूत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्यूत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई समेत सरकारले निरन्तरता दिने निर्णय गरेको छ ।
आफ्नो सामाजिक संजालकाे अकाउन्टलाई कसरी सुरक्षित राख्ने ?
काठमाडौं । इन्टरनेटले हाम्रो जिवनलाई धेरै तरिकाबाट सजिलो गराइदिएको छ । तर,इन्टरनेटले जीवनलाई सजिलो मात्र नभएर कठिन पनि बनाइदिन सक्छ । इन्टरनेटमा तपाई जहिले पनि आफ्नो गोपनियतालाई सुरक्षित राख्न र ठगिनबाट जोगिन पर्दछ । याद गर्नुहोस् इन्टरनेटको माध्यमबाट मानिसले तपाईसँग सम्बन्ध नजिक मात्र बनाउँदैन तपाइको बैकं खाताहरुको गोपनियताहरु चोरेर तपाईलाई चुर्लुम्मै डुबाउन पनि सक्छन् । यस्ता ठगहरुले तपाइलाई इमेलमार्फत संम्पर्क गरेर तपाईमार्फत अकाउन्टको पासवर्ड प्राप्त गर्ने धेरै प्रयास गरिरहेका हुन्छन् । त्यसैले कसैले पठाएको ईमेल, फेसबुक मेसेजहरुको हतारमा प्रतिकृया दिनुहुँदैन । तपाईले यसरी आफ्ना सामाजिक संजालको अकाउन्टलाई सुरक्षित राख्न सक्नुहुनेछ । प्राईभेसी सेटिङ्ग सधैँ सामाजिक संजालमा अकाउन्ट खोल्दा त्यसको प्राईभेसी सेटिङ्गमा गएर पहिला अकाउन्ट गोपनियतालाई कायम राख्नुहोस् । कुनै पनि सुचनाहरु सामाजिक संजालमा सेयर गर्दा त्यसलाई कसले हेर्ने मिल्ने नमिल्ने सबै बनाएर गरेर मात्र सेयर गर्नुहोस् । बायोग्राफिकल इन्फरमेसन धेरै सोसल मिडिया अकाउन्टले तपाईको वृस्तित विवरणहरु खोज्ने गर्दछ जस्तै तपाई कहाँ काम गर्नुहुन्छ, कहाँ बस्नुहुन्छ, तपाईको परिवारमा को–को छन् ईत्यादि । यसलाई तपाईको बायोग्राफिकल ईन्फरमेसन भनिन्छ । जहिले पनि सामाजिक सन्जालमा कति भन्नुपर्ने वा देखाउनु पर्ने त्यति मात्र लेख्नुहोस् । आफ्नो व्यक्तिगत सुचनाहरु सबै बाहिर नल्याउनुहोस् अकाउन्ट इन्फरमेसन कहिले पनि आफ्नो कुनै पनि सामाजिक संजालको अकाउन्ट र पासवर्ड, बैंकको खाताको पासवर्ड, सामाजिक सुरक्षा कोषको नम्बर कसैसँग पनि सेयर नगर्नुहोस् । याद राख्नुहोस् तपाईको आफ््नो भन्नेले पनि तपाईलाई डुबाउन बेर लगाउँदैनन् । सामाजिक संजालमा ध्यान लिएर साथी बनाउनुहोस् जहिले पनि सामाजिक संजालमा कोही साथीलाई जोड्दा म यो सामाजिक संजाल किन चलाईरहेको छु भन्नेमा प्रस्ट हुनुहोस् । कुनै पनि नयाँ व्यक्तिसँग सामाजिक सजालमा जोडिँदा उसको बारेमा पुर्ण रुपमा जानकार भएपछि मात्र जोडिनुहोस् । यसरी तपाई सामाजिक संजालबाट हुनसक्ने ठगीहरुबाट केही थप सुरक्षित बन्न सक्नुहुनेछ १. जहिले पनि बलियो पासवर्डको प्रयोग गर्नुहोस् र समय समयमा पासवर्ड बद्लिरहनुहोस् । सबै अकाउन्टमा भिन्न भिन्न पासवर्ड राख्नुहोस् । २. सार्वजनिक कम्पुयटरहरु प्रयोग गर्दा जहिले पनि सर्तक हुनुहोस् । एकपटक यस्तो कम्पुयटर प्रयोग गरिसकेपछि पर्ण रुपमा लगवाउट भएपछि मात्र कम्पुयटर छोड्नुहोस् । ३. सामाजिक संजालमा आएका कुनै पनि लिंक किल्क गर्नुभन्दा अगाडी सोच्नुहोस् । त्यो तपाईको साथीले पठाएको भने पनि सोच्नुहोस् ४. आफ्नो मोबाईलमा पनि सामाजिक संजालका पासवर्डहरु सुरक्षित राख्नुहोस् । यो गर्न जरुरी छ किनभने धेरैको मोबाईल सामाजिक संजालको अकाउन्टसँग लिंक गरिएको हुन्छ जसले फोन चोरी भएको अवस्थाममा पनि पासवर्डहरु सुरक्षित रहुन् ।