पर्वतमा पहिरो: मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ जना वेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी गएर रातीको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । त्यस्तै पहिरोमा पुरिएर अझै ४ जना बेपत्ता भएका छन् । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा ५ जनाको शव फेला परेको कुश्मा नगरपालिकाकी उपप्रमुख सिताकुमारी काफ्लेले बताइन् । गएराती नै भने ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो । हिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका उप्रमुख काफ्लेले जानकारी दिइन् । सम्बन्धित समाचार   पर्वतमा पहिरोले पुरिएर ३ जनाकाे मृत्यु, ६ बेपत्ता  

शून्य छन् बाटोहरु, शान्त छन् गल्लि पनि

शून्य छन् बाटोहरु, शान्त छन् गल्लि पनि चारैतिर निश्ब्द छन्, देखिँदैन जमघट पनि सुन्छु क्यारे मलामी पनि धेरै जना जान हुन्न धेरैको तँ के कुर, मरेकालाईअङाल्न नि पाइन्न सेतो कात्रो छैन अब, प्लाष्टिकमा बेरेर पुग्दो रहेछ आफ्ना रहर, इच्छाहरु, लाशसँगै जल्दो रहेछ । हरे दैब कस्तो यो विपद् आयो आज जताततै किरोनाको कहरले मनै विचलित भयो सबैको बाहिर निस्कन नमिल्ने, समाजसँग टाढा मात्र नभई आफन्तलाई समेत बिरानो भएर बस्नु पर्ने ।। उपचार छैन यो कोभिडको महामारीको अहिलेसम्म पनि घरभित्र सुरक्षित बसी ज्यान जोगाउ कसोगरि पल्लाघरे सानी रुँदै छिन्, आमा खान देऊ भनि बिचरी आमा, ढुङा उमाल्दै, पाक्दैछ् नानी, पर्ख एकछिन भनि ।। काम छैन, पेट पाल्ने कसरी, जाउ कता जाउ बाहिर शान्त भएँ नि, भयावह चित्कार सुनिन्छ यो कसैको चित्कार होइन, नेपालआमाको आर्त्नाद हो पर्ख पर्ख मेरा सन्तानहरु, केही दिन धैर्य गर भन्दैछिन । बिरानो भयो सबैजना, नआत्तिइ ज्यान जोगाउ आफै पनि फर्क फर्क हे वीर सपूतहरु, बिदेशिएका सन्तानहरु आफ्नो पसिनाले जन्मेका भूमिलाई ऊर्बर बनाउ त्यो धन, त्यो कठोर मन, केही गर्न सक्दैन सधैंभरी ।। बुढापाखा, स-साना बालबालिका नानिस्कौ यो बेला गर्भवती , सुत्केरी आमाहरु, सुरक्षित बसौ भित्र रही पकबान होइन, ज्यान जोगाउ, जसो तसो बाच्नलाई जीउ मात्र होइन, बाँचाै बलियाे आत्मविश्वास बनाई । यो सारा नेपालीको परीक्षाको अबस्था हो, बुझौ ज्ञानी बनि समाजिक दूरी ठीकै हो, शारिरिक दूरी नि बेस भनि पारिवारसँगै माया, स्नेह साटदै सम्मान गरौं सबै जना नानिबाबुलाई गिता, भागवत्, सबै ग्रहन्थको उपदेश नि लिन भनौ ।। पाइन्न यो अवसर अब, फेरी पनि यसरी, सँगै बसन पाएने परीक्षाको घडी सकिन्छ, खुसीको फल पाइन्छ, अवश्य पनि> गर्न नापाएका रहरहरु, यहि बेला पूरा गरौं मिलिजुलि हातेमालो गर्दै, भलाकुसारि गर्दै, पुराना ती मिठा दिनहरु सम्झौ । घरभित्र पनि, प्राविधिक सुविधाले सँगै भएको भान हुन्छ केही गर्न नसकेनि, बोलेर, हेरेर सान्त्वना पसिरहेका हुन्छ प्रकृतिले चारैतिर हरियालीको घुमटो ओढेको छ शान्त्, स्वच्छ , वातावरणले मनै हर्षित बनाएको छ  ।।

जुलुसमा जाँदै हुनुहुन्छ ? सर्ला नि कोरोना

काठमाडाैं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा अनावश्यकरुपमा भइरहेको प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा नारा लगाउँदा कोरोना भाइरस सङ्क्रमित भएका व्यक्तिबाट कोरोनाको भाइरस सङ्क्रमण हुने सम्भावना बढी हुने देखिन्छ । मन्त्रालयले लकडाउनका समयमा अनावश्यकरुपमा भीडभाड नगर्न तथा प्रदर्शन नगर्न र नगराउनसमेत आग्रह गरेको छ । पछिल्ला दिनमा सङ्क्रमणको मात्रा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कूल २ सय ७३ जनामा नयाँ सङ्क्रमण देखिएको छ । उक्त सङ्ख्यासहित कूल सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ लाख ५० हजार बढी रहेका छन् । लकडाउनका समयमा समाजिक दूरी कायम गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने भए पनि विभिन्न नाममा भइरहेको प्रदर्शनले थप जोखिम बढाएको छ । शान्तिपूर्णरुपमा भेला हुन पाउने र विरोध प्रदर्शन गर्न पाउने नागरिकको हक भए पनि विपद्को समयमा सरकारको आग्रहलाई लत्याएर गरिने व्यवहारले थप त्रास र भय सिर्जना गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोनाको जोखिम रहेको समयमा अनावश्यकरुपमा गरिने प्रदर्शनले थप समस्या निम्त्याउँछ । उहाँले विपद्का समयमा सामाजिक दूरी कायम राख्न र अनावश्यकरुपमा प्रदर्शन नगर्नसमेत आग्रह गर्नुभयो । सरकारले आगामी असारको १५ गतेदेखि पिसिआर परीक्षणको दायरा बढाएर दैनिक १० हजार बराबरको पुर्याउने तयारी गरेको छ । त्यसका लागि पिसिआर किट तथा मेशिनकोसमेत प्रबन्ध गरिरहेको छ । यस्तै निजी क्षेत्रको विद म्यानेजमेन्टले समेत थप २५ थान पिसिआर मेशिन एक सातामा भित्र्याउने तयारी गरेको छ । अनावश्यकरुपमा भीडभाड गर्दा वा नारा जुलुस गर्दा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा सरकारले बढाउने भनेको परीक्षणको सङ्ख्या र मात्रासमेत अपुग हुने सम्भावना रहन्छ । प्रदर्शनमा एक जना मात्रै सङ्क्रमित व्यक्ति उपस्थित भए त्यसले सयौँलाई सार्ने सम्भावना रहन्छ । प्रवक्ता गौतमले भने, “नारा लगाउँदा कोरोना भाइरस एकैपटक धेरै निस्कने र सङ्क्रमणको मात्रा बढी हुन्छ, त्यसका कारण सामाजिक दूरी कायम गर्नु नै पहिलो आवश्यकता हो ।” उनले आज आयोजित पत्रकार सम्मेलनमा विशेष जोड दिएर भने, “भीडभाड जुलुस गर्दा सावधानी नपनाउँदा सङ्क्रमण बढ्छ ।” परिवारका एक सदस्यमा सङ्क्रमण भएका खण्डमा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, बालबालिकालाई पनि बढी जोखिम हुनसक्छ । रोग सरेको खण्डमा त्यसले परिवार, समाज र राष्ट्रलाई पार्ने जोखिम असाध्यै ठूलो मूल्य चुकाउनुपर्ने हुन जान्छ । शहरी क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलिएको खण्डमा बस्ती पूरै सिल गर्नुपर्ने र त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा समेत ठूलो प्रभाव पर्ने जानकारी दिँदै प्रवक्ता डा गौतमले परिस्थितिलाई विशेष ख्याल गर्नसमेत आग्रह गरे । उनले सामाजिक दूरी कायम नगर्दा वा लापरवाही गर्दा निम्तने परिणाम भयावह हुने भएकाले अनावश्यकरुपमा भीडभाड नगर्न अनुरोध गर्दै विशेष सावधानी अपनाउन आग्रह गरे । कूल ७२ जिल्लामा फैलिएको सङ्क्रमणका कारण जनजीवन सामान्य बनाउन ठूलो मेहनत गर्नुपरेको छ । भीडभाड वा जुलुसका कारण अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी बढी सङ्क्रमति हुनसक्ने मन्त्रालयको भनाइ छ । “भीडभाड गर्दा त्यसले उत्पन्न गर्ने परिणाम आत्मघाती हुन सक्छ”, प्रा डा गौतमले भने । हाल कायम रहेको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउँदै दैनिक सामाजिक क्रियाकलापलाई सञ्चालन गर्न मन्त्रालयद्वारा ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड’ तयार गरी लागू गरिएका कारण त्यसलाई पूर्णरुपमा पालना गर्नु नागरिकको कर्तव्य हो । पछिल्ला दिनमा भइरहेका प्रदर्शनले सो मापदण्डकोसमेत बर्खीलाप गरेको छ । भौतिक दूरी दुई मिटर बढी हुनुपर्ने, मेडिक वा तीन तह भएको मास्क अनिवार्यरुपमा लगाउनुपर्ने भए पनि भीडभाड र प्रदर्शनमा त्यसको कुनै ख्याल गरिएको छैन । यस्तै मन्त्रालयलाई हालसम्म २ अर्ब ७१ करोड २९ लाख ४७ हजार बराबरको बजेट प्राप्त भएकामा कूल १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको उहाँले जानकारी दिए । सम्पूर्ण विवरण आफूहरुसँग सुरक्षित रहेकोसमेत प्रा डा गौतमको भनाइ छ । रासस