फ्रान्स विरुद्धको खेलमा मेसी कप्तान कि प्रशिक्षक ?

काठमाडौं । केहि घण्टापछि शुरु हुने प्रिक्वटर फाइनल अन्तर्गत फ्रान्स र अर्जेन्टिना बिचको खेलमा अर्जेन्टिनाले कस्तो खेलाडी छनोट गर्ला भन्ने चासो बढेको छ । मुख्य प्रशिक्षक जोर्जे साम्पोलीसँग खेलाडीहरुको सम्बन्ध बिग्रीएको समाचार बाहिरिएपछ कप्तान लियोनल मेसी र मिडफिल्डर मस्कुरानोले खेलाडी छनोट गर्ने अनुमान गरिएको छ । बिबिसीसँग अन्तवार्ता दिदैं पुर्व अर्जेन्टिनाका खेलाडी जाभलेटाले मेसी खलाडी छनोट गर्न सक्षम रहेको बताएका छन् । उनले अन्तर्वातामा भनेका छन् -‘मेसीसँग मैले धेरै संगत गरेको छु । उनले राम्रो पकाउन सक्छन्, गाउन सक्छन् त्यस्तै विश्वकपमा खेलाडी छनोट पनि गर्न सक्छन् । मेसी राम्रो नाच्न पनि सक्छन्’ उनले थपेका छन् । स्पेनिस अनलाइन मार्काले जनाए अनुसार नाइजेरिया विरुद्धको खेलमा साम्पोलीले मेसीलाई के गर्ने के नगर्ने भनी सोधेको पुष्टी गरेपछि आजको खेलमा पनि मेसी हाबी हुने अनुमान गरिएको छ । तर फ्रान्सका युवा स्ट्राइकर विरुद्ध योजना बनाउन मेसीलाई सजिलो भने हुने छैन । मिडफिल्ड पाउल पोग्बा, एन्टोनी ग्रीजम्यान अग्रपंक्तिका केलियन ऐम्बाप्पे र ओसामाने डेम्बेलेलाई रोक्न अर्जेन्टिनालाई सजिलो छैन । आजको खेलमा सबै भन्दा दबाबकमा मेसी रहनेछन् । उनले आजको खेलमा कति दबाब झेल्न सक्छन् भन्ने कुरा भने खेलसम्म पर्खनै पर्छ । अर्जेन्टिनाका र्पुव स्ट्रार खेलाडी डिएगो म्याराडोनाले पनि मेसीले पुराना असफलतालाई बिर्सिएर बिना कुनै दबाब खेल्नु पर्नेमा जोड दिइरहेका छन् । प्रशिक्षक साम्पोलीले मेसीको क्षमता अनुसार खेलाउन नसकेको चर्को आलोचाना झेल्दै आइरहेका छन् । उनको ३ जना डिफेन्डर खेलाउने रणनितिको पनि कडा आलोचना भैरहेको छ । यस्तै गरी युवा स्ट्राइकर पाब्लो डियाबलालाई स्थान बनाउन साम्पोली र मेसीलाई हम्मेहम्मे परिरहेको छ । अर्जेन्टिनाको सबै भन्दा ठूलो समस्या भनेको टिम सेट नहुँनु हो । फरक क्लबहरुबाट बोलाएर राष्ट्रिय टोलीमा खेलाउँदा टिम सेट गर्नु जो सुकै प्रशिक्षकलाई चुनौतिपुर्ण रहेको हुन्छ । अर्जेन्टिनाको तुलनामा फ्रान्सको टिम केहि सन्तुलन देखिएको छ । आजको खेलमा मेसी जोगिएर खेल्नुपर्ने बाध्यता रहेको छ । नाइजेरिया विरुद्धको खेलमा पहेलो कार्ड खाएका मेसीले आजको खेलमा पनि पहेलो कार्ड खाएमा उनी अर्को खेलमा स्वत प्रतिबन्धित हुनेछन् । यो समस्या मस्कुरानोलाई पनि रहेको छ । खेल नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा शुरु हनेछ । त्यस्तै अर्को खेल राती ११ बजेर ४५ मिनेट जादाँ पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।

राउन्ड १६ बाट सबैभन्दा पहिले बाहिरिने फ्रान्स कि अर्जेन्टिना ?

काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ । नेपाली समय अनुसार भोली बेलुकी ७:४५ बजे शुरु हुने फ्रान्स र अर्जेन्टिना मध्ये एक देश सबैभन्दा पहिले विश्वकपको अन्तिम १६ बाट बाहिरिने देश बन्दैछ । ओसामाने डेम्बेले, केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान जस्ता युवा खेलाडीले भरिएको फ्रान्सलाई रोक्न अर्जेन्टाइन डिफेन्डरलाई फलामको चिउरा चपाउन सरह हुनेछ । फ्रान्सको रक्षा पक्ति पनि त्यस्तै बलियो रहेको छ । बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका सामुएल उमटीटी अर्जेन्टाइन स्ट्राइकरका लागि खतरा हुन सक्छन् । यता खराब लयबाट गुज्रीरहको अर्जेन्टिना कठिन चुनौति पार गर्दै अन्तिम १६मा आइपुगेको छ । तुलनात्मक रुपमा निकै फितलो मिडफिल्ड रहेको अर्जेन्टिना फ्रान्ससँगको खेलमा उच्च सर्तकताका साथ मैदानमा उत्रिनेछ । क्रोयोसियासँग लज्जास्पद हार बेहोरेपछि चर्को विवादमा आएका मुख्य प्रशिक्षक जोर्जे साम्पोलीको खेलाडीहरुसँग सम्बन्ध बिग्रीएको समाचार आइरहेको बेला अर्जेन्टिना थप संकटमा पर्न सक्ने देखिन्छ । कमजोर किपर र कमजोर मिडफिल्डबाट गुज्रिरहेको अर्जेटिनामाथि फ्रान्सले लियोनल मेसीलाई रोक्ने एउटै सुत्र सफल भयो भने पनि अर्जेन्टिना संकटमा पर्न सक्छ । यसैगरी विगतको विश्वकपमा जस्तै यो वर्ष पनि गोन्जालो हिग्योइन खराब लयमा रहेका छन् उनले नाइजेरिया विरुद्धको खेलमा खाली पोष्टमा समेत गोल नहानेर यसको प्रमाण दिइसकेका छन् । नकआउट चरणबाट बाहिरीन एउटै गल्ती प्रयाप्त हुन सक्छ । खेलाडीहरुले गल्ती नगर्नु र क्षमता अनुसार कला प्रर्दशन गर्नु खेल जित्ने प्रमुख आधार हो । अर्जेन्टिनाका लागि ९० मिनेट र थपिएको केहि समयभित्रै खेल जित्न सकेमा उसका लागि फाइदा हुन सक्छ । यदि खेल पेनाल्टीमा गयो भने त्यो फ्रान्सको लागि फाइदा हुनेछ किनभने उनीहरुसँग तुलनात्मक रुपमा बलियो किपर रहेको छ । त्यस्तै स्ट्राइकर पनि । यो वर्ष फ्रान्सले युवा खेलाडीहरुलाई मौका दिइरहेका छन् । यदि उनीहरुले पहिले गोद खाएमा सो दबाबलाई कसरी झेल्न सक्छन् भन्ने प्रश्न आउन सक्छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेल शनिबार राती ११:४५ बजे पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।

दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा

काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।