इस्लाम धर्मावलम्वीले आज रमजान मनाउँदै
काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ । इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् । रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रुपमा समेत लिने गर्दछन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न शुरु भएको थियो । रमदान अर्थात रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउन लागेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
ओमनमाथि नेपालको ८४ रनको जित, सन्दिप र कुशलको किर्तिमानी
काठमाडौं । एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारको हो । ओमन ४६.३ ओभरमा अलआउट भएको हो । ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको हो । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् ।
सन्दिप लामिछानेको विश्व किर्तिमानी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । उनले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा उनले एक विकेट लिएँसँगै उनको विश्वकिर्तिमानी गर्न १०० विकेट पुगेको हो । उनले एउटा विकेट लिएसँगै नेपालले ओमनविरुद्द दुई विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका थिए ।