फुटबल टेनिस होइन, मेसीलाई रोक्नी कुनै सुत्र छैन: इभान राकेटिक

काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् । राकेटिकले मेसीबारे बोल्दै भने-“मेसीलाई रोक्ने सुत्र कसैले पाउन सक्दैन । यो मेरा लागि अरुका लागि जो कसैका लागि वास्तवमै कठिन छ । हामी उनीसँगै हाम्रो क्षमताको आधारमा तुलना गर्छौ । एक उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि ठूलो भाग्य हो । तर हामी कति खतरनाक छौं त्यो उनले बुझिसकेका छन् । साच्चिनै उनले विश्वकप जित्नेछन र देखाउनेछन् को हुन् मेसी, तर फुटबल टेनिस हाेइन, मेसी एक्लैको लबबाबले कप जित्न सक्दैनन् । कपको लागि ३२ देशको ३२ सपना छ । यदि अन्तिममा उनले कप जित्छन् भने त्यसमा हामी मेसीका लागि खुशि हुनेछौं । यदि उनी उत्कृष्ट छन् यदि कोहि उत्कृष्ट छ उसले एउटा कप जितोस वा ५० हजार ! एउटा विश्व कपले को हुन् मेसी भनेर चिनाउँदैन । मेसी र राकेटिक बार्सिलोना फुटबल क्लबबाट सँगै फुटबल खेल्दै आएका छन् ।”  

शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर  पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।

माउरिन्होको प्रक्षेपण: अन्तिम ८ काे लागि उरुग्वे भर्सेस पोर्चुगल, ब्राजिल भर्सेस मेक्सिको भिड्ने

काठमाडौं । इग्लिंस क्लब म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले अन्तिम ८ का लागि उरुगवे भर्सेस पोर्चुगल र ब्राजिल भर्सेस मेक्सिको पर्ने दाबी गरेका छन् । स्पेनिस अनलाइन मार्कासँग कुरा गर्दै माउरिन्होले अन्तिम १६ मा पुग्ने देशहरुको भविस्यवाणी गरेका हुन् । उनले ग्रुप ‘ए’ बाट उरुग्वे र इजिप्ट, ‘बी’ बाट स्पेन र पोर्चुगल, ‘सी’ बाट फ्रान्स र अस्ट्रेलिया, ‘डी’ बाट अर्जेन्टिना र नाइजेरिया अन्तिम १६ मा पुग्ने बताएका छन् । यस्तै समुह ‘ई’बाट ब्राजिल र स्वीजरल्यान्ड, ‘एफ’बाट जर्मनी र मेक्सिको, ‘जी’बाट बेल्जियम र इंग्ल्यान्ड र समुह ‘ए’फबाट सेनेगल र पोल्यान्ड छनोट हुने बताएका छन् । उनले ग्रप एच का सेनेगल र पोल्यान्डले उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरेका छन्