नबिल बैंकद्धारा फुटसल प्रतियोगिता सम्पन्न, विजेतालाई पुरस्कार वितरण

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । सो अवसरमा बैंकले उपत्यकामा कार्यरत कर्मचारीहरुबीच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बैंकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरेका थिए । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंकका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।

एम्बाप्पेले भने: ‘अब मेसी, रोनाल्डो होइन मैले जित्छु ‘बालोन डे ओर’

काठमाडौं । फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले ‘बालोन डे अर’ आफैंले जित्ने दाबी गरेका छन् । उनले उत्कृष्ट फुटबलरमा आफु सहित क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र राफेल भारानलाई राखेका छन् भने लियोनल मेसीलाई अन्तिम स्थानमा रहेका छन् । विश्वकपमा उत्कृष्ट युवा खेलाडीको उपाधि पाएका एम्बाप्पेले अब मेसी र रोनाल्डोको पुस्तालाई पछि पार्दै आफुले ‘बालोन डे ओर’ जित्ने बताएका हुन् । उनले फ्रान्स फुटबलसँग भने-‘यो वर्ष फ्रान्सले विश्वकप जितेको छ, त्यसैले बालोन डेमा फ्रान्सकै धेरै खेलाडीहरु ‘बालोन डे ओर’का दाबेदार हुन्छन् । मलाई विश्वकप खेल्नुभन्दा पहिले मानिसहरुले विश्वास गरेका थिएनन्, तर प्रशिक्षक देशच्याम्पले यस्तो सुत्र दिए यसमा हामी सफल भयौं । म ट्रफि जित्नैको लागि खेल्ने र बाँच्ने गर्छु मलाई विस्वास छ, यसमा म सफल हुनेछु ।’ यो वर्ष क्रिष्टियानो रोनाल्डोलाई बालोन डेको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

दु:खी छु, पिडामा छु विश्वकप हारेपछि झन् आलोचनाको सिकार भएँ: नेइमार जुनियर (भिडियोसहित)

काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि  चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका छन् । उनले गोलडटकमसँग कुरा गर्दै भनेका छन्- ‘म सबै कुरामा आलोचित भैरहेको छु, चाहे मैले जे बोले, पनि जे गरे पनि । तर मैले यसलाई प्रयोग गरिरहेको छु । मैले धेरै समय आलोचनाको बारेमा सोचेको छु । तर म अझै विश्वकपको कुरा गर्न चाहान्छु किनभने म अझै यसको पिडामा छु । म धेरै दुखी छु, यो समय मेरो लागि धेरै कष्टकर समय हो, म सधै भन्दै आइरहेको छु जब मैले सान्तोस क्लब छोडे, मैले इस्टाग्राममा लेखेँ, जब मैले बार्सिलोना छोडे मैले इस्टाग्राममा लेखेँ र विश्वकपको बारेमा पनि लेख्दैछु, जहाँ मलाई मेरा शब्दहरु लेख्न सजिलो लाग्छ । जब मलाई मनिसले माया गर्छन मेरो मनमा शान्ती मिल्छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्