खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट
काठमाडौं । सरकारले आगमी वर्षको लागि खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेले साे बताएका हुन् ।
गोरखा र चितवनका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री सहयाेग
काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई संस्थाले उक्त सामाग्री उपलब्ध गराएको हो । ट्रष्टले मनकामना हेल्थ पोष्टलाई १, घैरुङग अस्थायी कोभिड अस्पताललाई २, बुंगकोट हेल्थ पोष्टलाई १, माई मनकामना सहकारी अस्पताललाई १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटनलाई २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
डिशहाेममा एक फरक रियालिटी शो – हिपहप ब्याटल
काठमाडाैं । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप ब्याटल नामक नयाँ रियालिटी शो प्रसारण गर्न भएकाे छ । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतबार बेलुकी ७ः३० बजे प्रसारण हुने डिशहामले जानकारी दिएकाे छ । उक्त रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलब्ध हुने एकेडेमीले जानकारी दिएकाे छ ।