नेकपाको बैठक सोमबारसम्मका लागि स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास वबालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार) सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनका अनुसार बैठक मङ्गलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए । नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ । बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन् । रासस
आर्थिक क्रान्ति….हावा… क्रान्ति
मेरो सरकार देश विकास गर्छु भन्छ आर्थिक क्रान्ति गर्छु भन्छ हरेक चोटि आउछ जनताको घर दैलोमा र सपनाँंग भोट साट्दै सुनिश्चि गर्छ……सिंहदरबारको अखडा कृषकलाई मल दिन्छु भन्छ वेरोजगारीलाई जागिर दिन्छु भन्छ शहरका मान्छेलाई घर भाडा छुट भन्छ गाउका मान्छे, मान्छेनै होइन भन्छ उत्पदन बढाउने कुरा गर्छ तर गाडी, लुगा, धान, मकै जौ, कोदो…… नुनदेखि सुनसम्म हल्लादेखि सल्लाहसम्म कि उत्तर कि दक्षिणबाट आयात गर्छ आर्थिक क्रान्ति गर्छु भन्छ उ कहिल्यै सार्वजनिक बस चडदैन् कहिल्यै ग्यास, पेटेलपम्पको लाईनमा बस्दैन कहिल्यै जनता भएर बाच्दैन उसलाई सोझा जनता ठग्न पाए पुगो उ वर्षमा एक दिन टोपी लगाएर रास्ट्रियताको कुरा गर्छ ट्वीटमा फोटो हाल्छ एउटा चाउचाउ बाडेर राहतको कुरा गर्छ फेसबुकमा फोटो हाल्छ, अनि……… गमलामा धान रोपेर मनाउछ धान दिवस मनाउँछ यूट्वमा भिडियो पोष्ट गर्छ फगत यस्तै छ मैले सोचि सोचि ध्यान दिएर जिताएको देश विकास गर्ने आर्थिक क्रान्तिको सरकार आर्थिक क्रान्ति…. आर्थिक क्रान्ति ….हावा… क्रान्ति [email protected]
चार महिनापछि पक्राउ परे सुन पसल चोरी गर्ने तीन जना
नवलपरासी । नवलपरासी(बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करिब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका-३ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय तीर्थबहादुर रुम्बा र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४० वर्षीय जीतबहादुर तामाङ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व), इलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनास्थलमा अनुसन्धानका क्रममा देखिएका शंकास्पद मोबाइल नम्बर तथा जनशक्तिका माध्यमबाट चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । आरोपितले आफूहरुका भागमा १० देखि १२ तोलासम्म सुन परेको स्वीकार गरेको जनाइएको छ । सुन चोरीको मुद्दामा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि सबै कुरा खुल्ने रेग्मीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध यही असार १४ गतेदेखि लागू हुने गरी डाँका चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । अभियुक्तका साथबाट सुनका विभिन्न गरगहना १२ तोला पाँच लाल, चोरीमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोबाइल, फोरिएको अवस्थामा सेफ लकर, प्रदेश ३-०२-०१४ नम्बरको नयाँ स्कुटर-ठेला रिक्सा एक थान र खैरो रङको कपडाको पाइन्ट एकएक थान बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै सेफ फोर्नका लागि गल, घन, टेष्टर, सलाई रेञ्ची, सानो नीलो बाल्टी र ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर एकएक थान, छिनो २ र सुन राख्न प्रयोग गरिने ट्रे ६ थान बरामद भएको बताइएको छ । घटनाको मुख्य योजनाकारदेखि अन्य केही व्यक्ति पक्राउ गर्न बाँकी नै रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ । घटनाको अनुसन्धानमा केही समय लागे पनि अब नजिक पुगेको र अन्य पनि चाँडै पक्राउ हुने उनको भनाइ छ । पूर्वपश्चिम राजमार्ग नजीकै रहेको सुनचाँदी पसल फोरेर सो दिन राति तयारी सुनका गरगहना ६९ तोला पाँच लालसहित सुन र चाँदीका तयारी गरगहना गरी एक किलो तथा रु सात लाख राखिएको सेफ लकरसहित चोरी भएको थियो । रासस