अब यी १० नाकाबाट मात्रै नेपाल आउन पाइने

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन पाइने भएको बताए । हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइने बताए । स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।

यी हुन् गोंगबुमा पुरुषको हत्या गर्ने महिला

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोरा हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर पनि सार्वजनिक गरिसकेको छ । उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो । उनलाई हिजो मात्रै प्रहरीले पक्राउ गरी काठमाौं ल्याएको थियो । ती महिलाको नाम कल्पना मुडभरी (पौडेल) हो । उनको घर रोल्पा भएको बुझिएको छ । उनी मृतक बोहराको हत्या गरी चितवन गएकी थिइन् । उनलाई प्रहरीले हिजो मात्रै चितवनबाट नै पक्राउ गरी काठमाडाैं ल्याएको हो । उनी कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् । ती महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन ।

गोंगबु हत्याकाण्डको रहस्य पर्दाफासः यसरी बुनिएको रहेछ योजना

काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो । प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा निद्राको औषधि मिसाई खान दिएको र सो खाएपछि मृतक सुतेको मौकामा फलामको ह्याम्मरले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले पहिला अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। त्यसपछि सलले घाँटी कसेकी थिइन्।  त्यसपछि कृष्णबहादुरलाई सलको प्रयोग गरी घाँटीमा थिचेपछि मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णको लास गत आइतबार गोंगबु नजिकै सुटकेसभित्र राखिएको अवस्थामा फेला परेको थियो । मृतकको शव आइतबार बिहान नवज्योति मार्गमा सुटकेशमा पेला परेको थियो भने टाउको र खुट्टा ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमिनमा फेला परेको थियो । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्डका आरोपी मुडभरी र मृतक बोहोराबीच करिब ३-४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भई सम्पर्क हुँदै आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको बताएको छ । अभियुक्त कल्पनाले पनि हत्याको स्वीकार गरिसकेको प्रहरीले बताएको छ । बोहोरा र उनीबीच अन्तरंग सम्बन्ध रहेको, बोहोराले आफ्नो नाङ्गो फोटो फेसबुकमा हाल्न थालेपछि हत्या गरेको बयान उनले दिएको प्रहरीले जनाएको छ । आजको पत्रकार सम्मेलनमा प्रहरीले कल्पनाले बोहराको हत्यापछि शवको टाउको छिनाई झोलामा राखी आफै फाल्न गएको खुलाएको छ । शवको व्यवस्थापन गरेपछि अभियुक्त साउन २५ गते बेलुका एम्बुलेन्समार्फत चितवन पुगेको अनुसन्धानबाट खुल्न आएको छ भने अनुसन्धानकै क्रममा उनी र उनकी छोरीको शव व्यवस्थापनमा संलग्नता रहेको खुलेपछि दुबैलाई चितवनबाट सोमबार राती नै काठमाडाैं ल्याइ आज सार्वजनिक गरेको हो । घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ । कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छिन् ।