रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।

ओटीसी बजारमा नेपाल बैंकसहित एक सय २३ कम्पनी दर्ता, कुन कुन ?

काठमाडौं । ओभर द काउन्टर(ओटीसी) बजारमा कूल एक सय २३ कम्पनी दर्ता(सूचीकृत) भएका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार हाल उक्त बजारमा वाणिज्य बैंक, विकास बैंक, हाइड्रो लगायतका विभिन्न क्षेत्रको गरी सो मात्राको कम्पनी दर्ता भएका हुन् । उक्त बजारमा नेप्सेबाट सूचीकरण खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर कारोबार गराइन्छ । दोश्रो बजारको बैंकल्पिक मानिने यो बजार नेप्सेबाट नै सञ्चालित हुने छ । ओटीसी बजारमा सूचीकृत कम्पनीहरुको नामावलीः [pdf id=231822]

लिवर्टी ईनजीले भदौ ३ गतेदेखि आईपीओ जारी गर्दै, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले आगामी भदौ ३ गतेदेखि साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि ३५ करोड ६४ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरी बाँकी रहेको १३ लाख १५ हजार ९ सय ३० कित्ता समेत गरी सर्वासाधारणमा निष्कासन गर्न लागेको हो । जसमा सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुलाई छुट्याएको सेयर समेत सामावेश भएको कम्पनीले जनाएकाे छ । कम्पनीले गत साउन २१ गतेसम्म स्थानीयलाई आईपीओ बिक्री गरी गत साउन २४ गते बाँडफाँड समेत गरी सकेको छ । स्थानीयलाई बाँडफाँट गरेपश्चात कम्पनीले सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्न लागेकाे उक्त सेयरमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते(बैंकिङ समयसम्म) हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।