एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १.५७५ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार बिहान १० बजेसम्ममा एक लाख ३० हजार जना आवेदकले करिब ७० लाख कित्ता सेयरको लागि आवेदन दिएका हुन् । संस्थाले बुधबारदेखि कूल ४४ लाख ४३ हजार २ सय कित्ता सेयरको लागि बिक्री खुल्ला गरेको थियो । बिक्री खुला गरेको पहिलाे दिनमै संस्थाको सेयरमा माग भन्दा बढी आवेदन परेको थियाे । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले असार १० गतेदेखि कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे छ। संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

एनआईसी एशिया लघुवित्तको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन ४४ करोड ५० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो दिन करिब ७५ हजार जनाले आवेदन दिएका छन् । जसले करिब ४४ लाख ५० हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् । एनआइसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया लघुवित्तले असार १० गतेदेखि कूल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेकाे छ। संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो । जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलामा असार २४ गतेसम्म हुनेछ ।  

राष्ट्र बैंकको व्यवहारप्रति धितोपत्र बोर्ड असन्तुष्ट, सेयर बजार खुल्ने टुंगो शुक्रबार

काठमाडौं । सेयर बजार कहिलेदेखि खुल्ने भन्ने टुंगो शुक्रबार लाग्ने भएको छ । लगानीकर्ताले उठाएका पुँजीगत लाभकर र इन्टरनेट बैंकिङबाट रकम भुक्तानी गर्ने सीमा बढाउन सरोकारबाला तयार भएपछि बजार खुलाउन दबाब परेको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर हो भनेर प्रष्ट पार्न अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम नै रहेको व्यहोराको पत्र बोर्डमा पठाएको छ । यस्तै, बोर्डले सेयर कारोबारमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा हटाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । बोर्डको सुझाव अनुसार राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङको सीमा पनि हटाइदिएको छ । तर, राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङ भुक्तानीको सम्बन्धमा गरेको व्यवस्थाप्रति बोर्ड अझै पनि सन्तुष्ट छैन । राष्ट्र बैंकले सेयर खरिद विक्रीको भुक्तानीका लागि मोबाइल बैंकिङबाट एक पटकमा लागि १ लाख रुपैयाँ र इन्टरनेट भुक्तानीको लागि एक पटकमा १० लाख रुपैयाँको सीमा कायमै राखेको छ । यद्यपि यसरी कारोबार गर्दा एक दिनमा जति रकम बराबरको पनि सेयर कारोबार गर्न पाउने राष्ट्र बैंकको भनाइ छ । मोबाइल बैंकिङमा एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङको माध्यमबाट एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक झन्झट मात्रै हुने बोर्डको भनाइ छ । नियामकीय दायरमा रहेको र प्रभावकारी नियमन भइरहेको सेयर बजारमा एक पटकमा एक लाख र १० लाख रुपैयाँको सीमा कायम गरेर अनावश्यक झन्झट मात्रै सिर्जना हुने बोर्डको भनाइ छ । पुँजीगत लाभकरको विषयमा भने धितोपत्र बोर्डले सन्तुष्टी जनाएको छ । बोर्डले उठाएका प्रमुख विषयको सम्बोधन भएपछि बोर्डलाई बजार खोल्न दबाब परेको छ । तर, बजार कहिलेदेखि कसरी खोल्ने भन्ने विषयमा बोर्डले अध्ययन समिति नै गठन गरेकोले सो समितिको प्रतिबेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘शुक्रबार अध्ययन समितिले प्रतिबेदन दिन्छ, समितिको प्रतिबेदन प्राप्त भएपछि बोर्डको संचालक समिति बैठक बसेर आवश्यक निर्णय गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने ।