लालिगा खेल्ने ९ जना खेलाडी आइतबार विश्वकपको लागि भिड्दै

काठमाडौं । विश्वकप फाइनल खेलमा स्पेनीस लालिगाबाट व्यवसायिक खेल खेल्ने ९ जना खेलाडी पुगेका छन् । क्रोयोसिया र फ्रान्सका राष्ट्रिय ९ जना खेलाडीहरु स्पेनीस लालिगाबाट रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको म्याड्रिड लगायत फुटबल क्लबबाट फुटबल खेल्दै आइरहेका छन् । रियल म्याड्रिडबाट खेल्ने क्रोयोसियाका लुका माड्रिक, कोभाकिच, फ्रान्सका राफेल भारान विश्वकप फाइनलमा एक अर्का विरुद्ध उत्रिने छन् । यसैगरी बार्सिलोनाबाट खेल्ने फ्रान्सका सामुयल उमटिटि, ओसामाने डेम्बेले र क्रोयोसियाका इभान राकेटिक कपका लागि एक अर्का विरुद्ध भिड्नेछन् । यस्तै एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यान, लुका हर्नान्डेज र सिमे भार्सेल्जिको रहेका छन् । खेल नेपाली समय अनुसार आइतबार बेलुकी ८४५ बजे शरु हुनेछ ।

बेल्जियमलाई कसरी हराउनु पर्छ, त्यो मलाई राम्ररी थाहा छ: केलियन एम्बाप्पे

काठमाडौं । सनसनी पुर्ण अर्जेन्टिनालाई २ गोल गर्दै फ्रान्सलाई अघि बढाएका युवा स्ट्रार केलियन एम्बाप्पेले आफुले धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन् । इंग्लिस अनलाइन गोल डटकमलाई अन्र्तवार्ता दिदैं एम्बाप्पेले भने-‘मैले खेलबाट धेरै कुरा सिक्नु पर्नेछ । म कति महत्वपुर्ण छु त्यो टिमले महसुस गर्दै आएको छ । आज म जिवनको सबैभन्दा ठूलो प्रतिस्पर्धामा उत्रिदैं छु, यसमा कसरी खेल्नु पर्छ त्यो मलाई राम्ररी थाहा छ । मलाई आशा छ सबै कुरा राम्रै हुनेछ ।’ सबैको आखा एम्बाप्पे माथि ऐम्बाम्पे धेरै क्षमतावन युवा खेलाडी भएको बेल्जियमका डिफेन्डर नासिर चाड्लीले बताएका हुन् । उनी यस्ता खेलाडी हुन् जसलाई रोक्न धेरै गार्हो पर्नेछ । उनले यो उमेरमा यस्तो खेल देखाइरहेका छन् यो उमेरमा लियोनल मेसी पछि ऐम्बाप्पेले खेल देखाइरहेका छन् । एम्बाप्पेले सानो ठाउँबाटै बल खेलाउन सक्ने बालासी माटुडीले बताएका छन् । एम्बाप्पेकै समकक्षी समेत रहेका माटुडीले भने-‘उनी यति चलाख छन् कि कति बेला बल माग्ने कति बेला विपक्षीलाई मार्क गर्ने सबै चलाखीपन उनमा रहेको छ । उनले समग्र खेलको भावनालाई परिवर्तन गर्न सक्छन् ।’ एम्बाप्पेमा असिमित क्षमता रहेको फ्लोरिन थाउभानले बताएका छन् । फ्रान्सका खेलाडी समेत रहेका थाउभानले भने-‘उनको क्षमताले हाम्रा सर्मकलाई असिमित खुशि दिनेछ ।’ यसै गरी मिडफिल्ड ग्रीजम्यानले भने-‘पहिलो पटक देख्दैछु, म तिमीलाई हेर्छु मन पराउछु, अनि भन्छु कस्तो खेल देखाइदियौ बेइमान ?’ एम्बाप्पे सन् १९९८ देखि नकआउट चरणमा एकै खेलमा दुई गोल गर्ने पहिला खेलाडी हुन् । नेपाली समय अनुसार विश्वकप राती ११ बजेर ४५ मिनेटमा शुरु हुनेछ । फाइनल पुग्ने को दुई युरोपियन मुलक बेल्जियम र फ्रान्स एक अर्का विरुद्ध मैदान उत्रिदाँ खेल कस्को पक्षमा जान्छ यो सबैको चासोको विषय बनेको छ । दुबै देशका खेलाडीहरु उच्च फर्मममा रहेका छन् । गोलरक्षक तुलनात्मक रुपमा बेल्जियमका गोलकिप्पर निकोसल कोर्टियस् विश्वकपमा निकै सफल देखिएका छन् । निर्णायक मानिएको ब्राजिलसँगको खेलमा उनले २७ पटकको प्रहारमा २६ पटक रोक्न सफल भएका थिए । डिफेन्स फ्रान्सका सामुयल उमटीटी र कान्टेलाई प्रमुख रुपमा डिफेन्डरको रुपमा हेरिएको छ । बेल्जियमका भिसेन्ट कम्पनीको आगमनले पनि फ्रान्सलाई थप चनौति थपिने छ । मिडफिल्ड फ्रान्सका ग्रीजम्यानले उरुग्वेलाई हराउदा मुख्य खेलाडी रहेका थिए । उनलाई थप साथ पाउल पोग्बाले दिनेछन् । उता बेल्जयका हाजार्ड र डि ब्रुनेको पनि जोडी चलिरहेको छ । स्ट्राइकर तुलनात्मक रुपमा फ्रेन्च स्ट्राइकर आक्रमक रहेका छन् । ओलिभर जिरोड, एम्बाप्पे, डेम्बेले र ग्रीजम्यानको आक्रमण रोक्न बेल्यिमलाई हम्मेहम्मे पर्नेछ । बेल्जियमले आफ्ना भएका सबै स्ट्रार खेलाडीहरुलाई एकै पटक मैदान उतारी रहेको छ । यसले बेल्जियमलाई थप चुनौती थपिनेछ । यरो कपको फाइनलको अनुभव लिएको फ्रान्ससँग बेल्जियम गर या मरको स्थितिमा मैदानमा उत्रिनेछ । फ्रान्सले बल पोजिसन राम्रो बनाएको खण्डमा बेल्जियमलाई काउन्टर आक्रमण गर्न सजिलो हुनेछ । यदि बेल्जियमका गोलपिरकप्परले उत्कृष्ट प्रर्दशन गर्न नसकेको खण्डमा फ्रान्सले सहज जित निकाल्नेछ ।

वृज सिमेन्टका ब्राण्ड एम्बेसडर श्रेष्ठद्धारा बनेपाको स्कुललाई फुटबल सामाग्री हस्तान्तरण

काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री वितरण कार्यक्रमबीच उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । यस विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथसाथ सहक्रियाकलाप अझ खेलकुद महत्वपुर्ण विषय रहेकाे बताएका छन् । साथै, उनले यस सार्वजनिक विद्यालयलाई फुटवल सामाग्री प्रदान गरेकोमा वृज सिमेन्टलाई धन्यवाद दिएका छन् । उनले निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्य कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने उनले बताए । यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उनले बताए ।