खेलमार्फत ‘टिम नेपाल’लाई हौसाला
काठमाडौं । मे १०, २०१८ मा रसियाको मस्कोमा आयोजना हुन गईरहेको १८ वर्ष मुनिका फुटबल खेलाडीहरुबीच हुन लागेको सडक बालबालिकाहरुको ‘स्ट्रीट चिल्ड्रेन वल्ड कप–२०१८’ मा नेपाल २२ वटा देशहरु मध्ये छनोटमा परेको छ । उक्त नेपालको प्रतिनिधि टिम ‘टिम नेपालका’ प्रतियोगीहरुको हौसला बढाउन सन्राइज बैंकले बैंकका कर्मचारीहरु र टिम नेपालका प्रतियोगीहरुबीच मैत्रीपूर्ण खेल सातदोबाटो स्थित एन्फाको खेल मैदानमा सम्पन्न गरेको छ । सडक बालबालिकाहरुलाई उचित तालिम र अन्य सहयोग शेल्टर आश्रय नेपाल नामक गैर सरकारी संस्थाले पुर्याउदै आएको छ । बैंकका अनुसार उक्त मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधि गर्ने टिम नेपाल ६–० को अन्तरले बिजयी भएको छ ।
सातौं स्थानको लागि नेपालले भोलि नेदरल्यान्डसँग भिड्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपालले सातौं स्थानको लागि भोली (शनिबार) नेदरल्यान्डसँग भिड्ने भएको छ । जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि नेदरल्यान्डको सामना गर्ने भएको हो । जिम्बामेमा हुने खेल नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपालले पपुवान्यूगिनीलाई ६ विकेट र हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।
न्यायाधिश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधिश पराजुलीलाई बहिष्कार
काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलास न्यायाधिश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् । न्यायाधिश राणाले प्रधानन्यायधिश पराजुलीको अवकास गत साउनमै भएको दावी गर्दै सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् । प्रधानन्यायाधिशको इजालस न्यायाधिशले बहिष्कार गरेको नेपालको इतिहासमा संभवत यो पहिलो घटना हो । प्रधानन्यायाधिश पराजुलीले कान्तिपुर पब्लिकेशन र प्रा.डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धित मुद्दा आफनोू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए पुर्ण इजलासमा थिए । अवकास पाइसकेका प्रधानन्यायाधिशसंग मुद्दा नहेर्ने भन्दै उनले इजलाससमेत बहिस्कार गरेपछि स्थगित भएको छ । प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेपछि पत्ता लागेको न्यायाधिश राणाले बताए । तर पराजुली आगामी बैशाखको पहिलो सातासम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।