सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२, विजेताले १० लाख पाउने

काठमाडौं । यति ब्रुअरीकाे उत्पादन अर्ना बियरकाे सङ्ग कन्टेस्ट २०२२ सुरु भएकाे छ । अर्नाले गत दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएकाे याे प्रतियाेगिता आइतबारबाट सुरु भएकाे हाे । अर्ना सङ्ग कन्टेस्टमा भाग लिन इच्छुकले बनाएको आफ्नाे गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्नेछन् । १० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदाै १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।

एक लाख राशिको शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुल्ला

काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारको आवेदन खुला गरेको छ । नाफिजले साउन १ गतेदेखि ‘शारदादेवी-ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९’ का लागि आवेदन खुल्ला गरेको हो । नाफिज सदस्यहरुले २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्म आफ्नो सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गरिएका खोजमुलक अनलाइनसहितको समाचार सामाग्री र आवद्ध सञ्चार संस्थाको परिचयपत्रको फोटोकपी साउन मसान्तभित्र पेश गर्न आग्रह गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी/ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने सम्झौता भएको थियो । भट्टराईले आफ्ना माता पिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेका थिए । पुरस्कारका लागि आवश्यक पर्ने स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने सहमति भएको थियो ।

मेरो माइक्रोफाइनान्सका सीईओ दाहाल सम्मानित

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल सम्मानित भएका छन् । सीईओ दाहाल ‘कर्पोरेट बिजनेश एसीलेन्सी अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।