सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आज (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आजदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भोलि बुधबारदेखि भर्न पाइने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भाेलि बुधबार (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ। आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ । कम्पनीले असोज ५ गतेमात्र साे मात्राकाे सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः १०९.१ रुपैयाँ र ४.५४ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
विजयले खप्तडलाई प्राप्ति गर्ने, भयो समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रहेको छ ।