सन्दिप लामिछाने पहिलो पटक आईपीएल खेल्दै, दिल्लीले दियो मौका

काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् । लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ४५ रन बनाएको छ ।

एनआईसी एशिया बैंकले पायो ‘गभर्नर्स कप अन्तर बैंक फुटसल’को उपाधि

काठमाडौं । एनआईसी एशिया बैंकले ‘गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५’को उपाधि पाएको छ । नेपाल राष्ट्र बैंकको ६३औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्धारा आयोजित उक्त प्रतियोगितामा एनआईसी एशिया बैंक प्रथम भएकोमा उक्त उपाधि पाएको हो । यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये यस बैंकले उत्कृष्ट प्रर्दशन गरेको थियो । बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउँदै आईरहेको कम्पनीले जनाएको छ ।  

ध्रुव अधिकारीको नेतृत्वमा नेपाल कुराँश संघ गठन

काठमाडौं । नेपाल कुराँस संघ गठन भएको छ । प्रथम साधारण सभाले ध्रुवराज अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।  कुराँश खेल मार्सट आर्टको एउटा बिधा अन्तर्गत पर्छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भैसकेको संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई चयन भएका छन् भने सचिवमा हरिराम ढुंगाना निर्वाचित भएका छन् ।सदस्यहरुमा भने सञ्जिव गुरुङ, यसु लामा र पद कुँवर निर्वाचित भएका छन् । उज्वेकिस्तानबाट सुरु भएको कुराँश खेल पछिल्लो समय संसारभर लोकप्रिय बन्दै गैरहेको छ । नेपालमा पनि कुराँश खेलको विकासका लागि संघ गठन गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष जीवन राईले बताए ।