सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।
एनएमबी हाईब्रिड फण्ड र एनएमबी ५० को प्रतिफल घोषणा
काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० को प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक एनएनबि क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रतिफल दिने घोषणा गरेको हो । जसमध्ये एनएमबी हाईब्रिड फण्ड एल १ को ईकाइधनीहरुलाई आर्थिक वर्ष २०७६/७७को नाफाबाट कर सहित ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, एनएमबी ५० को ईकाईधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित ५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ । उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै योजनाहरुको आगामी असोज १६ गते एक दिनको लागि बुक क्लोज हुने भएको छ ।
समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केट नियुक्त भएको छ । यससँगै समाज लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सेभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि बिओके क्यापिटल मार्केट, कमलादीमा सम्पर्क गर्न सकिने छ ।