प्रतिष्ठित ‘इन्टरनेसनल बुकर प्राइज’ उपन्यास ‘ताइवान ट्राभलग’ लाई

काठमाडौं । ताइवानको परिकार र निषेधित प्रेमको कथामा आधारित उपन्यास ‘ताइवान ट्राभलग’ ले प्रतिष्ठित इन्टरनेसनल बुकर प्राइज जितेको छ । मन्दारिन चिनियाँ भाषाबाट अनुवाद गरिएको कुनै उपन्यासले यो सम्मान पाएको यो पहिलो पटक हो । यो उपन्यास ताइवानी लेखक याङ सुआङ जीले लेखेकी हुन् भने ताइवानी–अमेरिकी नागरिक लिन किङले अंग्रेजीमा अनुवाद गरेकी हुन् । यसको कथा सन् १९३० को दशकको ताइवानको पृष्ठभूमिमा आधारित छ, जुन समयमा यो जापानी शासनको अधीनमा थियो । यसमा दुई महिलाको ताइवानका विभिन्न परिकारहरूको यात्रालाई देखाइएको छ । उपन्यासलाई यसरी प्रस्तुत गरिएको छ कि मानौं यो कुनै पुरानो यात्रा संस्मरणको अनुवाद हो, जसमा काल्पनिक फुटनोटहरूसमेत समावेश छन् । सन् २०२० मा यो पुस्तक प्रकाशित हुँदा धेरै पाठकहरूलाई यो वास्तवमै कुनै ऐतिहासिक दस्तावेज हो जस्तो लागेको थियो । जुरी प्यानलकी अध्यक्ष नताशा ब्राउनले यसलाई ‘अत्यन्तै आकर्षक र चलाखीपूर्वक लेखिएको परिष्कृत उपन्यास’ भनेकी छन् । कथाकी मुख्य पात्र काल्पनिक जापानी लेखिका आओयामा चिजुको हुन्, जो सरकारद्वारा प्रायोजित ताइवान यात्रामा निस्कन्छिन् । उनीसँग ताइवानी अनुवादक ओ चिजुरु हुन्छिन्, जसको प्रेममा उनी पर्छिन् । उपन्यासले यी दुई पात्रहरूका माध्यमबाट प्रेम, संस्कृति, औपनिवेशिक इतिहास र सत्ताजस्ता विषयहरूको खोजी गर्दछ ।

पशुपति विकास कोष अगाडि स्थानीयको धर्ना

काठमाडौं । तिलगङ्गाका स्थानियले आफूहरूलाई सुकुम्बासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडि धर्ना दिएका छन् । तिलगंगा बी–१३ का स्थानीयहरूले बुधबार कोष अगाडि धर्ना दिएका हुन् ।  उनीहरुले सरकारले आफूहरूलाई जग्गा सट्टा गर्ने सम्झौता विपरित बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् । प्रभावित स्थानीयहरूले २०७१ सालमा गुरुयोजना लागू गर्दा कोषसँग सट्टाभर्नासम्बन्धी सम्झौता गरेको बताएका छन् । उनीहरुले आफूहरूसंग लालपुर्जा भएको दाबी गरेका छन् । केही भने गुठीको जग्गा रहेको छ । गुठीबाट नै जात्रापुजा लगायतका गतिविधी गर्ने गरिएको उनीहरुको भनाई छ ।   कोषले गूरुयोजना बनाउँदा स्थानीयलाई गोठटार क्षेत्रमा चार आना जग्गा उपलब्ध गराउने सहमति गरेको थियो । तर उक्त गुरुयोजना कार्यन्वयन नगरि बस्तीमा डोजर चलाईएको स्थानियको आरोप छ । स्थानियका अनुसार पशुपति बजार र वनकाली क्षेत्रका बासिन्दालाई भने सट्टा जग्गा उपलब्ध गराएको छ । तर आफूहरूलाई भने सुकुम्बासीको सूचीमा राखेर बस्तीमा डोजर चलाएको स्थानियको गुनासो छ । स्थानियका अनुसार कोषसँग सरकारी मूल्याङ्कनमा आफ्नो जग्गा बेच्ने र कोषले उपलब्ध गराउने जग्गा सरकारी मूल्याङ्कनमै खरिद गर्नेगरि सम्झौता भएको थियो ।  धर्नामा स्थानियले डोजर चल्यो बस्तीमा घर छैन, पीडितको सुन दिने कोही छैन !, हामी पीडित हौँ, पीडक होइनौँ, हामी सुकुम्बासी होइनौँ, स्थानिय हौँ, हाम्रो वस्ती, न खोलाको मापदण्ड, न सडकको मापदण्ड, न जोमिख क्षेत्र फेरि किन डोजर आतंक ?, पशुपतिको बृहतीकरण र विकासको विमित्त चक्रपथमा जोडिएको आफ्नो स्थान छोडी ६ किलोमिटर पर स्थान्तरण हुन राजी हुनु के हाम्रो गल्ती हो ?, गुरुयोजना अनुरुपको स्थानान्तराण खै ?, गूरुयोजनालाई आधार मानेर अधिकरण गर्ने तर गुरुयोजनामै लेखिएको स्थानान्तरणलाई नमान्ने ?, डोजर चल्यो १९ मा जानकारी आयो २१ मा !, विश्व सम्पदा सुचीभित्र डोजर चलाउन आदेश दिनेलाई कारबाही खोई ? लेखिएका प्लेकार्ड राखेका छन् ।      

चाइनिज महिलाको उजुरीपछि हेली रिसोर्टमा प्रहरी

काठमाडौं । सिन्धुपाल्चोकको हेली रिसोर्टमा एक चाइनिज लुटिएपछि प्रहरी पुगेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार फागुन महिनामा चाइनिज महिला लुटिएको उजुरी परेपछि प्रहरी पुगेको हो । कार्यालय स्रोतका अनुसार चाइनिज महिलाले आफू बसेको होटलमा लुटपाट भएको भनेर उजुरी दिएकी थिइन् ।  फागुन महिनामा चाइनिज महिलामाथि लुटपाट भएको हो । उजुरीमा होटलका स्टाफसहितले लुटपाट गरिएको उल्लेख गरिएको छ ।  उजुरी परेपछि घटनाको बारेमा अध्ययन गर्न सीसीटीभी फुटेज लिन प्रहरी गएको स्रोतले विकासन्युजलाई बतायो।