स्वावलम्बन लघुवित्तको १२ लाख ५७ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कूल १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

१८ प्रतिशत बोनसपछि छिमेक लघुवित्तको मूल्य समायोजन

काठमाडौं । सोमबार छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १८ प्रतिशत बोनस सेयरपछिको मूल्य नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४८.३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०९०.१५ रुपैयाँ तोकिएको छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो ।

नेपाल बैंकको नाफा घट्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चैतमा बैंकले कामएको नाफा भन्दा यो वर्षको सोही अवधिमा कमाएको नाफामा ३२ करोडले कमी आएको हो । अघिल्लो वर्ष ९ महिनामा २ अर्ब ५६ करोड रहेको बैंकको खुद नाफा अहिले २ अर्ब २४ करोडमा झरेको हो । नेपाल बैंकको नाफा घटे पनि बैंकको कोर बिजिनेसबाट प्राप्त नाफामा भने कमी आएको छैन । बैंकले अघिल्लो वर्ष बिक्री गरेको सम्पत्तिहरुबाट प्राप्त भएको नाफाका कारण खुद नाफामा कमी आएको देखिएको हो । बैंकको ब्याज आम्दानी अघिल्लो वर्षभन्दा १७ करोडले बढेर ४ अर्ब ७२ करोड पुग्दा गैरब्याज आम्दानीमा भने कमी आएको छ । बैंकको निक्षेप भने अघिल्लो त्रैमासभन्दा करिब ४ अर्बले बढाएको छ भने कर्जाको आकारमा ३ अर्ब वृृद्धि भएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १७.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.७१ प्रतिशत कस्ट अफ फण्ड ४.११ प्रतिशत, सीसीडी अनुपात ७४.३२ प्रतिशत आधार ब्याजदर ६.९२ प्रतिशत रहेको छ । ब्याजको स्प्रेडदर ५.५० प्रतिशत छ नेपाल राष्ट्र बैंकले चैत्र महिनाभित्र स्प्रेडदर ४.७५ प्रतिशतमा झार्न दिएको निर्देशन विपरित बैंकको सो दर ४.९९ बाट बढेर उक्त विन्दुमा पुगेको हो ।