यूनिलिभरले प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने, कहिले हुँदै छ वार्षिक साधारणसभा ?
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिसेयर ७०० रुपैयाँ लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीको आगामी साधारणसभा कात्तिक ६ गते बस्ने भएको छ । उक्त सभाले समितिको प्रस्तावित लाभांशलाई पारित गर्ने भएको छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक कारोबार ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
दुई कम्पनीको ५ लाख ८५ हजार कित्ता बोनस सेयर सूचिकृत, हेरौँ क-कसको ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दुई कम्पनीको ५ लाख ८५ हजार ४० कित्ता बोनस सेयर सूचिकृत भएको छ । नेप्सेले एकैदिन राधी विद्युत कम्पनी र कालिका लघुवित्त वित्तीय संस्थाको गरी सो मात्राको सेयर सूचिकृत गरेको हो । सो मध्ये राधी विद्युत कम्पनीको ४ लाख १० हजार ४० कित्ता सेयर थपिएको छ भने कालिका लघुवित्तको बाँकी १ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । मंगलबारको सेयर बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको मात्रै २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ३९० रुपैयाँ रहेको छ । सामान्य अंकले बढेको बजारमा कुल १६७ कम्पनीको सेयर कारोबार भएको छ । उक्त कम्पनीको १० लाख ९७ हजार कित्ता सेयर ३३ करोड रुपैयाँमा किनबेच भएको छ । समग्रमा मंगलबारको नेप्से परिसूचक ६.७७ अंकले उकालो लागेर १२१७.६५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५६ प्रतिशतले बढेको हो । सामान्य अंकले बढेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । उक्त संस्थाका लगानीकर्ताले एकैदिन १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी होटल समूह ४९ अंकले उकालो लागेको छ भने निर्जीवन बीमा समूह ६५ अंकले ओरालो लागेको छ ।