सधैंकाे लागि बन्द भयाे कमलपोखरीकाे कुमारी हल
काठमाडाैं । कमलपोखरीस्थित कुमारी हल सधैंकाे लागि बन्द भएकाे छ । तीन दशक बढी समयदेखि संचालनमा आएको यो हल कोरोनाको प्रकोपको कारणले बन्द हुन लागिएकाे क्यूएफएक्सले जनाएकाे छ । क्यूएफएक्सले २०६२ सालमा कुमारी हलकाे संचालनको स्वामित्व लिएको थियो । यस अगाडि क्यूएफएक्स चेनको जय नेपाल चलचित्र घर समेत सधैका लागि बन्द गरिएकाे थियो ।
‘डटर्स होम अचार’ले पार गर्यो एक वर्ष, हरेक प्रडक्टमा १० प्रतिशत छुट दिने
काठमाडौं । गत वर्ष लकडाउनको बिचमा जन्मिएको ‘डटर्स होम अचार’ले एक वर्ष पार गरेको छ । २ जुलाई २०२० देखि शुरु भएको उक्त व्यवसायले आज ९२ जुलाई २०२१० मा एक वर्ष पार गरी दुई वर्षमा प्रवेश गरेको हो । पहिलो वार्षिकोत्सवको अवसरमा ‘डटर्स होम अचार’ले १० प्रतिशत छुट दिने योजना ल्याएको छ । यससँगै अचारको पारखीले हरेक स्वादका अचार खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवसायी पूजा जोशी बताउँछिन् । ‘गत वर्षदेखि शुरु गरेको यो व्यवसायले आजबाट एक वर्ष पार गर्यो, यो अवसरमा अचारको पारखीलाई मध्यनजर गर्दै हामीले १० प्रतिशत छुट दिने योजना ल्याएका छौं, जसमा उहाँहरुले हरेक स्वादको अचार खरिद गर्दा प्रत्येकमा १०र१० प्रतिशत छुट पाउनु हुनेछ,’ व्यवसाय सञ्चालन गर्दै आएकी पूजा जोशीले भनिन् । उक्त छुटको योजना भने केही सीमित समयको लागि मात्र लागू गरिने जोशी बताउँछिन् । ‘वार्षिकोत्षवको अवसरमा ल्याईएको यो योजना मात्र तीन दिन लागू हुनेछ, यससँगै अचार पारखीले २ जुलाईदेखि ४ जुलाईसम्म अचार खरिद तथा अर्डर गर्दा उक्त छुट पाउनुहुने छ,’ उनले थप स्पष्ट पार्दै भनिन् । एक वर्षको अवधिमा ‘डटर्स होम अचार’ ले राम्रो व्यवसाय गर्न सफल भएको छ । पहिलो जस्तो दोश्रो लहको कोरोना महामारीमा पनि प्राय सबै व्यवसाय ठप्प थिए । तर यो व्यवसायलाई भने महामारीले छुन पाएन, निरन्तर चलिनै रह्यो । महामारीलाई नियन्त्रण तथा रोकथामको लागि जारी गरिएको लकडाउनमा पनि डटर्स होमले अनलाईनबाटै डेलिभरी गरेर भएपनि सबैको मन जित्न सफल भएको छ । जसले आईपरेका विभिन्न चुनौतिलाई पार गर्दै, डेडिकेटेट भएर अघि बढेको छ । व्यवसायी जोशीले यो अवधिसम्म साथ दिने सबै अचार पारखीलाई धन्यवाद दिँदै यसलाई निरन्तरता दिँदै जाने बताएकी छिन् । ‘डटर्स होम अचारले पहिलो लहरको महामारीसँगै दोश्रो लहरको महामारीमा पनि उत्तिकै साथ र सपोर्ट पाएको छ, देश मात्रै नभई विदेशका अधिकांश अचार पारखीको जिब्रोमा झुण्डिन सफल भएको छ, यो अवसरमा देश विदेशबाट भरोसा गर्दै साथ सर्पोट गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै थप विभिन्न स्वादका स्वादिष्ट अचार बनाउन हाम्रो टीम लागि रहने छ,’ जोशीले बताइन् । यो पनि पढ्नुहोस् यसरी जन्मिएको थियो डटर्स होमको अचार
राष्ट्रिय क्रिकेट टोलीले पाए ५ लाख रुपैयाँ, डेब्युटेन्टस्लाई जनही १ लाख हस्तान्तरण
काठमाडौं । त्रि देशिय क्रिकेट प्रतियोगिताका मुख्य प्रायोजक माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख रुपैयाँ नगद प्रदान गरेको छ । गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको उक्त प्रतियोतिगामा उत्कृष्ट प्रर्दशन गरेका सो टोलीलाई प्रोत्साहन र सम्मानस्वरुप उक्त रकम प्रदान गरेको हो । त्यस्तै, प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।