अब नेपाली भाषामा कोरियन सिरिज रियालिटी टिभीमा
काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । नेपालमा नै पहिलो पटक नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुन लागेकाे हाे । ‘ब्राइड अफ द सेञ्चुरी’ नामक सिरिज पुष २७ गते सोमबारदेखि प्रशारण हुँदै छ । जुन हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइने छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको छ ।
सबै वडामा विद्युत पुर्याएका छौं, महामारीको बेलामा रेडियोबाट पढायौंः अध्यक्ष बाेहाेरा
बागमती प्रदेशको सिन्धुली जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो सुनकोशी गाँउपालिका । कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यका रुपमा चर्चित सुनकोशी गाउँपालिका प्राकृतिक रुपमा भित्री मधेशाको समथर भुमिदेखि पहाडी भुभाग पनि रहेको छ । यो गाँउपालिका प्रकृतिक सुन्दरता एवं एतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो गाँउपालिका काठमाडाैंबाट करिब १५० किलेमिटर पूर्वमा रहेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सक्रमणबिरुद्ध लड्न के-कस्ता पहल भएको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? रोजगारी अवसर युवालाई कसरी सिर्जना भइरहेको भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दिपा बाेहोरासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गाँउपालिकाले के-कस्ता पहलहरु गरेको थियो ? संक्रमण रोक्न गाँउपालिकाले सरोकारवाला पक्षहरुसँग मिलेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार (संघीय सरकार) ले बनाएका स्वास्थ्य मापदण्ड बनाएर लागू गरियो । नेपालमा पनि संक्रमण फैलिन लागेपछि हामीले गाँउपालिकाको कार्यक्षेत्रभित्र विभिन्न सूचना प्रकाशन गर्नेलगायतका पहल गरेर जनचेता अभिबृद्धि गरेका थियौं । कोरोना भाइरस विरुद्ध लड्नको लागि गाँउपालिकाले क्वारेन्टिन, आइसोलेसन सेन्टरहरु बनाएका थियौं । तेस्रो मुलुक तथा भारतबाट आउनेहरुको तथ्यांक संकलन गरेर क्वारेनटाइनमा राखेर व्यावस्थापन गरेको थियो । गाँउपालिकामा रहेको सबै स्वास्थ्यकर्मीहरुलाई परिचालन गरका छांै । कोरोना भाइरस नियत्रणको लागि हामीले गाँउपालिकामा रहेका ४९ जाना स्वास्थ्यकर्मीहरु परिचालन गरेका थियौं । गाँउपालिकको क्वारेन्टाइनमा बस्ने लगभग २ सय जना थिए । क्वारेनटिनमा बस्ने ५ जनालाई कोरोना भाइरस संक्रमण पनि भएको थियो । अहिले सबै जना निको भइसकेका छन् । केही संक्रमितलाई भोन्टिलटरमा राख्नु पर्ने अवस्था थियो । गाँउपालिकामा भेन्टिलेटरको अभावले नजिकैको धुलिखोल अस्पताल पठाएका थियौं । गाँउपालिकामा २ वटा आइसोलेसन सेन्टर मात्रै थियो । आइसोलेसनको कमीले गर्दा हामीले नजिकैको जिल्लामा काभ्रेमा रहेको धुलिखेल अस्पताल पठाएका थियौं । कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ? कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हाम्रो गाँउपालिकामा जम्मा ६ हजार विद्यार्थी तथा ४ सयको हाराहारीमा शिक्षक छन् । गाँउपालिकामा इन्टरनेटको पहुच कमी भएकोले अनलाइन कक्षाहरु संचालन गर्न सकेनौं । तर, कोरोनाको समयमा विद्यार्थी स्कुल जान नपाए पनि रेडियो मार्फत सिकाई प्रक्रियालाई निरन्तरता दियौं । टोलटोलमा पढाउनको लागि शिक्षक परिचालन गर्यौं । शिक्षकहरुले टोल टोलमा गएर विद्यार्थीलाई जम्मा गराएर गृहकार्य दिने काम गरेका थिए । हाल गाँउपालिकामा सबै विद्यालयहरुको पठन पाठन सबै संचालन भइसकेको अवस्था छ । पालो पालो गरेर विद्यार्थी बोलाएर अहिले विद्यालय संचालन गरेको छाैं । विद्यालयमा धेरै विद्यार्थी हुने भएकोले र कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले विद्यार्थीलाई पालो पालो गरेर पढाइरहेका छाैं । अहिले सिकाई प्रक्रिया संचालन भइरहेको छ । गाँउपालिकाले युवालाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेका छौं । कुनै पनि व्याक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु रोजगारी बस्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पाल्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाहरुको लागि यो ऋण १.७८ प्रतिशत व्याजदर पर्ने छ भने पुरुषलाई २.७८ प्रतिशत छ । कृषि क्षेत्रको विकासका लागि के-कसरी काम गर्दै आउनु भएको छ ? हामीले कृषि र पशुपालन क्षेत्रको विकासका लागि धेरै काम गर्दै आएका छौं । कृषि पाठशालाबाट कृषकहरुलाई उन्नत खेती कसरी गर्ने, व्यावसायिक खेती कसरी गर्ने भन्ने विषयमा तालिम प्रदान गरिन्छ । हामीले अनुदानका विभिन्न कार्यक्रम ल्याएका छौं । सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने योजना छ । विशेष गरेर हामीले तरकारीे, पशुपालन, फलफूलको, अलैची, किवीखेती पकेट क्षेत्र छुट्याएर किसानहरुलाई सहयोग गर्ने कार्यक्रम ल्याएका छौं । गाँपालिकाले निःशुल्क विउ विजनहरु वितरण गर्दै आएको छ । रासयनिक मलको अभावले अर्गानिक मलको प्रयोग गर्ने र रासायनिक मलको अन्त्य गर्ने कार्यक्रमहरु गाँउपालिकालले अगाडी बढाइरहेको छ । किसानहरुलाई सुलभ ऋण उलब्ध गराउनको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सम्झौता गरेका छौं । कृषि र पशुपालनको लागि गाँउपालिकका वार्षक १/१ करोड रुपैयाँ बजेट पनि छुट्टयाएको छ । तपाईंको गाउँपालिकामा सर्वसाधारणहरु प्रायः कस्ता समस्याहरु धेरै लिएर आउने गरेका छन् ? हाम्रो गाँउपालिकाममा सिंचाईको अभाव धेरै छ । यस्ता समस्याहरु आउने गरेका छन् । यस्तै, महिलासँग सम्बन्धित मुद्दा धेरै आउने गरेको छन् । आएका समस्याहरुलाई गाउँपालिकाको स्तरबाट समाधान गर्न सकिने अवस्था भए तत्काल गर्ने र हाम्रो प्रयत्नबाट मात्रै सम्भव भएन भने सम्बन्धित निकायसँग समन्वय गर्ने गराउने काम गरिरहेका छौं । तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ? मेरो कार्यकालमा गाँउपालिकालाई अरु गाँउपालिकाभन्दा विकसित बनाउने योजना छ । मेरै कार्यकालमा गाउँपालिकाको सबै वडाहरुमा विद्युत पुर्याउन सफल भइएको छ । सबै विद्यालय भवनहरु भुकम्प प्रतिरोधी बनाउने, गुणस्तरीय शिक्षाको प्रबन्ध गर्ने योजना मेरो छ । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि बनाएका छौं । र, हामीले जनतासँग गरेको प्रतिवद्धता पूरा गरेरै छाड्ने छौं । कस्तो किसिमको योजानालाई प्रथमिकतामा राखेर काम गरिरहनु भएको छ ? हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । विकास आयोजना र कार्यक्रमहरु छनोट र कार्यान्वयन गर्दा बढीभन्दा बढी जनतालाई कसरी लाभ दिन सकिन्छ भन्ने अवधारणालाई केन्द्रमा राखेर काम गर्छाैं । यस्तै, जनताका जनजिविकासँग सम्बन्धी र दैनिक समस्या समाधान नै हाम्रो पहिलो प्राथमिकता हो, त्यसै अनुसार काम गरिरहेका छौं । हामीले दीर्घकालिन महत्वका योजना र कार्यक्रमलाई पनि केन्द्रमा राखेर योजना तर्जुमा र कार्यान्वयन गरिरहेका छौं । आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम सकेको छांै । यो गाँउपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । गाँउपालिकाको तलतिर सुनकोशी बगिरहेको छ । माथितिर महाभारत लेक छ । माहाभारतमको एउटा छुटै पहिचान र अस्तित्व छ । पर्यटनको लागि भनेर मात्र बजेट छुट्टयाइएको छैन । तर, पदयात्रा मार्ग बनाउनको लागि वडाहरुलाई नै जिम्मेवारी दिएको छ । पर्यटनको हिसावले महत्वपूर्ण हुने गन्तव्यहरु सुनकोशीमा र्याफटिङ्ग, गाँउपालिका भित्र रहेका विभिन्न धार्मिक क्षेत्र घुम्न पर्यटकहरुले बढि रुचाउने गरेका छन् । यस्ता क्षेत्रको विकास, प्रबद्र्धन र प्रचार प्रसारको लागि गाउँपालिकाले सक्दो र नेतृत्वदायी पहल गरिरहेको छ ।
दुई अर्ब ४० करोड लगानीमा भक्तपुरमा रग्बी रंगशाला बन्दै
काठमाडाैं । दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ । बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिकएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो । ४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो । स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तानतरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ ।