अभिनेता अजय देवगनले किने १ अर्बको नयाँ घर, ३० कराेड ऋण, यस्तो छ नयाँ घर

काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् । उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । उनले नयाँ घर खरिद गर्नको लागि १९ करोड भारु अर्थात ३० करोड नेपाली रुपैयाँ ऋण लिएको पनि बताइएको छ । यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको बुझिएको छ । भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार हालसम्म अजय देवगनले नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको हाे । 

मेलम्ची खानेपानी आयोजनाका दुई नेपालीसहित आठ कामदार सम्पर्कविहीन, ७६ जनाको उद्धार

काठमाडौं । वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ । आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो । रासस

लक्ष्मी बैंकको क्याम्पेनः युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क पाइने

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् । यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ’फोन-पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफर (आईबीएफटी) (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ । क्याम्पेनको अवधिपछि युरो कपे विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्स्फर गर्यो, त्यति नै धेरै जित्ने मौका पाइने बैंकले जनाएको छ ।