ओम डेभलपमेन्ट बैंकका सेयरधनीले १२ प्रतिशत बोनस नपाउने, यस्ताे छ कारण
काठमाडौं । ओम डेभलपमेन्ट बैंकका सेयरधनीले प्रस्तावित १२.७० प्रतिशत बोनस सेयर नपाउने भएका छन् । ओमले एनएमबि बैंकसँग मर्जरमा जान भएको सैद्धान्तिक सहमति(एमओयू) अनुसार बोनस सेयर वितरण नगर्ने गरी साधारण सभा बोलाउन नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको हो । ओमले प्रस्तावित सो मात्राको बोनस सेयर वितरण गर्दा एमओयूको बुदा नम्बर २५ अनुसार सेयर स्वाप रेसियोमा असर पर्ने भएकाले उक्त बोनस वितरण नगर्ने निर्णय गरेको हो । ओमले गत आर्थिक वर्ष(२०७४/७५)को मुनाफाबाट सेयरधनीहरुलाई सो मात्राको बोनस सेयर दिने प्रस्ताव गरेको थियो । संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको १५९औँ बैठकले उक्त प्रस्ताव गरेको थियो । जुन हालसम्म स्वीकृति भईसकेको छैन । यस अघि प्राइम कमर्शियल बैंकसँग मर्जमा जानको लागि सैद्धान्तिक सहमति भएकाले उक्त बोनस हालसम्म स्वीकृत नभएको ओमले जनाएको छ । त्यस्तै, प्राइमसँग मर्जर सम्झौता तोडेको ओम गत जेठ २ गते एनएमबि बैंकसँग मर्जरमा जान एमओयू भैसकेको छ । दुई संस्था एक आपसमा मर्ज पश्चात एकिकृत साधारणसभा पछि दुबै संस्थाका सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट बोनस सेयर वितरण गर्ने सहमति भएको ओमले जनाएको छ ।
हिमालयन डिष्टिलरीले ६८ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई ६८.४२ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको संचित नाफामा रहेको रकमबाट सेयरधनीलाई लाभांसमा लाग्ने कर समेत गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय जेठ ९ गते बसेको संचालक समितिको बैठकले गरेको हो । उक्त लाभांश आगामी जेठ १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई नक्सालस्थित कम्पनीको सेयर रजिष्टार नविल इन्भेष्टमेन्ट बैंकिङ्मा रहेको कम्पनीको सेयरधनी दर्ता कितावमा नाम दर्ता भएका सेयरधनीहरुले मात्र पाउने छन् ।
प्रभु बैंकको ५६ लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, कसको कति स्वामित्व ?
काठमाडौं । प्रभु बैंक लिमिटेडको ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । बिहीबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जनाएको छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।