एक करोड ७५ लाख बराबरकाे कभर्ड हल निर्माण शुरु

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमिन सम्याउने काम भइरहेको छ । प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमिन दिने निर्णय गरेको छ । “यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमिनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भने । कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्तवेदन (डिपिआर) तयार गरिएको थियो । हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना (इन्डोर) खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताए । कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहज रुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताएका छन् । उनका अनुसार कभर्ड हलमा करिब ६०० मानिस अट्नेछन् । ३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन् । सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ । रासस

पोखरा फाइनान्सले जित्यो चौथो आइटि ग्रुप कर्पाेरेट फुटसल उपाधी

काठमाडौं । पोखरामा आयोजित “चौथो आइटि ग्रुप फुटसल प्रतियोगिता” मा पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो । उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा फाइनान्सका राजन श्रेष्ठ घोषित भए । विजेता टोलीलाई नगद रु २५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो साथै उपविजेता टोलीलाई नगद रु १५ हजार, ट्रफी र मेडल हस्तारण गरिएको थियो । पुरस्कार वितरण समारोहमा आफ्नो मन्तव्य राख्दै पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले यस्तो प्रकारको प्रतियोगिताले अन्तर बैंक वित्तीय संस्थाबीच सौहार्दपूर्ण वातावरण सिर्जना गर्ने बताएका छन् ।

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरेका थिए हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस विकास बैंकले देशैभरी रहेका शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । त्यसैगरी, बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।